बीमा न्युज,
भदौ १२, काठमाडौं÷ साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्जमा बीमा समुहको गिरावट देखिएको छ । तर कारोबार भने बढेको छ । सोमबार शुन्य दशमलब पाँच प्रतिशतले घट्दा बीमाको कारोबार भने १८ करोड नौ लाख ११ हजार भएको छ । बीमा समुह ४५.३८ अंकले गिरावट आउदा नौ हजार एक सय आठ दशमलब १० विन्दुमा झरेको छ ।
सोमबार विकास बैंक र उत्पादनमुलक समुह बाहेक सबैमा गिरावट आएको छ । नेप्सेमा नौं दशमलब ४१ अंकको गिरावट आउदा कारोबार भने ९० करोड नाघेको छ । शुन्य दशमलब ५८ प्रतिशत अंकले नेप्से घट्दा १६ सय १२ दशमलब ९१ विन्दुमा झरेको हो ।
सोमबार बीमा समुहको शिर्ष कारोबार गर्ने सुचिमा तीन बीमा कम्पनी पर्न सफल भएका छन् । कारोबार मुल्यको आधारमा नेपाल लाइफको पाँच करोड ८३ लाख बराबरको कारोबार भएर सुचिको तेस्रो स्थानमा रहेको छ । प्रभको पनि करिब चार करोड बराबरको कारोबार भएको छ । नेशनल लाइफको पनि एक करोड बराबरको कारोबार भएर शिर्ष सुचिमा रहेका छन् ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै दुइ सय सात पटक कारोबार भएको छ । बिहिबार धेरै कमाउने र गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेको छैन ।
सोमबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५९ कम्पनीका १५ लाख ४२ हजार दुइं सय आठ कित्ता सेयरहरु नौं हजार पाँच सय १५ वटा कारोबारबाट ९० करोड ९३ लाख ५७ हजार एक सय रुपैँयामा किनबेच भएका छन् ।