बीमा न्युज,
काठमाडौँ, साउन-२४/ आर्थिक बर्ष २०७३÷७४ मा जीवन बीमा कम्पनीहरुको व्यवसायमा ११ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुको अनुमानित तथ्यांक अनुसार कम्पनीहरुले प्रथम बीमाशुल्क बापत १० अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले प्रथम बीमाशुल्क ९ अर्ब ५० करोड रुपैयाँ संकलन गरेका थिय् ।
अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले प्रथम बीमाशुल्क ९ अर्ब ५० करोड रुपैयाँ संकलन गरेका थिय् ।
बीमा समितिको तथ्यांक नविकरणीय बीमाशुल्कमा २२ प्रतिशतले बृद्धि गर्दै २५ अर्ब २६ करोड रुपैयाँ संकलन गरेका छन् । अघिल्लो आर्थिक बर्ष २०७२ ७३ मा कम्पनीहरुले नविकरणीय बीमाशुल्क बापत २० अर्ब ६३ करोड रुपैयाँ संकलन गरेका थिय् ।
त्यस्तै, आवमा ०७३ ७४ कम्पनीहरुले बैदेशिक रोजगार (म्यादी) जीवन बीमा अन्र्तगत २ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ४१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीहरुले १ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेका थिए ।
समग्रमा भने जीवन बीमा कम्पनीहरुको व्यववसाय २० प्रतिशतले बृद्धि भएको तथ्याकंले देखाएको छ । समितिले उपलब्ध गराएको तथ्याकंमा राष्ट्रिय बिमा संस्थान र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको लेखा परिक्षण नभएको तथ्यांक राखिएको छ ।