Nepal Life Insurance

थप तीन जीवन बीमा कम्पनीलाई संञ्चालन अनुमति

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहीबार ०७:३१

सागर चन्द

बीमा न्युज,
साउन १९, काठमाडौँ तीन वटा जीवन बीमा कम्पनीले संञ्चालन अनुमति प्राप्त गरेका छन् । बीमा समितले साउन १८ गते थप तीन कम्पनीलाई बीमा समितिले संञ्चालन अनुमति प्रदान गरेको छ ।

सन लाइफ, रिलायन्स लाइफ र रिलायबल लाइफ इन्स्यारेन्सलाई संञ्चालन अनुमति प्रदान गरिएको समितिले बताएको छ । यस अघि नै गत असार २० गते नै आइएमइ, युनियन र ज्योति लाइफ इन्स्यारेन्स कम्पनीले संञ्चालन अनुमति प्राप्त गरिसकेका छन् ।

बीमा कम्पनी संञ्चालनको लागि अनुमति प्राप्त गर्नको लागि कम्पनीहरुले कुल चुक्ता पुंजी मध्यको संस्थापक सेयरधनीहरुबाट हुन आउने ७० प्रतिशत पुँजी लगानी गर्नुपर्ने ब्यवस्था रहेको छ । जीवन बीमा कम्पनीहरुले संस्थापक सेयरधनीहरुको हिस्साको १ अर्ब ४० करोड रुपैयाँ बैंक खातामा जम्मा गरेको प्रमाण समितिमा पेश गरेपछि संञ्चालनको अनुमति पत्र प्राप्त गर्न सकिने प्रवाधान रहेको छ ।

बीमा समितिले नयाँ निर्देशिका जारी गर्दै जीवन बिमा कम्पनीको चुक्ता पुंजी २ अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पुंजी १ अर्ब हुनु पर्ने व्यवस्था गरेको छ । यस संगै नेपालमा जीवन बीमा कम्पनीको संख्या १५ पुगेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....