Nepal Life Insurance

केडिया अर्गनाईजेसनका उपाध्यक्ष तारा चन्द केडिया सिद्धार्थ इन्स्योरन्सको सिईओ नियुत्त

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार ०६:१४

सागर चन्द

बीमा न्युज,
साउन १७, काठमाडौँ, सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा तारा चन्द केडियालाई नियुक्त गरिएको छ । साउन १६ गते बसेको संञ्चालक समितिको बैठकले केडियालाई सिद्धार्थ इन्सायेरेन्सको सिईओमा नियुत्त गर्ने निर्णय गरेको हो । तारा चन्द केडिया केडिया अर्गनाईजेसनका उपाध्यक्ष समेत हुन् ।


सन् २००६ मा स्थापना भएको सिद्धार्थ इन्सायोरेन्सले हाल देशभरका विभिन्न ३५ वटा स्थानहरु त्था २५ जिल्लाबाट सेवा प्रदान गर्दै आइरहेको छ । ३४ करोड ४८ लाख ५० हजार रुपैँया चुक्ता पुँजी रहेको इन्स्योरेन्ससंग जगेडा कोषमा १५ करोड १८ लाख ११ हजार ७ सय २९ रुपैया रहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सले २ बर्ष अगाडीको भूकम्प पश्चात परेका १ हजार ६ सय ८९ दाबि मध्ये १ हजार ६ सय ७१ भुत्तानी गरिसकेका छ भने । १८ वटा दावि भूक्तानी गर्न बाँकी रहेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७२÷७३ मा प्रिमियम संकलनमा अघिल्लो बर्षको तुलनामा १९.९२ प्रतिशतले बृद्धि गर्दै १ अर्ब १६ करोड ५८ लाख ३८ हजार पु¥याएको थियो । तर अािर्थक बर्ष २०७३÷७४को मंसिर मसान्त सम्म्मा कम्पनीले ६३ करोड ६० लाख ३० हजार बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४७.१० प्रतिशतले धेरै हो ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....