Nepal Life Insurance

बैतडीमा स्वास्थ्य बीमामा गर्नेको संख्या बढ्दै

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार ११:५६

Beema News

 

बीमा न्युज,
भदौ १३, काठमाडौं÷ स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि बैतडीमा स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढ्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा अन्र्तगत सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणहरुको सहभागिता उत्साहजनक देखिएको हो । पछिल्लो तथ्यांक अनुसार बैतडी जिल्लामा मात्रै तीन हजार २७ जनाले बीमा गरेका छन् ।
जिल्ला स्वास्थ्य बीमा कार्यक्रमका प्रबन्धक जनक साउदका अनुसार अझै बीमा गर्नेहरुको संख्या बढ्न सक्ने अनुमान छ । जिल्ला स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया शुरु भएर २०७३ फागुनबाट बीमा कार्यक्रम शुरु भएको थियो ।
पाँच जनासम्मको परिवारले दुई हजार पाँच सय तिरेमा पचास हजार सम्मको उपचार निःशुल्क गर्ने सकिने प्राबधान छ । पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि चार सय पच्चिस रुपैँयाका दरले थप शुल्क लाग्ने छ ।

जिल्लामा स्वास्थ्य बीमा गरेकामध्ये ३२७ जनाले सेवा समेत लिइसकेका छन् । स्वास्थ्य बीमाअन्तर्गत शुरुमा ५३० प्रकारका औषधि निःशुल्क रुपमा दिने व्यवस्था गरिएको भए पनि अहिले ९२८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने गरिएको साउदले बताउनुभयो । स्वास्थ्य बीमाका लागि जिल्लाभरि दर्ता सहयोगी रहेको सामाजिक सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।
बीमा गरेका घरपरिवारका सदस्यले स्वास्थ्य मन्त्रालयबाट सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार सेवा पाउने व्यवास्थ छ । रासस

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....