बीमा न्युज,
साउन १९, काठमाडौं÷ नेपाल स्ट्क एक्चेञ्ज बिहिबार दुई दशमलब १६ अंकले घटेर एक हजार छ सय ६० दशमलब ५८ अंकमा झरेको छ । नेप्सेमा बैंकिङ्ग, फाइन्नस र अन्य समुह बाहेक सबैले गुमाएका छन् । त्यस मध्ये बीमा समुहको सबै भन्दा धेरै ४५ दशमलब तीन अंकले ओरालो लागेर नौं हजार चार सय २५ दशमलब ४० अंकमा रोकिएको छ । शुन्य दशमलब ४८ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहको २० करोड बराबरको कारोबार भएको छ । विकास बैंक र बैकिङ समुह पछि धेरै रकमको कारोवार गर्ने समुह बीमा रहेको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेको सुचक घटे पनि बुधबार भन्दा बिहिबार १० करोड बढिको कारोबार भएको छ । बुधबार एक अर्ब २ करोडको कारोबार भएकोमा बिहिबार एक अर्ब १३ करोड कारोबार भएको हो ।
नेप्सेमा सुचिकृत कम्पनी मध्ये धेरै कारोबार गर्ने शिर्ष दशको तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको ५ करोड १६ लाख ८८ हजार छ सय ५६ रुपैया कारोबार भएको हो ।
बिहिबार पनि कारोबार भएको सेयर संख्याका आधारमा शिर्ष दशमा कुनै बीमा कम्पनी परेको छैन । कारोबार संख्याको आधारमा शिर्ष दशमा भने बिहिबार पनि नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । बुधबार चार सय ७८ पटक कारोबार भएर पहिलो स्थानमा रहेको नेपाल लाइफको बिहिबार भने ५ सय ३९ पटको कारोबार भएर तेस्रो स्थानमा रहेको छ ।
बिहिबार धेरै कमाउने फाइनान्स समुहको दबदवा रहदा बीमा समुहको कुनैपनि कम्पनी शिर्ष दशमा परेको छैन भने गुमाउनेको सुचीमा पनि बीमा कम्पनीहरु परेको छैन ।
बिहिवार नेप्से परिसुचक दुई दशमलब १६ अंकले गिरावट आएर एक हजार छ सय ६० दशमलब ५८ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जमा एक सय ६३ कम्पनीका २८ लाख ५१ हजार चार सय ६९ कित्ता सेयरहरु १० हजार छ एक वटा कारोबारबाट १ अर्ब १३ करोड ७७ लाख ५ हजार पाँच सय ५५ रुपैँयामा किनबेच भएका छन् ।