काठमाडौं, भदौ ९ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLICL) को मूल्य समायोजन भएको छ । नेप्सेले सुचना निकाल्दै कम्पनीको समायोजन पछिको मूल्य एक हजार ६८ रुपैयाँ तोकेको छ । आधरभूत मूल्य एक हजार ४१ रुपैयाँ दिएको थियो । कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको नेप्सेले उल्लेख गरेको छ ।