बीमा न्युज,
साउन २६, काठमाडौं÷सामाजिक स्वास्थ्य सुरक्षा अन्र्तगत सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणहरुको सहभागिता उत्साहजनक देखिएको छ । सरकारले समाजिक सुरक्षा अन्र्तगत तीन बर्ष अघि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा १८ हजार ८ सय ६० परिवारका ८६ हजार १ सय ३१ जनाले स्वास्थ्य बीमा गराएको छ । जसमा चितवन जिल्लामा मात्रै आठ हजार परिबारका ४१ हजारले बीमा गराएका छन् । यो संख्या कुल बीमा गराउने संख्याको करिब ५० प्रतिशत हो ।
स्वास्थ्य बीमा कार्यक्रममा १८ हजार ८ सय ६० परिवारका ८६ हजार १ सय ३१ जनाले स्वास्थ्य बीमा गराएको छ । जसमा चितवन जिल्लामा मात्रै आठ हजार परिबारका ४१ हजारले बीमा गराएका छन् ।
सरकारले तीन वर्ष अघि देखि नै कैलाली, बाग्लुङ्ग, इलाम, अछाम, बैतडी, कास्की, पाल्पा, म्याग्दी, भक्तपुर, गोर्खा, तनहुँ, चितवन, जुम्ला, जाजरकोट र मकवानपुरमा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गरेको भएपनि चितवनमा भने गत असार एक गतेवाट मात्रै कार्यक्रम सुरु गरेको थियो । करिब दुइ महिनाको अवधीमा बीमा गराउनेको यो संख्या अत्यधिक रहेको जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमका प्रबन्धक सिर्जना पौडेलले बताउनु भयो । उनका अनुसार चितवनमा १३५ जना अभिकर्ता मार्फत बीमा गराउने काम भइरहेको र अभिकर्ताले समेत महिनामा ५० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । बीमामा संकलित रकममध्ये अभिकर्ताले १० प्रतिशत पाउँने गर्दछन् ।
प्रति परिवारका पाँच जना सदस्य बराबर २ हजार ५ सय रुपैंया बीमाशुल्क भुक्तानी गरेपछि परिवारले ५० हजार रुपैंया सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । पाँच जना भन्दा बढी परिवार भएका खण्डमा प्रति सदस्य ४ सय २५ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । थोरै रकमबाट ढुक्कसँग ५० हजार रूपैयाँसम्मको उपचार पाउने भएपछि बीमाको आकर्षण बढेको हो ।
यो पनि पढ्नुहोस ।