Nepal Life Insurance

बीमा समुह ७५ दशमलब ७८ अंकले बढ्यो, कारोबार भने सामान्य

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार १५:५०

बीमा न्युज संबाददाता

बीमा न्युज,
साउन ३२, काठमाडौं÷ धेरै दिन पछि बुधबार नेपाल स्टक एक्सचेन्ज सकरात्मक देखिएको छ । केहि दिन देखि भारी अंकले गिरावाट आएको नेप्से बुधबार तीन दशमलब ५० अंकले बढेर १६ सय ३२ दशमलब ६६ विन्दुमा रोकिएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये बीमा समुह ७५ दशमलब ७८ अंकले बढेर नौं हजार  २ सय ८० विन्दुमा रोकिएको छ । शुन्य दशमलब ८२ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहको कारोबार १४ करोड २० लाख ८५ हजार भएको छ ।

 

 

कारोबार मुल्यको आधारमा तीन बीमा कम्पनी शिर्ष स्थानमा रहेको छ । प्रुडेन्सियल संस्थापकको करिब साडे तीन करोड बराबरको कारोबार भएर सुचिको पहिलो स्थानमा रहेको छ । यस्तै नेपाल लाइफ करिब दुइ करोडको कारोबार भएको छ भने शिखरको एक करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको सेयर मुल्यको आधारमा नेपाल लाइफको संस्थापकका मात्रै रहेको छ । कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै तीन सय ४८ पटक भएर सुचिको पहिलो स्थानमा छ । बुधबार धेरै कमाउनेमा र गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेको छैन् ।

 

 

बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५८ कम्पनीका १६ लाख ४२ हजार ४३ कित्ता सेयरहरु छ हजार पाँच सय ८३ वटा कारोबारबाट ७० करोड ८७ लाख ७९ हजार ५३ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....