बीमा न्युज,
काठमाडौं, प्राइम लाइफको २५ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार प्राइम लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो । नेप्सेले बुधबार प्राइमको २५ प्रतिशत बोनसपछिको समायोजित मूल्य दुई हजार एक सय ४७ रुपैयाँ कायम गरेको छ । बोनश शेयरको औषत आधारमा भने शेयरको मूल्य एक हजार १७३ रुपैयाँ रहेको छ ।
प्राइम लाईफले भदौ २७ गते वार्षिक साधारण सभा मार्फत २५ प्रतिशत बोनस शेयर तथा कर तिर्न ५७ लाख २८ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्देछ । त्यस्तै बोनसपछि कायम हुने पुँजीको १६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्ताव गरेको छ ।
प्राईम लाईफले गएका आर्थिक बर्षमा १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ४ करोडले बढि हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ११ करोड नाफा आर्जन गरेको थियो । ३२ रुपैयाँ प्रति शेयर आम्दानी रहकोे कम्पनीले २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस संगै कम्पनीको बीमा शुल्क संकलन पनि ११ अर्ब पुगेको छ । ४८ करोड चुक्ता पुँजी रहेको प्राइम लाइफले २५ प्रतिशत बोनस सेयरको घोषणा समेत गरिसकेको छ । त्यसै गरि कम्पीको जीवन बीमा कोषमा ४ अर्ब रुपैयाँ रहेको छ ।