Nepal Life Insurance

बिशेष अन्तर्वार्ता; चिरञ्जीबी चापागाँइ, अध्यक्ष, बीमा समिति

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार १०:३५

Beema News

 

बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाँइले बीमालाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आएको बीमान्युजका सम्पादक लभेश प्याकुरेलसंग बिषेश संवाद गर्नुभएको छ । आफुलाई लाइसेन्स मात्रै बाड्नलाई आएको भन्ने आलोचनालाई खण्ड्न गर्दै चापागाँइले आफ्नो भावी योजना प्रस्तुत गर्नु भएको छ । बीमान्युज डट कमले बीमा समितिका अध्यक्षसंग गरेको बिषेश अन्तवार्ता ।

  • म  लाईसेन्स् बाड्न मात्रै आएको हैन्, ‘आइ ह्याभ मिशन, भिजन एण्ड प्लान’ ।
  • बीमा समितिको निर्देशन नमान्ने जो कोहिलाई तत्काल कारबाहि गरिने छ ।
  • यो वर्ष बीमा बजारको सेप, साइज र इम्प्याक्ट सबैमा व्यापक वृद्धि निश्चित छ ।

गत आर्थिक वर्षको अन्तमा नेपालको बीमा सेक्टरको साइज कहाँ पुग्यो र हामी कहाँ पुग्यौं ? 

अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा तत्विक अन्तर त छैन् । अघिल्लो वर्ष १३ अर्बको नन लाइफ र करिब ३२ अर्बको लाइफ गरेर करिव ४७ अर्ब प्रिमियम थियो भने यो वर्ष चहि १८ अर्बको नन लाइफ र ३५ अर्बको लाइफ गरेर ५३ अर्बको छ । ग्रोथ रेट भने निर्जिवन तर्फ करिब करिब २८ प्रतिशतले बढेको छ । जीवन बीमा तर्फ २२÷२३ प्रतिशतले बढेको छ । सरसरति हेर्दा दुइ वर्षको बृद्धिदरको तथ्यांक हेदा अहिलेको बृद्धिदर कायम गर्न सकियो भने चाहि ठिक छ । तर कस्तो छ भन्दा यसको रिजल्ट कहाँ लगरे हेर्न हो भन्दाखेरी चहिँ इन्स्योरेन्सको कभरेज कति प्रतिशत जनसंख्यामा बीमा गएको र मुलुकको कुल ग्राहस्थ उत्पादन बीमा प्रिमियम संकलनको योगदान त्यो दुइ वटा हेर्नु पर्दछ । त्यो  हेर्दा  उस्तै नै हो ७÷८ प्रतिशतको कभरेज र पेनिट्रेसनमा २.०३ थियो भने त्यही २.०३÷०४ सलखाल २ प्रतिशत नै योगदान छ । यसरी हेर्दा ग्रोथ रेट राम्रो भएता पनि समग्र हाम्रो इन्स्योरेन्स सेक्टरको कभरेज र पेनिट्रेसन एकदमै लो अवास्थामा छ । यो सन्तोष गर्ने ठाउँ चहि होइन ।

५३ अर्बको मर्केट छ, भन्नुभयो । त्यसको मतलब नेपालको इन्स्योरेन्स सेक्टरको यो साइजले ओभर अल फाइन्नसयिल ÷मनि मर्केटमा इम्प्याक्ट कस्तो पार्छ ? कतिको प्रभाबकारी हुन्छ ।  
मनि मर्केटमा इन्स्योरेन्स सेक्टरले महत्वपुर्ण योगदान पु¥याएको हुन्छ । कसरी भन्दा जिवन बीमावाट गाँउ गाँउवाट प्रिमियम संकलन गर्दै आइरहेको हुन्छ । त्यो प्रिमियम बापत संकलन गरेर ल्याएको पैसा जुन छ, बिदेशमा भने बिभिन्न संस्थाहरु र बँण्ड मार्केटमा राख्ने गर्छन तर हामी कहाँ त्यस्तो बँण्ड मर्केटको विकास न भैसकेकोले हामीले चहि ९० प्रतिशत भन्दा बढि नै बैंक तथा बित्तिय संस्थामा राख्नुपर्ने अवस्था हुन्छ । टोटल बैकिङ्ग डिपोजिटमा बीमावाट जाने अंशवाट पनि सन्तुष्ट छैन् किन भन्दा खेरि अरु देशमा हेर्दा त्यो पनि हाई हुन्छ । हाम्रो देशमा चाहि प्रिमियम कलेक्सन नै कम भएकोले कभरेज कम भएको र फाइनन्सीयल सिसटममा इन्स्योरेन्स कम छ, लो नै छ । त्यसलाई पनि बढाउनु पर्छ र महत्वपुर्ण त के छ भन्दा हामीले जुन कलेक्सन गरेर ल्याएको पैसा हुन्छ, त्यसले पुजिँ निमार्णमा ठुलो योगदान दिएको हुन्छ । अहिले पनि हेर्ने हो भने लाइफ इन्स्योरेन्स अन्र्तगत क्युमुलेटिभ एक खर्ब ३५ अर्ब बराबरको छ । त्यो एक खर्ब ३५ अर्ब कहाँ छ भन्दा विभिन्न बैंक तथा वितिय संस्थाहरुको डिपोजिटमा छ । अहिले सरकारको बँण्ड पनि त्यति छैन । ट्रेजरी बिलको  इन्ट्रेस्ट रेट पनि छैन । त्यो कारणले हाम्रो इन्स्योरेन्स कम्पनीहरु धेरै भन्दा धेरै बैंक तथा वितिय संस्थाहरुको डिपोजिडमा भर पर्नु परि रहेको छ । 

तपाईको कार्यकाल सुरु हुने वितिकै नेपालको इन्स्योरेन्स सेक्टरमा एउटा सिफ्ट लिएर आउनु भएको छ । लाइफ नन लाइफ कम्पनीहरु दुइवटैले लाइसेन्स पाइरहेको छ, इन्ट्री पनि भैरहेको छ । अब यो फिसकल इयरमा यसले के सीनर्जी इफेक्ट देखाउछ ।

मैले यहाँ आइसके पछि, मान्छेको आफ्नो आफ्नो कार्य गर्ने शैली हुन्छ । जसले जे भने पनि मैले सुरु मै भनेको कभरेज र पेनिट्रेसनमा ध्यान दिनु जरुरी देखिन्छ् । त्यस कारण इन्स्योरेन्स सेक्टरमा कमजोरी के हो भनेर १५ दिन मै पत्ता लगाइसकेको थिए । एउटा के थियो भन्दा खेरी एउटा स्वस्थ्या प्रतिस्पर्दा थिएन, पुजिँ कम थियो । त्यो कारणले गर्दा बीमा कम्पनीका कार्यकारी अधिकृतहरुलाई बिजनेशको लागि त्यति मतलब नहुने । किन भन्दा थोरै पुजिँ भएपछि थोरै रिर्टनले पुग्ने उहाँहरुलाई त्यसकारण हामीले पुजिँ बढाउने काम ग¥र्यो । त्यसको साथ साथै कम्पनीहरुको कभरेज जुन छ ९० प्रतिशत भन्दा बढि नै बाँकि रहेको कारणले केहि लाइसेन्सिङ्गहरु प्नि सुरु ग¥र्यौ । जसको फल स्वरुप १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये ९ वटाले लाइसेन्स प्राप्त गरि सक्नु भको छ । एउटाको चाहि प्रकृयामा छ । यसरी सरसरति हेर्दा हाम्रो उदेश्य के हो भन्दा पेनिट्रेसन र कभरेज दुइटै बढाउने हो र १० वटा कम्पनी थपिसके पछि मर्केट पनि ९० प्रतिशत भन्दा बढिको कभरेज नभएको कारणले बजार पनि छ र कम्पनीहरु पनि छ, कम्पनीहरुले नयाँ प्रोडक्टहरु पनि ल्याउनेछन् त्यसकारणले आगामी दिनहरुमा यसको जुन बृद्धिदर छ त्यो चहिँ अहिलेको भन्दा ह्वातै बढ्ने हामीले अपेक्षा गरेको छौं ।

२७ वटा कम्पनी पहिले देखि नै छन्, नयाँ पनि आएको÷आउने क्रममा छ, अब यी दुइटैको प्रफर्मेन्स मापन गर्ने चाहिँ के ? पेड अप क्यापिटल मात्रै त, होइन होला ।
बैंक तिर क्यापिटल हेछौं, पेड क्यापिटल र टोटल क्यापिटल हेर्छौ तर हामीले इन्स्योरेन्स कम्पनीको हेर्ने भनेको चाही फरक हुन्छ ।  हामी अहिले त्यो ठाँउमा आइपुगेका छैनौं । हामीले उनीहरुको नेटओर्थ हेर्ने हो । अनि अर्को चाहिँ सल्भेन्सी मार्जिन रेसियो हेर्ने हो । त्यसकारण अहिले सरसरति हेर्दा खेरि कम्पनीहरुको अहिले हामीले पुजिँ बढायौं त्यस कारण अब चाहि नेटओर्थ हाई हुदै जान्छ, बढ्छ । र सल्भन्सी रेसियो चाहि उनीहरुको राम्रै छ अहिले सम्म । हामीले चाहि बेन्च मार्क १.५ तोकेका छौ, सबै १.५ भन्दा माथि छन् । अब जुन २७ वटा कम्पनी छन् जस मध्ये १७ वटा नन लाइफ र ९ वटा लाइफका हुन । नन लाइफ र लाइफको चाहि कामको प्रकृति नै फरक हुन्छ । अब मलाई लाइसेन्ङ्गिको बारेमा टच गर्न मन खोजे ।  मलाई कहाँ निर शंक लागेको थियो भने भोलि गएर लाइफको पार्टमा त त्यति हामीलाई समस्या थिएन । किन भने विजनेश पनि अभिमृखि कर्ता विजनेश हो । आफ्नो अभिकर्ता उत्पादन गरेर आफ्नो लाइनले विजनेश गर्न गयो भने त्यहाँ स्वस्थ्य प्रतिस्पर्धा हुन सक्छ, अस्वस्थ्य हुन सक्दैन । नन लाइफमा धेरै भन्दा धेरै लाइसेन्सिङ्ग भएको खण्डमा हाम्रो के छ भन्दा नन लाइफको खाली मेन्डोटरी हो । हामीले यो गर, उ गर भनेर विभिन्न निकायहरुले भनेको कारणले नेपालीहरुले बीमा गरेको हो । जस्तै मोटर बीमा भन्नु हुन्छ भने यातायात ब्यवास्था तथा नेपाल सरकारले जुन प्रवधान राखेको छ त्यो आधारमा हुन्छ । भने अग्नीबीमाको बारेमा भने चाहीँ विभिन्न बैंक तथा वितिय संस्थाहरुवाट ऋण लिदा इन्स्योरेन्स गर्नु पर्ने बाध्यता भएर हुन्छ । त्यसमा चाहि धेरै चाप परेन । त्यसकारणले गर्दा हामी अहिले कमर्फटेबल अवस्थामा छौ । २७ वटा प्लस १० वटा गरि हामी ३७ वटा कम्पनी हुन्छ । यिनीहरु चहि राम्रोसंग संचालन हुन्छन् । त्यसलाई चाहि राम्रोसंग संचालन गर्न नियमक निकायको रुपमा अलिकति यि कम्पनीहरुको निरिक्षण सुपरिबेक्षण ध्यान दिनु पर्छ । त्यसको लागि मैले काम अगाडि बडाइसकेको छु ।

अब ३७ कम्पनीहरु बजारमा भए, यसको मनिटरिङ र रेगुलेसन गर्नलाई बीमा समितिसंग स्ट्रेन्थ छ ? छैन भने त्यसको लागि के के चाहियो ?

साच्चि भन्नुपर्दा खेरि यसको लागि चाहिने स्ट्रेन्थिनिङ समितिसंग छैन । तिनीहरुलाई पुरा गर्न सक्ने निरिक्षण सुपरिबेक्षण गर्न सक्ने हामीसंग मेनपावर संख्यात्मक र गुणत्मक दुबै कम छ । त्यो भएको कारणले हामीले के ग¥र्यौ भन्दा हामीले गत वर्ष ओएनएम सर्व भएको रहेछ त्यसको आधारमा के दरबन्दीहरु थप गरेर हामीले अर्थ मन्त्रालयमा पठाएका छौं । त्यहावाट स्वीकृत हुने क्रममा छ । त्यसको साथ साथै मैले बोर्डवाट निर्णय गराएर ३ जना टेक्नीकल मेनपावार ( चाटर एकाउन्टेन ) नियुक्ति गरी सकेका छौं । अहिले फेरी हामीसंग विश्व बैंकको दुइवटा प्रोजेक्टहरु संचालनमा छ । एउटा समग्र इन्स्योरेन्स सेक्टरको रिक्स एनलाइसिस गर्ने र रिक्स मेट्रिक्स तयार गर्ने त्यो चाहि प्राइस वाटर हाउस डिएफआइडिको सहयोमा त्यसले काम गरिरहेको छ । र उसले पनि हामीलाई फिडब्याक दिइरहेको छ । र दोस्रो हाम्रो क्यापसिटी बिल्डिङ्गको लागि विश्व बैंकसंग नेपाल सरकारको एग्रिमेन्ट भएको छ, इन्स्योरेन्स स्ट्रेन्थेनिङ्ग । यि दुइवटा प्रोजेक्टको साथसाथै हामीले गरेको ओएनएम सर्बे र हामीले केहि मेनपावार थपेको कारणले अब हामीसंग त्यो निरिक्षण मेनपावार हामीसंग तयार अवस्थामा छ । र उहाँहरुका लागि आन द जब ट्रेनिङ्ग लगायत दुइ दुइ पटक ट्रेनिङ्ग पनि दिइसकेका छौ । र त्यो डिएफआइडि प्रोजेक्टले पनि ट्रेनिङ्गहरु दिदै आएको छ । अहिले तत्काल भन्ने हो भने मैले एनएलजी इन्स्योरेन्स र  हिमालयन इन्स्योरेन्समा दुइवटा टिम निरिक्षणको लागि खटाइसकेको छु । र क्रमिक रुपमा हरेक वर्ष राष्ट्र बैंकले जस्तो सबै बैंक तथा वित्तिय संस्थाहरुको समग्र निरिक्षण गर्छ, त्यही मोडालिटीमा हामीले सबै इन्स्योरेन्स कम्पनीहरुको निरिक्षण गर्छौं । र त्यो निरिक्षणवाट यदि त्यो कुनै इन्स्योरेन्स कम्पनीहरुले हाम्रो नियम निति र हाम्रो निर्देशिका विपरित रहेर कार्य गरेको रहेछ भने हामी छोड्दैनौं । त्यसलाई कारबाही गर्न हामी पछि पर्दैनौ ।

ग्रोथ एनलाइसिस गर्नको लागि हामीले पाउने टुल्स भनेको इन्स्योरेन्स कम्पनीहरुको क्वार्टली रिपार्ट हो  । त्यो रिपोर्टलाई बीमा समितिले एउटा गइडेन्स दिएको छ त्यो अनुसार निस्किन्छ । इज द्याट इनफ टु रिड इन्स्योरेन्स कम्पनी ? 
अहिले हिसाबले त त्यही नै छ । हामीले स्ट्रेनथेनिङ्ग गर्दै लाने हो । किन भने हामीले विश्व बैकले संचालन गरेको दुइवटा प्रोजेक्टवाट जुन रिक्स म्याट्रिक्स बनाइन्छ, त्यसको आधारमा हामी रिक्स प्रोफाइल बनाउछौं । र त्यसको आधारमा विश्व बैंकको अर्को प्रोजेक्टवाट इन्स्योरेन्स कम्पनीको अफ साइड सुपरिबेक्षणलाई स्ट्रेनथेनिङ्ग गर्ने प्लान छ । त्यो भएको कारणले अफसाइड प्रतिवेदनलाई तिन तिन महिनामा हाम ितयार गर्छौ । अगामी वर्ष देखि । यसरी हेर्दा अब मार्केटलाई चहिने फ्याक्ट फिगरहरु हामीले पब्लिस गर्छौ । त्यसमा अन्यथा तोडमोड गरिएको रहेछ भने हाम्रो निरिक्षण टोलीले पत्ता लगाइहाल्छ् । त्यसकारण उहाँहरुले गरेको त्यसलाई पारादर्शि रुपले सार्वजनिक गर्ने मेकानिजम अपनाउछौ ।

बीमा कम्पनीहरुको पोर्टफोलयो म्यानेजमेन्टको क्षेत्र र अबसर एकदमै कमजोर देखिन्छ्, यस्तो अवस्थामा यति धेरै कम्पनीहरु थपिदा खेरी पोर्टफोलयो म्यानेजमेन्टमा अलिकति लिबरल हुनुपर्ने अवस्था आएन  ?

मैले भन्ने गरेको छु, इन्भेष्टरहरुलाई जहाँ पनि जो इन्स्योरेन्स कम्पनीमा इन्भेष्ट गर्न चहानु हुन्छ । इन्स्योरेन्स कम्पनीको लगानी चाहि धेरै लामो समय सम्म रिर्टन हुने ठाँउमा हामीले लगानी गर्न सक्दैनौ । किन भने भोली कुनै पनि रिक्स आउन सक्छ । त्यसो भैहाल्यो भने तत्काल हामीले पेमेन्ट गर्नु पर्ने हुन्छ । लाइफ इन्स्योरेन्सको पार्टमा चाहि हामीले अभिकर्तालाई राम्रोसंग टिचिङ्ग दिएनौं भने त्यसले राम्रो रिजल्ट दिन सक्दैन । अभिकर्ताको हातमा हुन्छ लाइफको भने नन लाइफको दाबी चाहि समयमै दिन सकेनौ भने हाम्रो समग्र इण्डष्ट्रि नै बन्द हुन सक्छ । त्यसकारण लङट्रम इन्भेष्टमेन्ट गर्न चाहि इन्स्योरेन्को फण्ड हामीले युज गर्न हुदैन ।

 

इन्टरनेशनल मर्केटमा कस्तो हुन्छ भन्दा विभिन्न इन्स्टुमेन्ट हुन्छ । गर्भमेन्टको र कर्पोरेटको डेप्थ हुन्छ । त्यसमा उनीहरुले लगानी गर्छ । तर हामी कहाँ भने विगतमा अलि अलि थियो पछि चाहि राजश्व सरप्लास हुने अवास्था आइसके पछि सरकारले बँण्ड निकाल्न छोड्यो । अब ट्रेजरी बिलको इन्ट्रेस रेट ३÷४ प्रतिशत हुदा बैंकहरुको डिपोजिटमा १२÷१३ प्रतिशत छ । अब इन्स्योरेन्स कम्पनीलाई चाहि बाध्य भएर गर भन्यो भने उनीहरुको इनकममा असर पर्छ । १२÷१३ प्रतिशत  डिपोजिट त छ  । त्यसकारण हामी कहाँ यसको विकास नहुदा धेरै पोर्टफोलयो चाहि बैंक तथा वित्तय संस्थाको डिपोजिटमा गैरहेको छ । अब विस्तारै हामी कहाँ पनि लगानीको अवसर आउन थाल्यो । हालसालै बाफियावाट इन्फ्रास्टकचर बैंकको कुरा आइरहेको छ । भोली त्यो इन्फ्रास्टक्चर बैंकले जारी गर्ने डेप्थमा पनि हामीले लगानी गर्न सक्यो भने त्यसवाट आाउछ र  अहिले इन्स्योरेन्स कम्पनीहरुलाई साच्चिकै भन्दा लागानी गर्नको लागि आफुसंग जुन फण्ड छ त्यसको लागि अबसर नपाएको अवास्था छ ।
समग्र बीमा कम्पनीहरुको धेरै गुणसोहरु आइरहेको छ र डिस्पियुट पनि बढ्दो छ । यस्तो अवस्थामा बीमा समितिले कस्तो खालको एक्सन लिनुहुन्छ् । कसरी प्रस्तुत हुनुहुन्छ ? 
बैंक र बीमामा अलि फरक हुदो रहेछ । बैंकमा सबै क्यापिटलले मापन गर्दोरहेछ । तर इन्स्योरेन्समा कुनै दाबी भयो भने त्यसको ११५ प्रतिशतले प्रोभिजिङ्ग गरिहाल्नु पर्छ । त्यो दाबी फोरफारा नहुन्जेल सम्म । नन लाइफमा भन्दा पनि लाइफको क्यापिटल भनेको एक अर्ब हामीले तोकेको अहिले त ५० करोड चानचुन होला सबैको । तर उनीहरुले जति इन्स्योरेन्स गरीरहेको छ नी त्यो इन्स्योरेन्स प्रोजेक्ट जस्तो एक अर्ब दुइ अर्बको पनि इन्स्योरेन्स गरेको हुन्छ, फायर, इन्जिनियरीङ्गको । एउटा मात्रै फ्लाप खायो भने त्यो कम्पनी सक्यो, जान्छ त्यो कम्पनी । त्यसकारण इन्स्योरेन्स भनेको एकदमै टेक्नीकल हुन्छ । अर्थात समयमै नियम अनुसार रिइन्स्योरेन्स गरेको रहेछ भने बच्यो नभए त्यहाँ अलिकति मिस्टेक भएको भए बच्दै बच्दैन् । त्यसकारण इन्स्योरेन्समा रिइन्स्योरेन्स, अण्डर राइटिङ्ग जस्तो बोर्डले तोकेको न्युनतम मापदण्डहरु निर्धारण गरेको त्यो रहेछ । त्यसकारण समयमै दाबी भुक्तानी भएन भने सुरुमै प्रोभिजिङ्ग लागाउछौ । त्यसको डाइरेक्ट असर उनीहरुको प्रोफिटमा पर्छ । अनि रिर्टन घट्छ् । यसरी जान्छ । पछि भविष्यमा उनीहरुले कामै गर्न नसक्ने गरी गयो भने त त्यो चाही हामीले रोकेर रहदैन । त्यसकारण इन्स्योरेन्स कम्पनीहरुको सिइयोहरु र हाम्रो निरिक्षक सबै चलाख भएर बस्नुपर्छ । जति सुकै पुजिँ ल्याए पनि । नन लाइफको चाही ५ अर्बको पुजिँ भएपनि यत्रा यत्रा अपार्टमेन्टहरु छन् नी । उनीहरुको इन्स्योरेन्स कति छ ? त्यसकारण यसको यति टाइम्स भन्ने नै हुदैन । हामीले त्यसकारण त्यो टाइम्स भनेको रिइन्स्योरेन्सले कभरेजलाई म्यानेज गर्न सक्नु हो । त्यसकारण रिस्की व्यवसाय हो, यो ।

डिस्प्युटको आधार हेर्दा नन लाइफमा आजको मिति सम्म आइपुग्दा व्यवसायि, बीमक र बीमितको विचमा अन्डस्टाइडिङ्ग लेभल मै समस्या छ । अभिकर्ता, सर्भयर देखि लिएर सबैको विचमा मिस अन्डरस्टाङिग छ । यो त च्यालेजिङ्ग हो नी ?

लाइफको पार्टमा त्यति च्यालेन्जिङ्ग छैन किन भन्दा लाइफमा विभिन्न किसिमको ट्रम अथवा एक्सिडेन्ट इन्स्योरेन्स म्याचुरीटी पिरिइडको लागि प्लेसमेन्ट मिलाउन सक्यो । आज कति मेच्योर हुन्छ । त्यही अनुसार नयाँ रेस्यु मिलाउदै लान सक्यो भने भ्यापै पेमेन्ट आउदैन, त्यसकारण त्यो चाही म्यानेजिवल छ । नन लाइफको केशमा सबै भन्दा महत्वपुर्ण कुरा सर्भयर छ । एउटै सर्भयरले के गर्छ भन्दा एउटा सर्भयरले ५÷७ लाखको सर्भयर गरको ठाँउमा अर्को सर्भयर पठाउदा ४०÷५० लाखको सर्भे गरिदिन्छ । त्यस्तो उदाहरण हामीसंग छ, भनेपछि त्यसको मापदण्ड के हो त ?मैले सर्भेयरको तालिमहरुमा भन्ने गरेको छु । बीमाको भविष्य तपाईहरुको हातमा छ । यदि तपाइहरुले नियम संगत तरीकाले सर्भे गर्नुभएको रहेन छ भने तपाईहरु ब्ल्याक लिस्टमा राख्न सक्छौ, तपाईहरुको लाइसेन्स खारेज पनि हुनसक्छ । बीमक, बीमित सर्भेयर, अभिकर्ता यो सबै संजालहरु एकतावद्ध हुनुप¥र्यो । आफ्नो आफ्नो ठाँउवाट काम गर्नुप¥र्यो त्यो भयो भने इन्स्योरेन्सले काम गर्ने हो । नभए एक ठाँउमा त्यसले ब्लक गर्दा त्यसको असर पर्छ । त्यसकारण हाम्रो उदेश्य भनेको सबैलाई आ आफ्नौ गुड गर्भमेन्स कायम गराउनु नै हो । त्यसमा चाहि हामीले विषेश ध्यान दिन्छौ ।
त्यसो भए यो चुनौतिको समधान के हो ? कसरी यसलाई निराकरण गर्ने, तपाईको कार्ययोजना के हो ? 

बेसलाइन बनाउने काम गरिरहेका छौ । लाइसेन्सीङ्गको पाटो सक्यो । साच्चिकै नौं वटा कम्पनीले अहिलेको ९० प्रतिशत पुग्ने थिएन र हामीले त्यसको साथ साथै अन्दाजको भरमा भन्नु पनि हुदैन । हामीले एउटा अध्ययन टोली बनाएका छौ । उहाँहरुले अध्ययन गर्दैछ । रिपार्ट फाइनल भै सकेको छैन् । एक डेढ महिना भित्र तपाईहरुले नेपालको इन्स्योरेन्स मर्केटको भाबी संभावनाबारेमा बीमा समितिले आफ्नो इतिहाँस देखि अहिले सम्म नगरेको एउटा रिपोर्ट हामी निकाल्दै छौ । त्यसको आधारमा हामीले भाबी स्ट्राटेजी कस्तो लिने भन्ने त्यो रिपोर्टले देखाउछ । जुन नौवटा कम्पनी र यहाँ भैरहेको लाइसेन्सीङ्गको प्रकृयामा लामो समय देखि अड्केकोलाई फोरफारा गरौं भनेर एक्ट्रा नौं कम्पनीहरु आएका छन् । अब एक किसिमले भन्ने हो भने अब संस्थागत विकासको क्रम चाहि ब्लक गर्नुपर्छ जस्तो लाग्छ । त्यसको साथ साथै हामीले अर्को के ग¥र्यौ भन्दा अभिकर्ता र बीमा समिति बिच अन्दोलनको अवस्था थियो । उहाँहरुसंग बसेर बैज्ञानिक दररेट कायम गरौं भनेर पहिलो प्रिमियमको १८ प्रतिशत सम्म इन्टेसिभमा खर्च गर्ने भनेर सहमति गरेको छौं । बीमा कम्पनीका अभिकर्ता र समिति बसेर ।
लाइफको बेसिक लभलको काम हामीले सम्पन्न् गरेका छौं । र नयाँ नौ कम्पनीहरुले प्रत्येक कम्पनीले ५० शाखा खोल्न अनुमति मागि सकेको छ ।  एउटाले कारोबार पनि सुरु गरिसकेको छ । अरुपनि पाइपलाइनमा छ । यसले एक डेढ वर्षमा २ प्रतिशतलाई आठ प्रतिशतको रुपमा रिजल्ट देख्न सक्नु हुनेछ ।

नेपाल सरकारले जुन बेसिक लेभलको हेल्थ इन्स्योरेन्स संचालन गरिरहेको छ त्यो कालान्तरमा दिर्घकालीन हुदैन । त्यसलाई पनि हामीले हाम्रो इन्स्योरेन्सको दायरा भित्र ल्याउनु पर्छ ।

नन लाइफमा अहिले नै १७ कम्पनीहरु छन् । हाम्रो पाइपलाइनमा जम्मा २÷३ वटा छ । ति २÷३ वटा कम्पनीले अनुमति पाएपनि तात्वीक असर चाहि पार्दैन । नन लाइफको संख्यात्मक अवस्था पुगिसकेको छ । हामीले दायरा बढाउन भनेर साउन एक गतेवाट लागु हुने गरी हुलदंगा, आतंक, आतंकवाद लगायतलाई भनेर हामीले ५० प्रतिशत सम्म दर घटाएका छौं । दर घटाएपछि हाम्रो उदेश्य के हुन्छ भन्दा दायरा बढ्छ भन्ने छ । त्यो नन लाइफको बेसिक लेभलको काम हामीले सकि सकेका छौं । त्यस पछि हाम्रो काम निरीक्षण, सुपरिभिजन गर्न, क्लोज मनिटरीङ्ग गर्नुपर्छ । त्यसकारण विश्व बैंकको दुइ प्रोजेक्टवाट चलाइरहेका छौं । केही मेनपावार थपिरहेका छौ । र निरीक्षण टोली पठाइरहेका छौ । हाम्रो उदेश्य के हुन्छ भन्दा प्रत्येक कम्पनीको वर्षका एक पटक निरीक्षण गर्ने, भनेपछि हामीले यो काम पनि सकिसकेका छौ । अब सबै आ आफ्नो फिल्डमा खटिनु भएको छ । बेसिक काम भएको छ । यसले केहि रिजल्ट दिन्छ । यसको लागि केही समय कुर्नुपर्ने हुन्छ ।

हाम्रो समस्या भनेको जनताको बीमामा पहुँच हो । इन्स्योरेन्समा एडभोकेसी पनि पुग्दैन । अवयरनेसमा व्यापक वृद्धि गर्नुपर्ने छ । त्यो पनि रिमोट एरिया सम्म । त्यस्तो प्रोजेक्ट छ ? तपाईहरुसंग ।

 हामीले यसको लागि माइक्रो इन्स्योरेन्सलाई गाँउ गाँउ सम्म पु¥याउनको लागि १७ वटा नन लाइफ कम्पनीहरुलाई ७५ वटै जिल्लामा कार्यक्षेत्र निर्धारण गरिएको छ । त्यसमा नेपाल सरकारले बाली र पशु बीमा अन्र्तगत दिदै आएको अनुदान दिएको छ । त्यो अनुसार चलिरहेको छ ।  त्यसको साथ साथै हामीले नेपाल राष्ट्र बैंकवाट घ वर्गको लाइसेन्स प्राप्त माइक्रो फाइनन्सको प्रत्येक शाखामा हाम्रो इन्स्योरेन्स कम्पनीको डेक्स बस्ने गरेर हामीलाई युके एड अन्र्तगतको सक्षम भन्ने संस्थाले पनि सहयोग गरेको छ । त्यसमा सक्षमले ४ करोड र बीमा कम्पनीको ४ करोड गरी ८ करोडको बेसिक लेभलको फण्ड बनाएको छ । जसले चाहि लजिस्टीक प्रोडक्टको रुपमा फाइनल भएर संचालनमा गैसकेको छ । यसले माइक्रो इन्स्योरेन्सको सेक्टरमा नयाँ अध्यायको सुरुवात भएको छ । अनि अर्को कुरा रह्यो अवयरनेसको कार्यक्रम । यसको लागि हामी कसरी जाने भन्ने योजना बनाइसकेको छैनौं । म राष्ट्र बैंकमा हुदा बैंकले वितिय साक्षरताको लागि विभिन्न विद्यायलहरुमा विद्यार्थीहरुसंग कार्यक्रमहरु राखेका थियौं । हामी पनि त्यसरी नै जान सक्छौ । विभिन्न संञ्चार माध्यमहरु छन् । भर्खरै पनि तपाईहरुले बीमाको बारेमा अनलाइन संचालन गर्नु भएको छ । त्यसको लागि म बीमा समितिको तर्फवाट धन्यवाद दिन चहान्छु । यसरी हामी सबै मिल्यौं भने यो जनचेतना अभिबृद्धि गर्ने कार्यक्रम अगाडि लानुपर्छ । यो लग्यौं भने अबको २÷३ वर्षमा हामीले यसको रिजल्ट राम्रो देख्छौं जस्तो लाग्छ मलाई ।

 

बीमा बजारमा खेलाडिको संख्या बढ्दो छ र बजारमा ग्रोथ पनि छ  । तर हामीसंग दशकौं पुरानो कमजोर बीमा कानुन छ । २०७२ देखि नयाँ इन्स्योरेन्स ऐनको चर्चा चल्यो । विभिन्न चरणमा काम भए, संसद सम्म पुग्यो र हरायो । खास, कहाँ छ नयाँ इन्स्योरेन्स एक्ट ?
दशकौ होइन, यो त २०५९ भने पछि २५ वर्ष पुरानो ऐन छ । म आइसके पछि मैले अर्थ मन्त्रालयलाई पास गराएर कानुन मन्त्रालय पु¥ययौं । हिजो अस्ति मात्रै मैले कानुनमा सोधेको, उहाँहरुले फाइनल गर्नु भएको छ, त्यसको साथ साथै विश्व बैंकको जुन प्रोजेक्ट छ, त्यसमा एउटा लेजेस्टिक सपोर्ट भन्ने थियो । कम्पोनेन्ट उहाँहरुले पनि त्यो ड्राफ्टलाई हेरेर हामीलाई सुझाब दिनुभएको छ । त्यो पनि हामीले कानुनमा पठायौं । कानुनवाट निकट भविष्यमा नै अर्थ मन्त्रालय रिर्टन हुने र अर्थ मन्त्रालयले संसद पठाउने हिसाबले अघि बढिरहेको छ । त्यो यही मंसिरमा संसदमा ल्याउन पायो भने धेरै राम्रो हुन्थ्यो । नभए आउदो संसदवाट चाहि अर्को वर्ष भित्र पास गराउछु । यो पास भयो भने हामीले केही कुराहरु त्यहाँवाट पाउछौं । मुख्य कुरा के पाउछौ, भने हामीले हेल्थ इन्स्योरेन्स संचालन गर्न पाइरहेको छैनौ । नेपाल सरकारले जुन बेसिक लेभलको हेल्थ इन्स्योरेन्स संचालन गरिरहेको छ त्यो कालान्तरमा दिर्घकालीन हुदैन । त्यसलाई पनि हामीले हाम्रो इन्स्योरेन्सको दायरा भित्र ल्याउनु पर्छ । त्यसको लागि क्यासलेस किसिमको काम गर्नको लागि थर्ड पार्टि एडमिशट्रेशन हुन्छ । त्यसको लागि लाइसनिङ्गको प्रकृयामा छौ । यसले के गर्छ भन्दा सबै गाँउ गाँउमा गएर हेल्थ इन्स्योरेन्स प्रोडक्ट÷पोलीसी जारी गर्छ । र उसले इलेक्ट्रोनिक कार्ड दिन्छ । कार्डको माध्यमवाट सम्पुर्ण उपचार सुरु हुन्छ । लिस्टेड हस्पिटलमा गएर कार्ड छुवाउछ । त्यस पछि उसको उपचार सुरु हुन्छ । र थर्ड पार्टिले आफ्नो वेब साइटमा मेरो कुन, कति नम्बरको ग्राहक कुन हस्पिटलमा छ भनेर पत्ता लगाउछ । र पछि थर्ड पार्टिलाई इन्स्योरेन्स कम्पनीलाई पठाउछ । इन्स्योरेन्स कम्पनीले फेरी थर्डपार्टि हुदै पेमेन्ट हुन्छ । यस्तो किसिमको क्यासलेसले सिस्टम नयाँ ऐन आएपछि हुने छ ।

यो कुरा गरिरहदा खेरी नेपाल सरकारले स्वस्थ्या मन्त्रालयले हेल्थ इन्स्योरेन्स ऐन संसदवाट पास गराइसकेको छ र बीमाका स्टेकहोल्डरहरुले ताली बजाउने बाहेक केही पनि गर्न सकेनन । यो त अबसर खेर गएको होइन र ? 
सरकार चलाएको हेल्थ इन्स्युरेन्स होइन, हेल्थ स्किम हो । इन्स्योरेन् हुनको लागि पुर्नबीमा हुनु पर्छ । अहिले त्यसको पुर्नबीमा छैन । सरकारले गरेको काम भनेको जनचेतना अभिवृद्धि फैलाउने बेसिक लेभरको काम मात्रै हो ।  यो सरकारले गर्न पाउछ । त्यसकारण हामीले जुन त्यो ऐन थियो त्यो ऐनमा म आइसके पछि पनि हामी एक पल्ट बसेर अर्थमन्त्रालयमा छलफल गरिसकेको हो । त्यस पछि यहाँ के भयो भने त्याहाँ कुनै पनि इन्स्योरेन्सलाई चाहि अन्र्तराष्ट्रिय मान्यता प्राप्त गर्नलाई पनि हामीले सर्टिफाइ गरिदिने बीमा बोर्डले गर्दछ । र तपाईहरुको बोर्डले चाहि बीमा बोर्डको प्रतिनिधित्व हुने किसिमले गर्नुहोला भनेको त्यो सायद ऐनमा त्यो चाहिन्छ । र भोली संगसंगै हामीले हाम्रो कम्पनी मार्फत थर्ड पार्टि मार्फत चलाउन सुरु गरेउ भने विस्तारै यतै आउन सक्छ । अहिले चाहि मैले तपाई मार्फत के भन्न चहान्छु भन्दा नेपाल सरकारले चलाइरहेको हेल्थ इन्स्योरेन्स छ त्यो बीमा समितिलाई तपाईहरुले चलाउनु प¥र्यौ भनेर हामीलाई दिन खोज्यो भने हामीले न्यायपुर्ण तरीकाले चलाउन सक्दैनौ । त्यसैले सबै भन्दा पहिला मलाई ऐन दिनोस् । त्यसको एक वर्ष सम्म काम गर्न दिनोस । म बेसिक लेभरको काम गरेर एउटा बेश बनाउछु र त्यसपछि मात्रै तपाईहरुलाई ह्यानडलिङ्ग गरौंला भनेर अगाडि आउने छु ।

एजेन्सी सिस्टममा समेत समस्या छ, ढिला सुस्ती छ । यति सामान्य काम समेत बीमा समितिले किन गर्न सक्दैन ?

एजेन्सी सिस्टममा अभिकर्ता अनुमति देखी ऐन अनुसार चल्नु पर्ने हो । बीमा समितिले अब ठाँउ ठाँउमा सुरु सुरुमा चाहि अनुमति दएिर एजेन्सी उत्पादन गर्दा रहेछन । बीमा कम्पनी धेरै भैसके पछि उहाँहरुले नै तालिम र सबै काम गर्ने, त्यहाँ आइसके पछि बीमा समितिले डकुमेन्ट हेरेर अनुमति र तालिम पनि उहाँहरुले नै दिने  । त्यो किसिमले हामी अगाडि गएका छौ । अब निकट भविष्यमा त्यति बेला बै अप्लाई हुनु पर्ने तर केही कामले गर्दा त्यो हुन सकिरहेको छैन ।  हामीले आनलाइन बनाउन खोजिरहेका छौ । सबै बीमा कम्पनीले आफ्नो आफ्नो एजेन्सी उत्पादन गर्छ । र उसले अनलाइनमा फर्म भरेर यहाँ पठाइदिन्छ । हामीले यहाँ हेर्ने वितिकै तुरुन्तै हुन्छ । हामीले यहाँ डकुमेन्ट हेर्नै पदैन । उसले हरेका फाइल तयार पारेर ल्याएको  तुरुन्तै हामीले लिने किसिमले सफ्टवयेर विकास गरिरहेका छौ । तर त्यो लागु भएको छैन । अझ एक दुइ महिना भित्र लागु  गर्छौ र एजेन्सी लाइसेन्स लिने काम पनि छिटो हुन्छ ।

यदि मैले लाइसेन्सीङ्ग नै गर्ने खोजेको हो भने ५० वटा भन्दा बढिको निबेदन परिसकेको हुनथ्यो । मलाई थाहा छ, सुरुको ३÷४ महिना लाइसेन्सको लागि कति फोन आउथ्यो भनेर, म फोन अफ गरेर बस्ने अवस्थामा पुगेको थिए । त्यसकारण म त्यो पक्षमा छैन ।  मैले बीमा समितिमा आएर लाइसेन्स दिएर पछि आउने प्रमुखलाई अप्ठेरो बनाउदिन, त्यो हुन पनि दिन्न । त्यसमा म एक दमै सचेत छु । म यहाँ लाइसेन्स दिन आएको होइन ।

 

तपाइलाई लाइसेन्स बाड्नको लागि ल्याएको भनिन्छ । यो वर्ष नै तपाईले आफुलाई प्रमाणित गरेर देखाउनु पर्ने छ । चुनौती त ठुलै छ हैन त ?

म लाइसेन्स दिनको लागि मात्रै नियुक्ती भएको होइन । आइ ह्याभ मिशन भिजन एण्ड प्लान । लाइसेन्स भनेको बाध्यता थियो । म यदि २ प्रतिशत पेनिट्रेसनको हराहरीमा बस्ने कि ८÷९ प्रतिशतको कभरेज लिएर बस्ने । अनि जागिर खाएर फर्किने मसंग त्यो एउटा विकल्प थियो र अर्को त्यसलाई डबल गर्ने । मैले यि दुइ मध्ये एक विकल्प रोज्नु पथ्र्यो । यदि मलाई जागिर खानु छ भने राष्ट्र बैक छोडेर आउनुपर्ने थिएन । मलाई त्यही राम्रो थियो । त्यसकारण मैले जागिरको बाटो रोजिन । मेरो जिन्दगीमा मैले यो काम सफलता पुर्वक उर्तान सकें भने यो त मेरो लागि एउटा स्टेप मात्र हुन्छ । म यहाँ सफल भयो भने अर्को ठाउमा पनि त पाउछ । त्यसकारण मैले अप्ठेरो बाटो रोजे । मलाई बीमा समितिको संचालकले पनि धेरै सहयोग गर्नुभएको छ । अहिले भैरहेको लाइसेन्सीङ्गको लागि परेको निबेदन एक पटक हेरौ न त भनेर एकै दिन हामीले दुइ निर्णय ग¥र्यौ ।  संचालक समितिका सदस्याहरुको अध्यक्षतामा दुइ कमिटि गठन ग¥र्यौ । एउटाले भैराखेको निबेदनलाई के गर्ने र अर्कोले आगामी दिनमा नेपालको बीमाको संभाब्यता के छ ? त्यसको अध्ययन गर्न समिति गठन ग¥र्यो । पहिलो कमिटिको निर्णय अनुसार हामीले भैराखेको निर्णयलाई प्रकृयामा अघि बढायौं । र अर्कोले अब भाबी दिनमा बीमा कम्पनीले कस्तो खाले पोलीसी बनाउनु पर्छ भन्न डिटेल अध्ययन ग¥र्यौ । हामीले २१ दिने सुचना निकालेर १२ मध्ये १० कम्पनी भने अनुरुपको डकुमेन्ट पुरा गरेर प्रकृयामा आयो । र ति फाइलहरु अर्थमन्त्रालय पठायौं । अनि बाँकि दुइवटालाई निष्कृय ग¥यौं । ऐनको दफा कोड गरेर लाइसेन्स अहिले स्थगन गरेका छौ । कुनै सार्वजनिक निकायले बिना सुचना लाइसेन्स स्थगन गर्न पाउदैन । त्यति खेर लाइसेन्स स्थगन गरेको पनि थिएन । यदि मैले लाइसेन्सीङ्ग नै गर्ने खोजेको हो भने ५० वटा भन्दा बढिको निबेदन परिसकेको हुनथ्यो । मलाई थाहा छ, सुरुको ३÷४ महिना लाइसेन्सको लागि कति फोन आउथ्यो भनेर, म फोन अफ गरेर बस्ने अवस्थामा पुगेको थिए । त्यसकारण म त्यो पक्षमा छैन । म राष्ट्र बैकवाट आएको हो । मैले बीमा समितिमा आएर लाइसेन्स दिएर पछि आउने प्रमुखलाई अप्ठेरो बनाउदिन, त्यो हुन पनि दिन्न । त्यसमा म एक दमै सचेत छु । म यहाँ लाइसेन्स दिन आएको होइन । त्यो चहि १÷२ वर्ष पछि कभरेज र पेनिट्रेसनवाट थाहा पाउनु हुन्छ । यो वर्ष बीमा बजारको सेप, साइज र इम्प्याक्टमा व्यापक वृद्धि निश्चित छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....