Nepal Life Insurance

ओझेलमा पुननिर्माण बीमा

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार ०७:४९

सागर चन्द

बीमा न्युज
साउन-२६, काठमाडौँ
सरकारले पुर्ननिर्माणमा बीमालाई वेवास्ता गरेको छ । २ बर्ष अगाडीको भूकम्पको कारणले क्षतिग्रस्त भएका घरहरुको पूर्ननिर्माण गर्दा अनिवार्य रुपमा बीमा गरिनु पर्ने बताईएको थियो । तर भूकम्प गएको २ बर्ष बित्दा पनि सरकारले घरहरुको बीमा अनिवार्य गर्न सकेको छैन् ।

गोरखाको बारपाक केन्द्रबिन्दू रहेको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ७ हजार ९ सय २३ विद्यालय भवनहरु भत्किएका थिए् । ६ सय ५० वटा स्वास्थ्य संस्था भत्किएका थिए् । त्यसैगरि ७ सय ५० वटा पुरातात्विक संरचना र ६ हजार ७ सय ५२ सरकारी कार्यालयका भवनहरुमा क्षति पुगेको थियो ।

२ बर्ष अघिको भूकम्पमा परि करिब ८ लाख भन्दा धेरै घरहरु क्षतिग्रस्त भएका थिए् । जसमध्ये ६ लाख पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने २ लाख भन्दा धेरै आवासिय भवनहरुमा आंशिक क्षति पुगेको थियो ।
गोरखाकाको बारपाक केन्द्रबिन्दू रहेको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ७ हजार ९ सय २३ विद्यालय भवनहरु भत्किएका थिए् । ६ सय ५० वटा स्वास्थ्य संस्था भत्किएका थिए् । त्यसैगरि ७ सय ५० वटा पुरातात्विक संरचना र ६ हजार ७ सय ५२ सरकारी कार्यालयका भवनहरुमा क्षति पुगेको थियो । यी सबै संरचना पुननिर्माणको लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान समेत गरिएको थियो ।


भूकम्प पछिको पुननिर्माणका लागि गठित राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका अनुसार भुकम्पबाट भत्किएका संरचनामध्ये ४० प्रतिशत निर्माधिन प्रक्रियामा रहेका छन् । त्यस्तै, भुकम्प पिडित परिवारालाई सरकारले अनुदान रकम वितरण गर्ने, पुर्ननिर्माणको लागि निजी क्षेत्र र दातृ निकायको सहयोग लिने कार्यक्रम चलिरहँदा निर्मीत संरचनाको बीमा गर्ने कार्यमा भने सरकार उदासिन देखिएको छ ।
भुकम्पीय जोखिमका दृष्टिकोणले नेपाल अति जोखिमयुक्त क्षेत्रमा पर्छ । प्राधिकरणले संरचनाको बीमा गर्नुपर्ने आवश्यकता महसुस गरे पनि ठोस कार्ययोजना भने तयार गर्न सकेको छैन् । प्राधिकरणले हालसम्म पुर्ननिर्माण गरिएका संरचनाको बीमा गर्ने बिषयमा कुनै योजना नबनाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेल बताउनुहुन्छ । “बीमा शुल्क कति र कसरी भुक्तानी गर्ने भन्ने बिषयमा हामीले सोचेकै छैनौ,” उहाँले भन्नुभयो ।
प्राधिकरणको सहजीकरणमा निर्माण गरिएका घरहरुलाई पनि बीमाको दायरामा ल्याउनु पर्ने बिमा विज्ञ भोजराज शर्माको धारणा रहेको छ । अर्कातर्फ बीमा कम्पनीहरु पनि यस कार्यमा सक्रिय भएर लाग्नु पर्ने आवश्यकता पनि रहेको शर्माको ठम्याई रहेको छ

यो पनि पढ्नुहोस 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....