बीमा न्युज,
भदौ १४, काठमाडौं÷ बुधबार नेपाल स्टक एक्सचेन्जमा बीमा समुहमा भारी गिरावट आएको छ । एक दशमलब १७ प्रतिशतले घट्दा बीमाको कारोबार भने १७ करोड ४१ लाख ९२ मात्रै हजार भएको छ । बीमा समुह १०६.२६ अंकले गिरावट आउदा नौ हजार एक दशमलब ८४ विन्दुमा झरेको छ ।
बुधबार उत्पादनमुलक र अन्य समुह बाहेक सबैमा गिरावट आएको हो । नेप्सेमा १४ दशमलब ५५ अंकको गिरावट आउदा कारोबार भने ९७ करोड नाघेको छ । शुन्य दशमलब ९० प्रतिशत अंकले नेप्से घट्दा १५ सय ९८ दशमलब ३६ विन्दुमा झरेको छ ।
बुधबार बीमा समुहको शिर्ष कारोबार गर्ने सुचिमा तीन बीमा कम्पनी पर्न सफल भएका छन् । कारोबार मुल्यको आधारमा गुराँस लाइफको प्रमोटर शेयर पाँच करोड बराबरको कारोबार भएर सुचिको दोस्रो स्थानमा रहेको छ । नेशनल लाइफको पनि साढे तीन करोड बराबरको कारोबार भएको छ । यस्तै युनाइटेडको पनि दुइ करोड बराबरको कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै तीन सय १२ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी परेको छैन भने गुमाउनेमा युनाइटेड रहेको छ । ।
बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५५ कम्पनीका १७ लाख ३० हजार एक सय ७५ कित्ता सेयरहरु नौं हजार पाँच सय दुइ वटा कारोबारबाट ९७ करोड ८३ लाख ४१ हजार पाँच सय ७९ रुपैँयामा किनबेच भएका छन् ।