Nepal Life Insurance

स्वरोजगार कोषको बीमा कार्यक्रममा वित्तिय संस्था नै उदासिन

प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार १३:२७

सागर चन्द

बीमा न्युज,
साउन, २९, काठमाडौ,
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले प्रवाह गरेको कर्जाको बीमा हुन सकेको छैन । बैंक तथा वित्तिय संस्थाको उदासिनता कारण कोषले प्रवाह गरेको कर्जाको बीमा हुन ढिलाई भएको हो । सरकारले स्वरोजगार कोषबाट सञ्चालित व्यसाय र व्यवसायीको अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रवाधान गरेको भए पनि सबै व्यसायीहरु अझै बीमाको दायरमा आउन सकेका  छैनन् ।

 ३१ हजार ४ सय ४० युवाले कोषबाट कर्जा लगेका भए पनि २४ हजार युवा व्यवसायीले मात्रै बीमा गराएका छन् । ३ बर्षका लागि गरिने यस्तो कर्जा प्रवाहमा व्यवसाय र व्यसायी दुवैको एकमुष्ट बीमा गर्ने व्यवस्था रहेको छ ।

कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत बिनाधितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । यसरी प्रवाह गरिएको कर्जाबाट सञ्चालित व्यवसाय र व्यवसायी दुवैको बीमा गराउनुपर्ने प्रावधान छ । बीमा गराउने कार्य कर्जा उपलब्ध गराउने वित्तीय संस्थाले नै गर्नुपर्ने व्यवस्था भए पनि बीमाको प्रक्रिया झन्झटिलो भएको भन्दै वित्तीय संस्थाले बीमा गराउन सक्रियता देखाएका छैनन् । कोषका बिमा शाखा प्रमुख सूर्यप्रकाश तिवारीका अनुसार “वित्तीय संस्थाले बीमा प्रक्रियालाई झन्झटिलो रुपमा लिदा व्यवसायीको बीमा गर्न नसकिएको हो, वित्तिय संस्थाले बीमाको प्रक्रिया मात्र अगाडि बढाइदिने हो भने पनि बमाशुल्क हामीले नै भुक्तानी गर्छौ ।”


हाल सम्म ३१ हजार ४ सय ४० युवाले कोषबाट कर्जा लगेका भए पनि २४ हजार युवा व्यवसायीले मात्रै बीमा गराएका छन् । ३ बर्षका लागि गरिने यस्तो कर्जा प्रवाहमा व्यवसाय र व्यसायी दुवैको एकमुष्ट बीमा गर्ने व्यवस्था रहेको छ । कोषको कर्जामा राष्ट्रिय बीमा कम्पनीले बीमा गर्दै आएको कोषको कर्जाको बीमा शुल्क न्युन हुँदा पनि बीमा गराउने व्यवसायीको संख्यामा बृद्धि नहुँदा कोषको लगानी जोखिम उच्च भएको छ । १ वर्ष अवधिको कर्जाका लागि कुल बीमांक रकमको १ प्रतिशत बीमाशुल्क भुक्तानी गरे पुग्छ । त्यस्तै, २ वर्षको अवधिको कर्जाका लागि २ प्रतिशत, ३ वर्षे कर्जाका लागि २ दशमलव ७५ प्रतिशत, ४ वर्षे कर्जाका लागि ३ दशमलव २५ प्रतिशत, ५ वर्षे कर्जाका लागि ४ प्रतिशत बीमाशुल्क तोकिएको छ ।

बीमा गरिएको सम्पत्तिमा भएको क्षति र हानि—नोक्सानीको परिणाम स्वरूप भएको नाफामा कमी, खर्चमा बृद्धि जस्ता कुनै पनि हानि—नोक्सानीको बीमकले क्षतिपूर्ति प्रदान गर्दैन । यान्त्रिक वा विद्युतीय अवरोध र असफलताका कारण उत्पादनमा आएको ह्रास वा कमीलाई बीमकले क्षतिपूर्ति प्रदान गर्दैन ।

मुलुकमै पुँजीको व्यवस्था गरी उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई केही हद सम्म भए पनि रोक्न सरकारले वि.स २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरेको हो । उत्पादनशील श्रमको अधिकत्तम उपयोग तथा उद्यमशीलताको विकासमार्फत परम्परगत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवालाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्यसाथ स्थापना भएको कोषको कार्यक्रम ७३ जिल्लामा संञ्चालन भईरहेको छ ।

बीमा प्रक्रिया

अर्थ मन्त्रालय अन्र्तगत संञ्चालित युवा तथा साना व्यवसायी स्वरोजगार कोषले संञ्चालन गर्दै आएको कार्यक्रममा तपाई पनि सहभागि हुनुहुन्छ अथवा ऋण लिएर व्यवसाय संञ्चालन गर्दैै हुनुहुन्छ भने, तपाईले बीमा गर्न अनिवार्य छ । कोषबाट ऋण लिँदा गरिएको बीमाले युवा तथा साना व्यवसायी र उनीहरुले सञ्चालन गर्ने व्यवसाय दुबैको जोखिमलाई समेट्छ ।सम्भावित दुर्घटना र घटनाबाट व्यक्तिको मृत्यु भएमा वा स्थायी रूपमा अपाङ्ग भएमा तथा परियोजनाको नोक्सान भएमा ऋणको दायित्व तथा क्षतिपूर्ति बीमा कम्पनीले भुक्तानी गर्ने व्यवस्था छ । बीमा गरेबापत बीमा शुल्क नेपाल सरकार अर्थ मन्त्रालयले बीमा संस्थान र राष्टिय बीमा कम्पनीलाई भुक्तान गर्दै आएको छ ।
कोषले हरेक व्यवसायिहरुलाई २ लाख रुपौया सम्म ऋण प्रदान गर्दै लगानी गरेको साना व्यवसायिहरुलाई ३ बर्ष देखि बढिमा ५ वर्ष सम्मको बीमा गर्दै आएको छ ।स्वरोजगार कार्यक्रम अन्र्तगत विभिन्न ७३ जिल्लाका १३ हजार ७ सय ३१ महिला र १७ हजार ७ सय ९ पुरुष सहभागि छन् ।

जोखिम बहन गर्ने अवस्था
बीमकले बीमितलाई आगलागी, विस्फोटन, स्वजलन वा चटयाङ्, भूकम्प (अग्नि तथा धक्का), बाढी, डुबान र खडेरी, पहिरो र भूःस्खलन, आँधिबेहरी, असिना, हिउँ वा तुसारो, किरा तथा रोगबाट हुने हानि नोक्सानी, अक्सिजनको कमी ,एमोनियाबाट हुने नोक्सानी (माछाको लागि), विषालु पदार्थबाट मरेमा (माछाको लागि), हुलदंगा,हडताल र द्वेषपूर्ण कार्यर आतंककारी तथा विध्वंशकारी कार्यवाट हानी वा नोक्सानी भएमा जोखिम बहन गर्दछ ।
जोखम बहन नगर्ने अवस्था
सबै कारणबाट बीमा गरिएको सम्पत्तिमा क्षति र हानि—नोक्सानी भएमा बीमकले क्षतिपूर्ति प्रदान गर्दैन । बीमा गरिएको सम्पत्तिमा भएको क्षति र हानि—नोक्सानीको परिणाम स्वरूप भएको नाफामा कमी, खर्चमा बृद्धि जस्ता कुनै पनि हानि—नोक्सानीको बीमकले क्षतिपूर्ति प्रदान गर्दैन । यान्त्रिक वा विद्युतीय अवरोध र असफलताका कारण उत्पादनमा आएको ह्रास वा कमीलाई बीमकले क्षतिपूर्ति प्रदान गर्दैन ।

दाबी भुत्तानि  प्रक्रिया
बीमा गरिएको सम्पत्ति÷व्यवसाय नोक्सानी भएमा बीमा दाबी गर्दा जिल्ला संयोजन तथा अनुगमन समिति मार्फत पेस हुनु पर्दछ । बीमित, ऋणी, बाली तथा पशुपन्छी सम्बन्धी दाबी प्रकिया अपनाउँदा बीमितको क्षतिको आधारमा प्रकृया अघि बढाउनु पर्दछ ।
बीमित ऋणीको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र प्रतिलिपि, सबै विवरण खुल्ने गरी भरेको दाबी फारम, मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, इच्छाइएको व्यक्तिको नागरिकताको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, बीमित संस्थाको सिफारिसपत्रको प्रतिलिपि सहति कागजातहरू संलग्न गरी दाबी भुक्तानीका लागि पेस गर्नु पर्दछ ।

बीमित ऋणीको दुर्घट्नाबाट अङ्गभङ्ग भएर आय आर्जन गरी जीविकोपार्जन गर्न असक्षम भएको अवस्था दुर्घट्ना भएको १ सय ८० दिनभित्र आफ्नै खर्चमा चिकित्सकबाट प्रमाणित गराई बीमितले बीमकलाई पठाउनु पर्नेछ । यससंगै बीमालेखको सक्कल प्रति पनि बुझाउनुपर्छ ।
बीमकको व्यवसाय पूर्ण क्षति भएमा सक्कल बीमा लेख पूर्णरूपले भरेको दाबी फाराम, सर्भेयर र प्राविधिकले बीमा गरिएको सम्पत्ति र व्यवसायमा भएको हानि नोक्सानीको प्रमाणित गरेको प्रमाणपत्र, बीमित पशुको पहिचान सहितको संकेत पट्टा, गा.वि.स., न.पा., वडा कार्यालयको मुचुल्का र माछा विषालु पदार्थबाट मरेको अवस्थामा नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा प्रमाणित प्रमाणपत्र सहित सबै विवरण खुल्ने गरी भरेको दाबी फारम, सम्पत्ति र व्यवसायको क्षति हानि—नोक्सानी भएमा, बीमित सम्पत्ति र व्यवसायको क्षति र हानि नोक्सानी भएमा सात दिन भित्र बीमकलाई सूचना लिखित दिनुपर्छ । तर पशु पन्छी, माछा र बालीको हकमा तीन दिन भित्र बीमकलाई सूचना दिनुपर्छ ।

सर्तहरू

जुनसुकै अवस्थामा पनि बीमकले बीमाङ्क भन्दा बढी रकम भुक्तानी दिने छैन । क्षतिपुर्ति वराबरको रकम पाउनको लागि बीमालेखमा उल्लेख भएको सर्तहरु अनिवार्य पालना गनुपर्छ । बीमा गरीएको सम्पत्ति र व्यवसायमा क्षति, हानि वा नोक्सानी भएमा वास्तविक क्षतिको आधारमा बीमाङ्क रकम सम्मको क्षतिपूर्ति प्रदान गर्छ ।

बीमित पशुधनलाई लगाई राखिएको बीमाको सङ्केत पट्टा (ट्यागरमाइक्रो चिप्स आदि) झरेमा वा हराएमा बीमितले अनिवार्य रूपमा तत्काल बीमक वा सम्बन्धित संस्था वा स्वरोजगार कोषको जिल्लास्थित समन्वय समितिलाई जानकारी गराउनुपर्छ । अन्यथा बीमक दाबीको क्षतिपूर्ति भुक्तानीका लागि बाध्य हुने छैन । बीमित पशुपन्छी धनको सम्बन्धमा सत्य तथ्य कुरा लुकाइ छिपाई झुट्टा विवरण दिएको पाइएमा बीमालेख स्वतः रद्द हुन्छ । कृषिबाली तरकारी तथा फलफूल खेतीमा कुनै रोगरकिरा वा दुवै लागेमा कृषिबाली तरकारी तथा फलफूल खेती धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्छ ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....