Nepal Life Insurance

बीमा ; पैसा डबल ! कि भावि सुरक्षा ?

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार १२:३१

Beema News

“बोनस” मिस लिडीगं म्यासेजमा नपर्नुहोस

सागर चन्द
भदौ, ८, काठमाडौं÷ धरै जसो मानिसहरुले रकम दोब्बर गराउने लोभमा बीमा गर्ने गरेको पाईन्छ । तर बीमा भनेको रकम दोब्बर गराउने नभई आर्थिक जोखीमबाट बच्नको लागि अपनाईने सुरक्षित प्रक्रिया हो । सामान्यतया ः बीमा कम्पनीले आफ्ना ग्राहकहरुलाई बोनस रकम वितरण गर्ने गर्छन, तर त्यो रकम सधै दोब्बर हुन्छ भन्ने कुनै आधार हुदैन् । बोनस भनेको बीमितले तिरेको बीमा शुल्क बापत प्राप्त गर्ने अतिरिक्त आम्दानी हो । जीवन बीमालाई बीमित (बीमा गरेको व्यक्ति) को मृत्युपछि वा उसको बीमा अवधिको समाप्ती पश्चात उसले वा उसको परिवारले पाउने एउटा आर्थिक सुरक्षाको माध्यमको रुपमा लिइन्छ ।

बोनस बीमा कम्पनीले आफ्ना बीमित अर्थात ग्राहकहरुलाई वितरण गर्ने मुनाफा हो ।

बोनस स्वरुप तपाईले प्राप्त गर्ने रकम बीमा कम्पनीले आफ्ना बीमित अर्थात ग्राहकहरुलाई वितरण गर्ने मुनाफा हो । यो बीमा कम्पनी अनुसार फरक फरक हुन सक्छ । भने बोनस पाउने वा नपाउने भन्ने तपाईले रोज्नु भएको बीमा पोलीसी वा योजनामा समेत निर्भर रहन्छ । बीमा गर्दा बीमा सम्झौता (बीमालेख) मा धेरै कुराहरु प्रष्टै हुन्छन त्यसकारण पनि बीमा गर्दा बीमाका सर्तहरु पढेर र बुझेर मात्रै बीमा गर्ने गर्नु पर्छ । सबै कम्पनीले आफ्ना बीमा योजनामा सामेल बीमित लागि भनेर बोनस दरको छुट्टा छुट्टै विवरण सार्वजनिक गर्ने गर्छन् । तपाईले जीवन बीमाबापत तिरेको बीमा शुल्क (प्रिमियम) तपाईको बचत हो जुन एक दिन स्वत फिर्ता हुन्छ तर बोनस रकम भनेको त्यसबापत प्राप्त हुने प्रतिफल हो ।
के हो बोनस र कसरी वितरण गरिन्छ ?

बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दरको घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बिमांकको रकममा निर्भर रहने गर्छ । बोनस वितरण गर्दा मृत्यु दर, बीमा कम्पनीको खर्च, र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूर्ण रकमहरु कटायर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पुँजी स्रोतमा तिर्नु पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै वोनसको रुपमा वितरण गरिन्छ ।

बीमा कम्पनीले बर्षभरिमा संकलन गरेको बीमांक रकम (बीमा गरिएको कुल रकम) को प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । यसैलाई नै बोनस भन्ने गरिन्छ । उदाहरको लागि प्रति १ हजार रुपैँया बीमित रकमको लागि ३० रुपैयाँ बोनस दर घोषणा गरिएको छ भने १ लाख रुपैयाँको बीमा पोलीसी लिएका ग्राहकको एक बर्षको बोनस रकम ३ हजार हुन् आउँछ । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ ।

कम्पनीले पाउने सबै पुँजी स्रोतमा तिर्न पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बोनसको तवरमा वितरण गर्ने गरिन्छ । 

 

यसरी वितरण गरिन्छ बोनस्
जीवन बीमा कम्पनीहरुले बीमितबाट उठाएको रकम बैंकमा निक्षेप स्वरुप जम्मा गर्ने वा अल्पकालिन रुपमा सेयर बजारमा लगानि गरेर आम्दानी गर्ने गर्छन् । कतिपय बीमा कम्पनीहरुले बीमितलाई उसले जम्मा गरेको रकमबाट कर्जा समेत प्रदान गर्ने गर्छन कतिपय अवस्थामा यही कर्जाबाट प्राप्त हुने ब्याज पनि बीमा कम्पनीको आम्दानी बन्न जान्छ । कम्पनीले पाउने सबै पुँजी स्रोतमा तिर्न पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बोनसको तवरमा वितरण गर्ने गरिन्छ । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् र त्यसपछि बोनस वितरण गर्ने गर्छन् ।

बोनसका प्रकारहरु


नगद फिर्ता बोनस योजना ः बीमा गर्ने व्यक्ति (बीमित) ले गरेको कुल बीमा रकम (बीमांक रकम) बीमा अवधि नहुँदै निश्चित समयको अन्तरालमा फिर्ता दिदै जाने योजनालाई नगद फिर्ता बीमा योजना भनिन्छ । यस्तो बीमा गरेको बीमितको बीमा अवधि नसकिदै मुत्यू भएमा उसको परिवार वा तोकिएको व्यक्तिलाई पुरै बीमांक रकम र उसले प्राप्त गर्ने बोनस प्रदान गरिन्छ । तर बीमा अवधिभर बीमित जीवित रहेको खण्डमा समय समयमा भुक्तान गरेर बाँकी रहेको बीमांक रकम र बोनस दर प्रदान पनि गर्ने गरिन्छ ।
संयुक्त बोनस योजना ः बीमा गरेको दोस्रो बर्षबाट बोनस रकम, गत बर्षको बोनस रकम सहितको रकममा बोनस प्राप्त गर्ने योजना हो । यो योजना अन्र्तगत बीमा अवधिमै बीमितको मृत्यु भएमा वा अवधि समाप्त पश्चात बोनस सहितको पुरा रकम प्राप्त हुन्छ ।
अन्तरीम बोनस योजना ः सामान्यतया कम्पनीहरुले आर्थिक बर्षको अन्तमा बोनस रकम घोषणा गर्ने गर्छन् । तर कतिपय अवस्थामा आर्थिक बर्ष भन्दा पहिले नै बीमा अवधि समाप्त हुन जान्छ । यस्तो अवस्थामा बीमितलाई नोक्सान नहुने गरि बीमा कम्पनीहरुले बोनस प्रदान गर्छन् ।
सावधिक जीवन बीमा बोनस योजना ः तोकिएको अवधिसम्म बीमा शुल्क तिरेका ग्राहकले बीमांक रकम र एकमुष्ट बोनस पाउने योजना सावधिक जीवन बीमा योजना होे । बीमा अवधिको बिचैमा बीमितको मुत्यु भएमा बीमांक रकम र सो समयसम्म उपलब्ध हुने बोनस रकम बीमितले तोकेको व्यक्तिले प्राप्त गर्छन् ।
सावधिक र आजीवन बीमा बोनस योजना ः तोकिएको अवधिपछि बीमांक रकम र एकमुष्ट बोनस प्राप्त गरेपछि बिमा शुल्क नतिरिक नै यो योजना निरन्तर रहिरहन्छ । बीमा अवधि पश्चात बीमितको मृत्यु भएमा यो योजना अन्र्तगत बीमितले तोकेको व्यक्तिले पुरै बिमाकं रकम प्राप्त गर्छन् ।
बोनस रकम बीमा योजना, बीमा कम्पनी र बीमा शुल्क अनुसार फरक हुन सक्छन् । प्रत्येक बर्ष बीमा कम्पनीले गरेको कुल आम्दानीले पनि बोनस दरमा फरक पर्न जान्छ । बोनस रकम घोषणा गरेकै मितीबाट लागु हुन जान्छ, एक पटक बीमा कम्पनीले बोनस घोषणा गरेपछि उक्त रकम तपाईको बीमा पोलीसीको हिस्सा बन्न जान्छ । बीमा पोलीसीमा जोडिन आउने बोनस रकम खरिद गरेको पोलीसी र बीमा अवधिमा निर्भर रहने गर्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....