Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, बीमा समुहको १५ करोड बराबरको कारोबार

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार १५:५२

Beema News

बीमा न्युज,
भदौ ८, काठमाडौं÷ साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्जमा सुधार आएको छ । बुधबार दूइ दशमलब ७८ अंकले घटेको नेप्से बिहिबार भने छ दशमलब ५४ अंकले बढेको हो । बीमा समुह बिहिबार पनि ४८ दशमलब ६३ अंकले बढेको छ । शुन्य दशमलब ५३ प्रतिशतले बढ्दा बीमा समुहको कारोबार भने १४ करोड ८२ लाख २८ हजार मात्रै भएको छ ।

होटल समुह बाहेक सबै समुह बढ्दा नेप्सेमा सुधार देखिएको हो । नेप्से बिहिबार छ दशमलब ५४ अंकले बढेको छ । उक्त अंकले बढ्दा नेप्से १६ सय १७ दशमलब ८१ विन्दुमा रोकिएको छ । बिहिबार शुन्य दशमलब ४१ प्रतिशतको अंकले सुधार हुदा नेप्सेमा ६३ करोड बराबरको कारोबार भएको छ ।

बिहिबार बीमा समुहको शिर्ष कारोबार गर्ने सुचिमा चार बीमा कम्पनी पर्न सफल भएका छन् । कारोबार मुल्यको आधारमा इभरेष्टको दुइ करोड ५० लाख बराबरको कारोबार भएर सुचिको दोस्रो स्थानमा रहेको छ । प्रभको पनि करिब दुइ करोड बराबरको कारोबार भएको छ । प्राइम लाइफ र राष्ट्रिय बीमा कम्पनीको सस्थापन शेयर पनि एक करोड बराबरको कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफको दुइ सय ४० पटक कारोबार भएर सुचिको तेस्रो स्थानमा रहेको छ भने एभरेष्टको एक सय ६१ पटक कारोबार भएर सुचिमा पर्न सफल भएको छ । बिहिबार धेरै कमाउने र गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेको छैन ।

 

बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६१ कम्पनीका ३८ लाख ८० हजार नौं सय ४४ कित्ता सेयरहरु सात हजार पाँच सय २७ वटा कारोबारबाट ६३ करोड ७५ लाख ४४ हजार छ सय ८६ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....