Nepal Life Insurance

बैदेशिक रोजगारमा जाँदा मृत्यु भएमा, परिवारले २२ लाख बराबरको रहात पाउने

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार ०९:२४

Beema News

अरुण पाख्रेन,

साउन-१७,काठमाडौं/ बैदेशिक रोजगारमा जाँदा मृत्यु भएका कामदारको परिवारले २२ लाख बराबरको रकम पाउने भएको छ । बीमा बापत १५ लाख र बैदेशिक रोजगार प्रवर्दन बोर्डको ७ लाख राहत गरि २२ लाख रकम पाउने भएको हो । २०७३ बैशाख १ गते श्रम स्वीकृति लिई विदेश गएका कामदारको १५ लाख रुपैयाँ बिमा गरेकोले सो बराबर रकम पाउने भएको हो ।
त्यसवाहेक यसअघि बोर्डवाट मृतक परिवारले ३ लाख रुपैयाँ मात्रै पाउदै आएको थियो । अब वैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन भएर कार्यन्वयनमा आएको यस अवस्थामा रोजगारीको क्रममा रहेका नेपालीहरु विदेशमा मृत्यु भए परिवारलाई राहत स्वरुप थप ४ लाख गरी ७ लाख रुपैयाँ पाउने भएको हो ।

२०७३ माघ १५ गते श्रम स्वीकृति लिएका कामदारलाई १५ प्रकारका गम्भीर प्रकृति रोग लागेमा ५ लाख बीमा रकम पाउने व्यवस्था लागु गरिएको छ । ‘अब मृतक कामदारको परिवारले वोर्ड र बिमा बापत २२ लाख राहत रकम पाइन्छ,’ बैदेशिक रोजगार प्रर्वदन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताउनुभयो । ‘त्यसबाहेक तोकिएको रोगबाट मृत्यु भएमा त्यसमा थप ५ लाख पाइन्छ ।’ उहाँले जानकारी दिनु भयो ।

‘विदा वा विरामी भई करार अवधिभित्र नेपालमै मृत्यु भएपनि राहत रकम पाउने व्यवस्था छ । श्रम स्वीकृतिको म्याद सकिएको थप एकवर्ष भित्र मृत्यु, अंगभंग वा गम्भीर प्रकृतिको विरामी भएका कामदारले पनि वोर्ड सुविधा पाउने बोर्डले जनाएको छ ।

 

बैदेशिक रोजगार (म्यादी) जीवन बीमा
बैदेशिक रोजगारमा जाने कामदारको सुरक्षाको लागि तयार पारिएको बिमा नै बैदेशिक रोजगार (म्यादी) जीवन बिमा हो । यो बिमा निश्चित अवधिको लागि मात्रै हुन्छ ।

कामदारको भिसा अवधिको आधारमा यो बिमालेखको अवधि निश्चित गरिन्छ । यसलाई सरकारले अनिवार्य गरेको छ । यस योजनाले बिमा अवधि भित्र विमितको मृत्यू भएमा निजले इच्छाएको व्यक्तिलाई क्षतिपूर्ति भुक्तान गर्छ । त्यस्तै, यस योजनाले घातक रोगहरु जस्तै, मृगौला फेलर, क्यान्सर जस्ता बिभिन्न रोग लागेमा तत्काल क्षतिपूर्ति समेत भुक्तान गर्छ । यस्तो बीमाको अवधि कम्तिमा एक वर्षको हुनेछ । यस योजनाको विमांक रकम १५ लाख रुपैयाँ रहेको छ । घातक रोग लागेको अवस्थामा कम्पनीले अधिकत्तम ५ लाख रुपैयाँ भुक्तान गर्छ ।

शर्तहरुः
बीमा शुल्क भुक्तानी गर्दा सुरुमै पुरा अबधिको बीमा शुल्क भुक्तानी गर्नु पर्दछ । यस योजनामा कुनै पनि चुक्क्ता मुल्य, समर्पण मुल्य तथा कर्जा जस्ता सुविधा उपलब्ध गराउँदैन ।

जोखिम बहन नगर्ने अवस्था :
कानुन बमोजिम पाएको अनुमति पाएको उडान बाहेक अन्य उडान गर्दा, कुनै युद्धमा संलग्न भएमा, नागरिक वाजंगी ऐन भंग गरेमा, नेपाल सरकारले बैदेशिक रोजगारीका लागि निषेध गरेको मुलुक गएमा ,बीमितको मुत्यु वा अपाङ्गता वा अंगभंग भएमा बीमकले कुनै पनि दायित्व वहन गर्दैन ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....