Nepal Life Insurance

बैंकिगं क्षेत्रको तरलता अभावमा पनि निर्जीवन बीमा व्यवसायमा २७ प्रतिशतको बृद्धि

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार ०६:४८

सागर चन्द

बीमा न्युज,
साउन—१९, काठमाडौँ/ आर्थिक बर्ष २०७३÷७४ मा निर्जीवन बीमा व्यवसायमा २७ प्रतिशतले बृद्धि भएको छ । आव ०७२÷७३ मा १४ अर्ब ९० करोड रुपैँया आर्जन गरेका बीमा कम्पनीहरुले आव ०७३÷७४को अन्तयसम्ममा १९ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा कम्पनीहरुको व्यवसायमा प्रत्येक बर्ष बृद्धि भएको देखिइरहँदा गत बर्ष बैंकिगं प्रणालीमा देखा परेको तरलता अभावको प्रभाव बीमा व्यवसायमा पर्ने अनुमानका विपरित, निर्जीवन बीमा कम्पनीको अनुमानित बृद्धि भने नघटेको तथ्यांकले देखाएको छ ।
९८ प्रतिशतले व्यवसायमा

                      (रकम हजारमा)

बृद्धि गर्दै एनवि इन्स्योरेन्सले आफुलाई निर्जीवन बीमा व्यवसायको अग्रपंक्तीमा राखेको छ । आव ०७३÷७४को अन्त्यसम्ममा कम्पनीले ६९ करोड ४७ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ३५ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो ।
त्यस्तै, प्रडुन्सियल इन्स्योरेन्स कम्पनीको व्यवसायमा ६१ प्रतिशतले बृद्धि देखिएको छ । आव ०७३÷७४ अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक बर्ष ७२÷७३मा भने ७८ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

                                      (रकम हजारमा)

कम्पनीहरुले आर्जन गरेको बिमाशुल्कको आधारमा हेर्ने हो भने शिखर इन्स्योरेन्सले अन्य १६ वटा निर्जीवन बीमा कम्पनीलाई लिड गरेको छ । आव ०७२÷७३ मा २ अर्ब ४६ लाख रुपैँया बीमाशुल्क संकलन गरेको कम्पनीले, आव ०७३÷७४ को अन्तसम्ममा २ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ३८ दशमलव ४२ प्रतिशतले बीमाशुल्क संकलनमा बृद्धि गरेको शिखर इन्स्योरेन्स, ०७२÷७३ मा उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा पुरस्कृत भएको थियो ।

हाल १७ वटा निर्जीवन बीमा कम्पनीहरु संञ्चालनमा रहेका छन् भने ४ वटा संञ्चालनको तयारीमा रहेका छन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....