एजेन्सि÷काठमाडौँ
१०.एलियान्ज से :
जर्मनको म्युनिखमा मुख्यालय रहेको यो बीमा कम्पनी सन् १९८० मा स्थापना भएको हो । ७० मुलुकबाट बीमा सेवा प्रदान गरिरहेको यो कम्पनी संग १.८ विलीयन पाउण्ड रकम रहेको छ । स्वास्थ्य र जीवन बीमाको अग्रणी कम्पनी मानिने यो कम्पनीले सन् २०१५मा मात्रै १ सय २५.२ विलीयन युरो आम्दानी गरेको थियो ।
९.जापान पोष्ट होल्डिंग कम्पनी लिमिटेड :
जापान सरकारको पुर्ण स्वामित्व रहेको यो कम्पनीले बीमा सहितका अरु विभिन्न व्यवसाय पनि गर्दै आएको छ । जापानको प्रमुख बैकिगं तथा बीमा कम्पनीको रुपमा रहेको यो कम्पनीले सन् २०१५को अप्रिल देखि डिसेम्बर सम्ममा मात्रै सम्पूर्ण कर कटाएर ३.८४ विलियन अमेरीकी डलर मुनाफा आर्जन गरेको थियो ।
८.यस्किु¥याजिओनी जेनेराली एस.पि.ए :
सन् १८३१मा स्थापना भएको यो इटालीयन बीमा कम्पनीका विश्वव्यापी रुपमा शाखाहरु रहेका छन् । यो कम्पनीलाई बीमा क्षेत्रको स्थाई खेलाडीको रुपमा समेत चिनिन्छ । ६० भन्दा धेरै मुलुकबाट सेवा प्रदान गरिरहेको यो कम्पनीले जीवन बीमालाई पहिलो प्राथमिकतमा राख्ने गरेको छ । ७७ हजार व्यक्तिलाई रोजगार प्रदान गरिरहेको यो कम्पनीका ६५ मिलियन भन्दा धेरै ग्राहक रहेका छन् । ४ सय ८० विलियन युरो रकमको मालिक रहेको यो बीमा कम्पनी विश्वका ठूला ५० कम्पनीभित्र पर्ने गर्छ ।
७.म्युनिख रे ग्रुप :
जर्मनको यो कम्पनीले एसिया र युरोपका ३० भन्दा धेरै देशमा आफुलाई विस्तार गरेको छ । सन् १८८० मा स्थापीत यस कम्पनीमा ४५ हजार भन्दा धेरै मानिस कार्यरत छन् । पुर्नबीमा देखी दुर्घटना बीमासम्म सबै प्रकारका बीमा गराउन खप्पिस यो बीमा कम्पनीले सन् २०१५मा ३.१ विलियन युरोको मुनाफा आर्जन गरेको थियो ।
६.युनाईटेड हेल्थ ग्रुप :
संयुक्त राज्य अमेरीकाको यो कम्पनीले १ सय २५ मुलुकबाट सेवा प्रदान गर्दै आईरहेको छ । ८५ मिलियन भन्दा धेरै ग्राहक रहेको यो कम्पनीले सन् २०१५ मा मात्रै १ सय ५७ मिलीयन अमेरीकी डलर रकम आर्जन गरेको थियो । विश्वको सबैभन्दा धेरै रुचाईएको कम्पनीको रुपमा परिचीत यो कम्पनी अमेरीकाको स्वास्थ्य बीमा क्षेत्रको अग्रणी कम्पनी हो ।
५.प्रुडेन्टियल पि.एल.सि :
सन् १८४८मा बेलायतमा स्थापना भएको यो कम्पनीका एसिया मात्रै २४ मिलियन ग्राहक रहेका छन् । हकंकग, भारत, इन्डोनेसिया, मलेसिया,सिगांपुर, फिलिपिन्स र भियतनाम यो कम्पनीका मुख्य व्यवसायीक क्षेत्र हुन् । २२ हजार भन्दा धेरै मानिसलाई रोजगारी प्रदान गरिरहेको यो कम्पनी संग ५ सय ८ विलियन युरो रकम पुँजीको रुपमा रहेको बताईन्छ ।
४.ब्रेकसिर ह्याथवे :
अमेरीकाको यो बहुराष्ट्रिय कम्पनी सन् १८८९मा वारेन बफेट संग जोडिएर स्थापना भएको हो । रेलवे, उडान सुरक्षा, समाचार पत्र जस्ता विभिन्न उत्पादनमा लागानि गर्ने यो कम्पनीले विद्युतिय र ग्यास क्षेत्रको बीमा गर्दै आएको छ ।
३.चाईना लाईफ इन्सायुरेन्स :
चिनको प्रमुख जीवन बीमा कम्पनीको रुपमा चिनिने यो कम्पनी सन् १९९६मा स्थापना भएको हो । न्युयोर्क स्टक एक्सचेन्ज र हकंग स्कट एक्सचेन्जमा समेत सुचिकृत यो कम्पनीले विभिन्न परियोजनाहरुमा पनि लगानि गर्नुका साथै अरु बैकिंग कारोबार पनि गर्ने गर्छ ।
२. ज्युरिच इन्स्युरेन्स ग्रुप :
सन् १८७२मा स्थापना भएको यो कम्पनी स्विजरल्याण्डको प्रमुख बीमा कम्पनी हो । १ सय ७० भन्दा धेरै मुलुकमा शाखाहरु रहेको यो कम्पनीमा ५५ हजार कर्मचारी कार्यरत छन् । यो कम्पनीले बीमा व्यवसायका अवला अरु धेरै प्रकारका आर्थिक कारोबार पनि गर्दै आएको छ । सन् २०१५ मा यो कम्पनीले ६०.५६८ विलियन अमेरिकी डलर आर्जन गरेको थियो ।
१.एक्स (ए एक्स ए) :
फ्रान्सको बहुराष्ट्रिय कम्पनीको पहिचान बनाएको यो कम्पनीले १ सय २ मिलियन भन्दा धेरै ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । १५ लाख भन्दा धेरै कामदार रहेको यो कम्पनी सन् १८१७मा स्थापना भएको हो । अफ्रीका, युरोप, एसिया लगायतका क्षेत्रमा रहेर कारोबार गर्ने यो कम्पनीले सन् २०१५मा ९९ विलियन युरो आर्जन गरेको थियो । यो कम्पनी विश्वव्यापी रुपमा नियम तथा कानुनहरुको पालना गरेर व्यवसाय विस्तार गर्नमा माहिर मानिन्छ ।