Nepal Life Insurance

बीमा उद्योग : सुस्त गतिमा अगाडी बढ्दो

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार १४:०४

सागर चन्द

बीमा कम्पनीको वित्तिय विवरण

बीमा न्युज,
साउन ३२, काठमाडौँ

आर्थिक बर्ष २०७४÷७५को सुरुवात संगै विभिन्न बीमा कम्पनीहरुले आफुले गएको आर्थिक बर्ष २०७३÷७४ मा गरेको कारोबारको विवरण सार्वजनीक गर्न थालेका छन् ।
हाल नेपालमा संञ्चालनमा रहेका ९ वटा जीवन बीमा कम्पनी र १७ वटा निर्जिवन बीमा कम्पनी मध्ये वित्तिय विवरण सार्वजनिक भएका केही कम्पनीहरुको वित्तिय अवस्था ।

जीवन बीमा कम्पनी

प्राईम लाईफ
प्राईम लाईफले गएका आर्थिक बर्षमा १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ४ करोडले बढि हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ११ करोड नाफा आर्जन गरेको थियो । ३२ रुपैयाँ प्रति शेयर आम्दानी रहकोे कम्पनीले २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस संगै कम्पनीको बीमा शुल्क संकलन पनि ११ अर्ब पुगेको छ । ४८ करोड चुक्ता पूँजी रहेको प्राइम लाइफले २५ प्रतिशत बोनस सेयरको घोषणा समेत गरिसकेको छ । त्यसै गरि कम्पीको जीवन बीमा कोषमा ४ अर्ब रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४ करोड २१ लख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेका थियो । ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ । त्यसै गरि कम्पनीको जीवन बीमा कोषमा १० अर्ब रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा आर्जनमा ५४ दशमलव ०५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षमा ९० करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका कम्पनीले गत आर्थिक बर्षमा भने ४१ करोड ६५ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षमा १२ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा २ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा चार अर्ब ७४ करोेड छ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ४० अर्ब २८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७३÷७४ मा ९ करोड ६९ लाख खूद मुनाफा आर्जन गरेको छ ।
कम्पनीले १ अर्ब २६ करोड खूद बिमा शुल्क संकलन गर्दा ११ करोड २२ लाख दाबी भुक्तानी गरेको छ । समग्रमा भने कम्पनीले कुल १ अर्ब ३३ करोड बिमा शुल्क संकलन गरेको छ । ६५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीसंग जगेडा कोष अन्र्तगत ३२ करोड ४३ लाख रुपैयाँ र जीवन बीमा कोष अन्र्तगत २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमीटेडले आर्थिक बर्ष २०७३÷७४मा ११ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले २० करोड ४७ लाख रुपैयाँ कम मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ३२ करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो ।
बिमा शुल्क ८ अर्ब ५० करोड रुपैयाँ संकलन गर्दा १ अर्ब ७६ करोड दाबी भुक्तानी गरेको छ । १ अर्ब ३३ करोड रुपैयाँ चुतmा पूँजी रहेको कम्पनीसंग बीमा कोष अन्र्तगत ३३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष अन्र्तगत २६ करोड रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनी

 

नेको इन्स्योरेन्स कम्पनी
आर्थिक बर्ष २०७३÷०७४ मा १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै २१ करोड रुपैयाँ खुद नाफा गरेको छ । आव ०७२÷७३ मा कम्पनीले १२ करोड खुद नाफा आर्जन गरेको थियो । कम्पनीले २५ सय २५ वटा दावी भुक्तानी बापत ४० करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । आव ०७२÷७३मा ३२ करोड ४० लाख चुक्ता पूँजी रहेको कम्पनीले आ व७३÷०७४ सम्म आईपुग्दा ७१ करोड २८ लाख रुपैयाँ चुत्ता पूँजी पु¥याएको छ ।

प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले बीमा शुल्क संकलनमा १० प्रतिशतले बृद्धि गर्दै आर्थिक बर्ष २०७३÷७४मा २७ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । ८३ करोड ७४ लाख बीमा शुल्क संकलन गर्दा कम्पनीले १७ सय २० वटा दाबी भुक्तानी स्वरुप ३५ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ रहेको कम्पनीको महाबिपत्ती कोषमा ५ करोड ४४ लाख रहेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७३÷७४मा४१ करोड ६५ रुपैयाँ खुद नाफा आर्जन गरको छ । कम्पनीको आव ०७२÷७३मा बीमांकीय मूल्याकन पश्चात ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । १३ रुपैयाँ ४५ पैसा प्रति शेयर आम्दानी रहेको कम्पनीको बीमा कोषमा ४० अर्ब रुपैयाँ रहेको छ ।

सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मुनाफामा अघिल्लो आर्थिक बर्षको तुलनामा २३ दशमलव ७८ प्रतिशतले बृद्धि गर्दै २५ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो बर्ष कम्पनीले २० करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीले ७१ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्दा ४० करोड ४८ लाख रुपैयाँ भने दाबी भुक्तानी गरेको छ ।
५३ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड ५६ लाख रुपैयाँ र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ रहेको छ ।

रकम हजारमा

सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा १८ दशमलव ८१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गएको आर्थिक बर्षमा २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जब की अघिल्लो आर्थिक बर्षमा १८ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो ।
५३ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड ४१ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ४१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सको खुद मुनाफामा अघिल्लो आर्थिक बर्षको तुलनामा २२ दशमलव ५८ प्रतिशतले बृद्धि भएको छ । । गत ३७ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरको कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३० करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
८१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको शिखर इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ११ लाख रुपैयाँ र बीमा कोषमा ६४ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक बर्ष आर्थिक बर्ष २०७३÷७४ को चौथो त्रैमास सम्ममा खुद मुनाफा २५ दशमलव ८२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यस अवधिमा १९ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा १५ करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १८ करोड ८१ लाख रुपैयाँ र बीमा कोषमा ३३ करोड ३१ लाख रुपैयाँ रहेको छ । ७५ करोड १२ लाख बीमाशुलक संकलन गर्दा दाबी भुक्तानी बापत ३२ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ ।

एन.बी इन्स्योरेन्स
एन. बी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७३÷७४ को त्रैमास सम्ममा खुद नाफामा १ सय ३२ दशमलव ५५ प्रतिशतको बृद्धि भएको छ । कम्पनीले १० करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । २७ करोड रुपैयाँ चुक्ता पूँजी भएको रहेको कम्पनीसंग जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ र बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ रहेको छ ।
३० करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा ५ करोड ९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७३÷७४ ११ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो बर्षको तुलनामा कम्पनीको मुनाफा आर्जन दोब्बर भएको छ । अघिल्लो बर्ष कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको थियो ।
२८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीसंग जगेडा कोषमा १६ करोेड ७ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ४० लाख रुपैयाँ रहेको छ ।
कम्पनीले खुद बीमा शुल्क ३१ करोड ६७ लाख रुपैयाँ संकलन गर्दा २६ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समग्रमा कम्पनीले ७४ करोड ३९ लाख बीमा शुल्क संकलन गरेको छ भने बीमा ४२ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

रकम हजारमा

 

हिमालयन जनरल इन्स्योरेन्स
हिमालय जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७३÷७४मा १३ करोड १९ लाख खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा १३ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले यस मुनाफामा ११ लाख मात्रै बृद्धि गरेको छ ।
२७ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा कम्पनीले १४ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी तिरेको छ । ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी संग जगेडा कोषमा १२ करोड ७ लाख रुपैयाँ रहेको छ भने बीमा कोष अन्र्तगत २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।
एभरेष्ट इन्स्योरेन्स
एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा ४ करोड ५५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । कम्पनीले १० करोड १८ लाख बिमा शुल्क संकलन गर्दा ४ करोड ८१ लाख बराबरको दाबी भुक्तानी गरेको छ । १२ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी संग जगेडा कोष अन्र्तग ११ करोड ४८ लाख रहेको छ ।

यो पनि पढ्नुहोस :

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....