बीमा न्युज,
साउन-१७, काठमाडौँ/ मंगलबार शेयर बजार सुरु भए देखि नै बढेको बीमा बजार बिस्तारै ओरालो लागेर बन्द हुने बेलामा घटेको छ । नेपाल स्टक एक्सचेन्जको समग्र बजार उकालो लाग्दा बीमा समुहको सुचक ४१ शमलब ६२ अंकले घटेर ९ हजार पाँच सय ४७ दशमलब २२ मा झरेको हो । बीमा समुहमा भारी भारी अंकले गिरावट आए पनि समग्र कारोवार भने राम्रै देखिएको छ । विकास बैंक र बैकिङ समुह पछि धेरै रकमको कारोवार गर्ने समुह बीमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार एक अर्ब क्रस गर्दा बीमा समुहको १९ करोड ४९ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारेबार भएको छ ।
नेप्सेमा सूचिकृत कम्पनी मध्ये धेरै कारोबार गर्ने शिर्ष १० मा २ वटा बीमा कम्पनी मात्रै रहेका छन । सूचिको पाँचौं स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ७७ लाख ५२ हजार दुई सय ५२ रुपैयाको कारोबार भएको छ । नेपाल लाइफसंगै शिर्ष १० मा पर्न सफल प्रभु इन्स्योरेन्सको दुई करोड ३० लाख तीन सय ३४ रुपैयाको कारोबार गरेर सुचीको नवौँ स्थानमा रहन सफल भएको छ ।
कारोबार भएको सेयर संख्याका आधारमा शिर्ष १० मा भने बीमा कम्पनी परेको छैन । कारोबार संख्याको आधारमा शिर्ष १० मा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको चार सय ५९ पटक कारोबार भएर पहिलो स्थानमा रहेको छ ।
धेरै कमाउने शिर्ष १० स्थानमा भने कुनै पनि बीमा कम्पनी परेको छैन । मंगलबार गुमाउने शिर्ष १० बीमा कम्पनीको सूचीमा २ वटा मात्रै रहेका छन । गुमाउनेमा सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स क्रमश आठौं र नवौँ स्थानमा रहेका छन् । सगरमाथाले ५५ अंक र सिद्धार्थले ३५ अंक गुमाएको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५८ कम्पनीका २१ लाख २१ हजार दुई सय ३८ कित्ता सेयरहरु नौ हजार तीन सय ४० वटा कारोबारबाट १ अर्ब ४ करोड ५८ लाख ९२ हजार सात सय ३८ रुपैँयामा किनबेच भएका छन् ।