Nepal Life Insurance

चुक्ता पुजिँ बृद्धि गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, ३९ करोडको हकप्रद शेयर निष्कासन

प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार १४:४०

Beema News

बीमा न्युज,
साउन २९,काठमाडौं, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्रि खुल्ला गरेको छ । एक शेयर बराबर नयाँ एक शेयरको अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्न प्रति शेयर रु १०० को दरले ३९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागिएको हो । यस हकप्रद शेयरमा असार १२ गतेसम्म शेयर खरिद गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । साउन ३० गते देखि भदौ एक गते सम्म आबेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।

निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अनिवार्य एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने बीमा समितिको निर्देशन छ । त्यस अनुरुप कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्न लागेका हो । हाल कम्पनीको ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । अब सोही बराबर अर्थात ३९ करोड बराबरको पुँजी हकप्रदबाट जम्मा हुनेछ । त्यसपछि कम्पनीको चुक्ता पुजिँ ७८ करोड पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा ८९ करोड ११ लाख ५० हजार र आर्थिक वर्ष २०७५÷७६ भित्रमा १ अर्ब १ करोड ८१ लख ३९ हजार चुक्ता पुजिँ पु¥याउने अनुमान गरेको छ ।
कहाँबाट दिने आवेदन ?
सीबीआईएल क्यापिटल लिमिटेड, बाटुलेघर, सिटिजन बैंक इन्टरनेसनलका उपत्यका शाखा कार्यालयहरू ठिमी, कुपन्डोल, ग्वार्को, बौद्ध र कलंकीवाट र उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, विरगञ्ज नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढि र महेन्द्रनगर शाखा कार्यलयहरुवाट आवेदन दिन सक्नेछन् । त्यस्तै लगानीकर्ताले एस क्यापिटल दरबारमार्गबाट पनि आवेदन दिन सक्नेछन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....