Nepal Life Insurance

मोटर बीमा के हो ? सम्पुर्ण जानकारी…

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार १२:३३

Beema News

बीमा  न्युज,

काठमाडौं÷पछिल्लो समय सवारी साधनको प्रयोगकर्ताहरु ह्वातै बढेको छ । तर नेपालको सडक पुर्वाधार भने व्यवस्थित छैन् । अवस्थित ट्राफिक व्यवस्था, स्तरहीन सडक, पार्किङको अभाव, सवारी साधनको असुरक्षा लगायतका कारणले सवारी साधनको प्रयोग चुनौतीपूर्ण छ । यस क्रमसँगै दुर्घटना हुने क्रम पनि बढेकाको छ । आफ्नो सम्पत्तिको सुरक्षासंगै चालक र यात्रुको यात्रा पनि सुक्षित बनाउन आवश्यक रहेको छ । त्यसैले मोटर खरिदसंगै सुरक्षाका लागि मोटर बीमा पनि गर्न जरुरी छ ।

मोटर बीमा के हो ? 

यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ ।

 

यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयाँ रहेको छ । बीमाङ्कको सिमा भित्र रही किरिया खर्च बापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रति ब्यक्ति तत्काल किरिया खर्च रकम पचास हजार रुपैयाँ तोकिएको छ । तेश्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पाँच लाख र औषधी उपचार गर्नु परेमा तीन लाखको सीमा भित्रको वास्तविक औषधोपचार खर्च कायम गर्ने व्यवास्था छ ।

मोटर बीमा निर्देशिका

२०७३ साउन १ गतेदेखि मोटरबीमा दर सम्बन्धी निर्दे्शिका २०७३ लागू भएको छ ।  बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०६६ लाई परिमार्जन गरी “मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३” लागू गरेको हो । परिमार्जित निर्देशिका अनुसार सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयाँ (रु. ५,००,०००) कायम रहेको छ । त्यहि बीमाङ्कको सिमा भित्र रही किरिया खर्च बापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रति ब्यक्ति तत्काल किरिया खर्च रकम पचास हजाररुपैयाँ ( ५०,०००।–) कायम गरेको छ । औषधी उपचार बीमाङ्कको सीमा भित्र कुरुवा खर्च प्रति दिन पाँच सय रुपैयाँ (५००) ले पैंतालिस दिन सम्मको लागि निर्धारण गरेको छ । अंगभंग तथा औषधी उपचार दुवै तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा अन्य कर्मचारीहरुको सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्क सीमा तीन लाख रुपैयाँ ( ३,००,०००।–) को अवस्था सिर्जना भएमा तत् सीमा भित्र छुट्टा छुटै रही दावी कायम हुने ब्यवस्था छ । तेश्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पांच लाख र औषधी उपचार गर्नु परेमा तीन लाख ( ३००,०००) को सीमा भित्रको वास्तविक औषधोपचार खर्च कायम गर्ने व्यवास्था गरेको छ ।

 

 

बीमालेखले रक्षावरण गर्ने जोखिम 

 

मोटर बीमालेखले मोटरमा आगलागी, चट्याङ्ग, सवारी साधन वा सोमा जडित पार्टपूर्जाको बिष्फोटन वा स्वजलन, भूकम्प, बाढी÷डुवान, पहिरो÷भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुषारो, आकस्मिक÷दुर्घटनाजन्य बाह्य कारणहरु, सवारी साधनको प्रयोगबाट भएको ह्रास (वेयर एण्ड टेयर)को परिणाम स्वरुप वा यान्त्रिक वा बिद्युतीय अवरोध, असफलता÷ टुटफुटको कारणले सवारी साधनमा भएमा, चोरी, सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभेटरमा ओसार पसार गर्दा जोखिम बराबरको दाबी भुक्तानी रकम दिन्छ ।

 

 

बीमकले भुक्तानी नगर्ने अवस्था

सवारी साधानको सम्पुर्ण क्षति वा नाशमा बीमकले जोखिम बहन गर्दैन । सवारी साधनको प्रयोगबाट भएको ह्रास (डिप्रिसियसन), यान्त्रिक वा बिद्युतीय अवरोध÷असफलता÷टुटफुट, सवारी साधन दुर्घटना नभएको अवस्थामा भएको टायर÷ट्यूबको क्षति, सवारी साधनको चोरी नभएको अवस्थामा भएको पार्टपूर्जा मात्रको चोरी, चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको कारणले भएको क्षति÷हानि–नोक्सानी भएमा दाबी रकम पाइदैन ।  हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य तथा आतंककारी÷विध्वंशकारी कार्य सम्बन्धी सम्पुष्टिहरु जारी नगरे सम्म यस्ता कार्यबाट भएको दुर्घटना, क्षति, हानि–नोक्सानी वा दायित्व बीमकले व्यहोर्ने छैन । कुनै दावी जालसाजीपूर्ण भएमा वा दावीको सिलसिलामा झुठ्ठा बयान दिई बीमितले वा निजको तर्फबाट काम गर्ने अधिकार प्राप्त कुनै व्यक्तिले यो बीमालेख अन्तर्गत कुनै अनुचित लाभ उठाउन खोजेमा वा जानी जानी बीमित– बीमित वा अन्य कुनै व्यक्तिको मिलेमतोमा कुनै क्षति÷हानि–नोक्सानीको घटना घटाएमा बीमित यो बीमालेख अन्तर्गतको सबै लाभबाट बंचित हुन्छ ।

 

शर्तहरु

बीमा गर्दा बीमितले केही सीमा तथा शर्तहरु अनिवार्य पालना गर्नुपर्दछ । चालक भन्दा फरक व्यक्तिले सवारी साधन हाँकेको अवस्थामा भएको वा घटेको दुर्घटना, हानि–नोक्सानी, क्षति प्रदानगर्ने दायिन्त्व हुनेछैन । बीमालेखले रक्षावरण गरेको सवारी साधन दुर्घटनाको परिणामस्वरुप श्रृजना भएको क्षति (कन्सिक्वेन्सियल लस) प्रति बीमकको कुनै दायित्व हुदैन् ।

नेपालमा मोटरबीमा गर्ने कम्पनीहरु

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....