Nepal Life Insurance

शेयर साता; बीमा समुहको ८३ करोड कारोबार

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार १४:१४

Beema News

बीमा न्युज,
भदौ ९, काठमाडौं÷यो साता नेपाल स्टक एक्सचेन्जमा बीमा समुहमा यु (U) आकारको उतार चढाउ देखिएको छ । साताको पहिलो दिन आइतबार बजार खुल्दा सकारात्म रहेको बीमा समुह बन्द हुने बेलामा भने घटेको थियो । त्यस बीचमा कारोबार सामान्य भएपनि अन्तिम दिन बिहिबार भने केही उकालो लागेको हो । अघिल्लो साता ६५ करोड बराबरको कारोबार भएको बीमा यस साता भने ८३ करोड ७० लाख ५५ हजारको कारोबार भएको छ । सातामा पाँचै दिन खुलेपनि शेयर बजारमा बीमा समुहमा लागानी कर्ताहरुको आकर्शण भने देखिदैन ।

साताको पहिलो दिन आइतबार नै नेपाल स्टक एक्सचेन्जमा बीमा समुहको आइतबार सबै भन्दा धेरै ३९.७४ अंकले गिरावाट आएर नौं हजार दुई सय दुई दशमलब २४ विन्दुमा रोकिएको थियो । शुन्य दशमलब ४३ प्रतिशतले गिरावाट हुदा बीमा समुहको कारोबार भने १५ करोड २० लाख ७७ हजारको कारोबार भएको हो ।
सोमबार पनि नेपाल स्टक एक्सचेन्जमा बीमा समुह सबै भन्दा धेरै ७५.९५ अंकले गिरावाट आएर नौं हजार एक सय २६ दशमलब २९ विन्दुमा रोकिएको छ । शुन्य दशमलब ८३ प्रतिशतले गिरावाट हुदा बीमा समुहको कारोबार भने आइतबार भन्दा ३ करोड बढिले कारोबार भएर १८ करोड ६४ लाख ७६ हजारको कारोबार भएको हो ।
मंगलबार भने नेपाल स्टक एक्सचेन्जमा बीमा समुहको सामान्य सुधार देखिएको थियो । मंगलबार आठ दशमलब १५ अंकले बढेर नौं हजार एक सय ३४ दशमलब ४४ विन्दुमा पुगेको हो । शुन्य दशमलब ०९ प्रतिशतले बढ्दा बीमा समुहको कारोबार भने २० करोड ५० लाख ९३ हजार भएको हो ।
बुधबार पनि नेपाल स्टक एक्सचेन्जमा बीमा समुहमा सामान्य सुधार देखिएको थियो । बीमा समुह बुधबार चार दशमलब ०६ अअंकले बढेर नौं हजार एक सय ३९ दशमलब ०४ विन्दुमा पुगेको थियो । शुन्य दशमलब ०५ प्रतिशतले बढ्दा बीमा समुहको कारोबार भने १४ करोड ५१ लाख ८१ हजार मात्रै भएको हो ।
साताको अन्तिम दिन बिहिबार पनि नेपाल स्टक एक्सचेन्जमा सुधार आएको थियो । बुधबार दूइ दशमलब ७८ अंकले घटेको नेप्से बिहिबार भने छ दशमलब ५४ अंकले बढेको हो । बीमा समुह बिहिबार पनि ४८ दशमलब ६३ अंकले बढेको छ । शुन्य दशमलब ५३ प्रतिशतले बढ्दा बीमा समुहको कारोबार भने १४ करोड ८२ लाख २८ हजार मात्रै भएको हो।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....