Nepal Life Insurance

बिधि र कानुन अनुसार नचल्ने बीमा कम्पनीलाई कारबाहि गरिने

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार ०६:०९

Beema News

बीमा न्युज,

साउन १९, काठमाडौं÷बीमा क्षेत्रमा नियम, बिधि तथा कानुन अनुसार काम नगर्नेलाई अब कारबाही गर्ने भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीको २२ औं बार्षिकोत्सव कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाई यस्तो चेतावनी दिनुभएको हो । आगामी दिनमा बीमा कम्पनीहरुको निरिक्षणलाई प्रभावकारी बनाउँदै लैजाने समेत उहाँले अश्वसान दिनुभयो ।
कार्यक्रममो प्रमुख अतिथि समेत रहनुभएका चापागाईले बीमा कम्पनीहरुको पुजी बृद्धि सम्बन्धमा नयाँ मापदण्ड अनुरुप तोकिएकै समयमा कम्पनीअहरुले पुजी पु¥याउन सफल हुने बिश्वस समेत ब्यक्त गर्नुभयो । निर्जिबन बीमाको दायरा बृद्धि गर्नको लागि हुलदंगा तथा आतंकबादको बीमा दर परिमार्जन गरिएको समेत उहाँले जानकारी दिनुभयो । प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको तथा सबै कम्पनीहरु मध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।


कृषि तथा बाली बीमा सम्वन्धमा सहकार्य गरि अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको प्रभु इन्सोरेन्सका अध्यक्ष कुसुम लामाले बताउनुभयो । बीमा समिति र बीमा कम्पनीहरुले सहकार्य गरी जनचेतनामुलक कार्यक्रम संचालन गरेर र कृषि तथा बाली बीमाको लागि पुर्वाधार बृद्धि गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
प्रभु इन्स्योरेन्स साउन १८ गतेवाट २१ वर्ष पुरा गरेर २२ औं वर्षमा प्रवेश गरेको हो । यस कम्पनीको केन्द्रीय कार्यालयसहित शाखा तथा उपशाखा संख्या २३ रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....