बीमा न्युज,
साउन २९, काठमाडौं÷साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा भारी अंकले गिरावाट देखिएको छ । आइतबार नेप्सेमा पनि ११ दशमलब ४० अंकको गिरावट आएर १६ सय ४२ दशमलब १३ विन्दुमा झरेको हो । नेप्सेमा सुचिकृत समुह मध्ये बीमा समुहमा सबै भन्दा धेरै अंकले गिरावाट आएको छ । एक सय चार दशमलब ३७ अंकले गिरावाट आउदा सुचक नौं हजार दुइ सय ९३ दशमलब ११ अंकमा झरेको हो । एक दशमलब ११ प्रतिशत अंकको गिरावाट हुदा बीमा समुहको कारोबार भने १७ करोड ४६ लाख १२ हजार भएको छ ।
बीमा समुहमा सकारात्मक परिवर्तन नदेखिए पनि शिर्ष कारोबार गर्ने १० वटा कम्पनीको सूचिमा दुइवटा बीमा कम्पनी मात्रै रहेका छन् । दुइ करोड ५७ लाख छ हजार छ सय ४९ कारोबार भएर नेपाल लाइफ सूचीको चौथौं स्थानमा रहेको छ । यस्तै एक करोड ७१ लख ११ हजार पाँच सय ११ रुपैयाको कारोबार भएर प्राइम लाइफ दशौं स्थानमा रहेको छ ।
कारोबार भएको सेयर संख्याका आधारमा कुनैपनि बीमा कम्पनी परेका छैनन् । कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै चार सय सात पटक भएर सुचिको पहिलो स्थानमा छ । आइतबार धेरै कमाउने र गुमाउनेको शिर्ष १० स्थानमा भने कुनै पनि बीमा कम्पनी परेको छैन ।
आइतबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६० कम्पनीका १९ लाख ६० हजार छ सय ११ कित्ता सेयरहरु सात हजार पाँच सय ८१ वटा कारोबारबाट ८० करोड १८ लाख ३२ हजार १६ रुपैँयामा किनबेच भएका छन् ।