बीमा न्युज,
साउन ३१, काठमाडौं÷ मंगलबार पनि नेपाल स्टक एक्सचेन्जमा भारी अंकले गिरावट देखिएको छ । आइतबार नेप्सेमा पनि ११ दशमलब ४० अंकको गिरावट आएर १६ सय ४२ दशमलब १३ विन्दुमा राकिएको थियो भने मंगलबार १२ दशमलब ९७ अंकले गिरावट आएर १६ सय २९ दशमलब १३ बिन्दुमा झरेको छ । नेप्सेमा सुचिकृत समुह सबै भन्दा धेरै ८८ दशमलब ७६ अंकले बीमा समुहमा गिरावाट आएको छ । ८८ दशमलब ७६ अंकले आउदा सुचक नौं हजार दुइ सय ४ दशमलब ३५ अंकमा रोकिएको हो । एक दशमलब ०२ प्रतिशत अंकको गिरावट हुदा बीमा समुहको कारोबार भने १३ करोड ४९ लाख ४० हजार भएको छ ।
शिर्ष कारोबार गर्ने बीमा कम्पनीमा प्रुडेन्सियल बीमा कम्पनीको संस्थापक शेयरको करिब चार करोड बराबरको कारोबार भएर छ । यस्तै नेपाल लाइफ करिब साढे तीन करोडको कारोबार भएको छ भने नेपाल लाइफकै संस्थापकको पनि २ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको सेयर मुल्यको आधारमा नेपाल लाइफको संस्थापकका मात्रै रहेको छ । कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै तीन सय ४२ पटक भएर सुचिको पहिलो स्थानमा छ । मंगलबार धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी परेको छैन् । गुमाउनेमा भने नेपाल लाइफको संस्थापक शेयर कारोबार गर्नेहरुले भने ११३ अंकले गुमाएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६० कम्पनीका १६ लाख १५ हजार सात सय ३८ कित्ता सेयरहरु सात हजार एक सय ३४ वटा कारोबारबाट ७८ करोड ३६ लाख ७ हजार चार सय आठ रुपैँयामा किनबेच भएका छन् ।