अरुण पाख्रेन,
साउन २५, काठमाडौं÷बीमा व्यवसायमा निजी क्षेत्रले उत्साहजनक प्रगतिको थालनी गरेका छन् । निजी क्षेत्रको लगानीका कम्पनीहरुले बीमा समितिलाई बुझएको तथ्यांकको आधारमा प्रिमियम संकलनको दरमा बृद्धि देखिएको छ । निजी क्षेत्रको लगानी रहेका बीमा कम्पनीहरुको व्यसाय बृद्धि भइरहँदा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी भने प्रिमियम संकलन गर्नेहरुको अन्तिम सुचीमा रहेका छन ।

आर्थिक वर्ष २०७३÷७४ मा पुर्नबीमा सहितका २७ वटा कम्पनीहरुले करिब ६० अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जसमा जीवन बिमा कम्पनीहरुले ३८ अर्ब ४० करोड ५७ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क (प्रिमियम) गरेका छन्, भने निर्जीवन बीमा कम्पनीले १९ अर्ब तीन करोड ८८ लाख २१ हजार रुपैयाँ संकलन गरेका छन् । यस्तै पुनर्बिमा कम्पनीले पनि २ अर्ब ९ करोड ९२ लाख ३८ हजार रुपैयाँ प्रिमियम गरेको छ ।
सरकारी स्वमित्वको राष्ट्रिय बिमा संस्थानले दुई अर्ब ६७ करोड ९९ लाख ७७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ८ प्रतिशतको बृद्धि हो ।
जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७३÷७४ मा २० प्रतिशतले व्यवसायमा बृद्धि गरेका छन् । अघिल्लो आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले ३१ अर्ब ९७ करोड ७ लाख ४६ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए । आर्थिक बर्ष २०७३÷७४ मा जीवन बीमा कम्पनीले ३८ अर्ब ४० करोड ५७ लाख ३८ हजार रुपैयाँ संकलन गरेका हुन् ।
समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनी अनर्तगत सबैभन्दा बढी प्रिमियम वृद्धि गर्नेमा नेशनल लाइफ इन्सुरेन्स रहेको छ । नेशनल लाइफले आर्थिक वर्ष २०७३÷७४ मा ४ अर्ब ९५ करोड ९ लाख २४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९ प्रतिशतले बढी हो । नेशनल लाइफले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८४ करोड ८८ लाख ५६ हजार रुपैयाँको प्रिमियम संकलन गरेको थियो । यस्तै गुराँस लाइफ इन्सुरेन्सले २७ प्रतिशतले प्रिमियम बढाएर १ अर्ब २३ करोड ४८ लाख ५६ हजार रुपैयाँ उठाएको छ । लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को पनि प्रिमियम संकलन २५ प्रतिशतले बढेको छ ।
तर सरकारी स्वमित्वको राष्ट्रिय बिमा संस्थानले दुई अर्ब ६७ करोड ९९ लाख ७७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ८ प्रतिशतको बृद्धि हो । अघिल्लो आर्थिक बर्षको तुलनामा राष्टिय बीमा संस्थानले २० करोड २१ लाख १३ हजार रुपैँयाले प्रिमियम संकलनमा बृद्धि गरेको हो ।
जीवन बीमा कम्पनीको प्रिमियम २० प्रतिशतले बृद्धि हुदा निर्जीवन बिमा कम्पनीहरुको प्रिमियम २७.७५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १४ अर्ब ९० करोड ३६ लाख ९६ हजार रुपैयाँमात्र प्रिमियम संकलन गरेका निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा १९ अर्ब ३ करोड ८८ लाख २१ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
निर्जीवन बीमा कम्पनीमा एनबी इन्सुरेन्स सबै भन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको छ । एनबीले कुल ६९ करोड ४७ लाख ५० हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.५० प्रतिशतले बढि हो ।

यस्तै प्रुडेन्सियल इन्सुरेन्सले पनि १ अर्ब २५ करोड ८५ लाख ९४ हजार रुपैयाँ प्रिमियम संकलन गरेर ६१ प्रतिशतले बढाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा शुन्य दशमलव ०४ प्रतिशतले प्रिमिय संकलनमा बृद्धि गरेको छ ।