Nepal Life Insurance

लगानी सुरक्षाका लागि बाली बीमा अपरिहार्य

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार ०६:४०

Beema News

अरुण पाख्रेन,

साउन २६, काठमाडौं÷अहिले साउनको अन्तिम भैसक्यो, सायद तपाईको खेतिपाति सकि सक्यो होला । तर पनि तपाईको मन भने ढुक्क छैन् । कति खेर भेलले बगाएर बालीको नाश हुने हो भन्ने कुराले पक्कै सताइरहेको हुन सक्छ । प्राकृति प्रकोपले कति खेर कस्तो आपत विपत्त निम्ताउछ् कुनै निश्चित छैन् । हामीले विभिन्न सञ्चार माध्यमहरुवाट पनि सुन्दै आइरहेकै छौं, कि खेति ढुबानमा परेको देखि बाढि पहिराले बगाएर नष्ट भएको । कृषि विकास मन्त्रालयले अर्बै रुपैंयाको बाली नष्ट भएर लाखै घरधुरी प्रभावित भएको तथ्यांक समेत सार्वजनिक गरिसकेको छ ।
बाली नष्ट भएपछि कतिले आत्महत्या गरेको समाचार समेत सुन्दै आइरहेका छौं । त्यसैले जव प्राकृतिक प्रकोपको संभावना हुन्छ तब तपाई भगवानलाई पुर्काने गर्नुहुन्छ । भगवान भरोसामा खेति गर्नुपर्ने हाम्रो मुलुकका हरेक किसानहरुले लागानी सुरक्षा गर्नै पर्ने हुन्छ् । हो, तपाईलाई बालीको चिन्ताले निन्द्रा लाग्दैन ? बालीको सुरक्षाको लागि भगवानलाई पुर्कार्दै बस्नुपर्ने अवास्था छ ? त्यसो हो भने आजै आफ्नो लगानीको सुरक्षित गर्ने तर्फ लाग्नुहोस् ।

 

प्राकृतिक प्रकोपलाई त हामीले केहि कसै गरि पनि रोक्न सक्दैनौ । तर त्यसवाट हुन सक्ने संभावित हानी नोक्सानी वा क्षतिबाट बच्न भने विकल्प छ । त्यो बिकल्प हो, बाली बीमा । आजै नजिकै बीमा कम्पनी वा अभिकर्ता मार्फत बालीको बीमा गराइहाल्नु होस् र आफ्नो लगानीको सुरक्षित गराएर ढुक्क हुनुहोस । बर्खे बाली मध्ये नेपालको प्रमुख खाद्यन्नबाली धानको बीमा प्रकृयाबारे आज हामी जानकारी दिने प्रयास गरेका छौं ।

 

 

धानबाली बीमा के हो ?

किसानहरुको धानबालीमा हुन सक्ने संभावित जोखिमलाई धानबाली बीमाले सुरक्षण प्रदान गर्दछ । धानबाली खेतीको लागि गरिने बीमाको अवधिभित्र क्षति÷हानी–नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतिपूर्ति रकम सम्बन्धित पक्षलाई बीमक (बीमा कम्पनी)ले भुक्तानी गर्दछ ।

धानबाली बीमालेखले संरक्षण गर्ने जोखिमहरू

धानबाली आगलागी, चट्याङ भूकम्प, बाढी÷डुवान ÷खडेरी, पहिरो÷भूस्खलन, आँधि बेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक÷दुर्घटनाजन्य बाह्य कारणहरु, तथा रोग किराबाट धानबालीको बीमा अवधिभित्र हानी–नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतिपूर्ति रकम भुक्तानी गर्दछ । बीमकले बीमाङ्क रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्छ ।

दाबी भुक्तानी नदिने अवास्था

धानबाली धनी वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले क्षति भएमा, सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा धानबालीलाई नष्ट गर्नुपर्ने भएमा, धानबाली चोरी भएमा, बीमितले आप्mनो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि क्षतिका दाबी भुक्तिानी पाइदैन । धानबालीको धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दाबीप्रति उत्तरदायी हुने छैन ।

“सरकारले कृषि बीमा गर्दा कुल प्रिमियमको ७५ प्रतिशत अनुदान दिन्छ् । बाँकि २५ प्रतिशत प्रिमियम तिरेपछि किसानले बीमा गर्न सकिन्छ ।”

बीमकले पालना गर्नु पर्ने सर्तहरु 
धानबालीको बमिा गर्दा बीमा समितिले जारी गरेको धानबाली बीमालेखका सर्तहरु अनिवार्य पालना गर्नु पर्दछ । नेपाल सरकारबाट मान्यता प्राप्त बीउ बिजनका जात प्रयोग गरि खेती गरिएको अवस्थामा मात्र बीमा भुक्तानी हुन्छ । तर स्थानिय बीउ बीजन तथा तरकारीको हकमा यो प्रावधान लागू हुने छैन् । धानबालीमा कुनै रोग÷किरा वा दुवै लागेमा धानबाली धनीले तत्काल आप्mनै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ । यस बीमालेख अन्तर्गत बीमित धानबालीको क्षति भएको कारणबाट हुने अन्य वा थप खर्च वा हानी–नोक्सानीको दाबी गर्न पाइने छैन ।
बीमाशुल्क (प्रिमियम)
प्रिमियम बीमाङ्क रकमको पाँच प्रतिशतका दरले प्रति बर्ष लाग्छ । यदि सदस्य संस्था मार्फत बीमा भएमा कुल प्रिमियममा पन्ध्र प्रतिशत छुट दिन्छ । सरकारले पनि कृषि बिमा अन्र्तगत यस्ता कृषि बालीहरुको बीमा गर्दा ७५ प्रतिशत सम्म अनुदान स्वरुप प्रदान गर्छ । बाँकि २५ प्रतिशत प्रिमियम तिरेपछि बाली बीमा गर्न सकिन्छ ।

दाबी सम्बन्धी प्रक्रिया

बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको धानबालीको हानि भएमा १५ दिनभित्र बैङ्क वा सदस्य संस्था मार्पmत सक्कल बीमालेख, पुर्णरुपले भरिएको दाबी फारम, सम्बन्धित प्राविधिकको प्रतिबेदन, सम्बन्धित गा.वि.स वा न.पा.वा वडाको सर्जमिन मुचुल्का सहितको कागजातहरु बीमक समक्ष पेस गर्नु पर्दछ् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....