Nepal Life Insurance

एनबिको लिलामी शेयर भर्ने म्याद थप्यो

प्रकाशित मिति: १८ भाद्र २०७४, आईतवार १५:१५

Beema News

बीमा न्युज,

भदौ १८, काठमाडौ\ भदौ २२ गतेसम्म लिलामी शेयर भर्न पाउने व्यवस्था गरेको एनबि इन्सुरेन्सले म्याद थप गरेको छ । एनबिको लिलामी म्याद एक दिन थपेर भदौ २३ गतेसम्म भर्न पाउने भएको हो । आइतबार सार्वजनिक विदा परेकाले एक दिन म्याद थपिएको कम्पनीले जनाएको छ ।

भदौ १४ गते देखि एनबिले सर्वसाधारण समूहको २८ हजार पाँच सय ८० कित्ता सेयर लिलामी खुला गरेको हो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले त्यसभन्दा बढी भाउ तोकी निवेदन पाउछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमल काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । लिलामी बोलपत्र भने भदौ २५ गते मात्रै खोलिनेछ ।

एनबि इन्स्योरेन्ससंग २७ करोड रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ र बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ रहेको छ । ३० करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा ५ करोड ९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । आर्थिक बर्ष २०७३÷७४ को त्रैमास सम्ममा खुद नाफामा १ सय ३२ दशमलव ५५ प्रतिशतको बृद्धि भएको छ । कम्पनीले १० करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

अब हकप्रद र बाँकी सेयर लिलामीमा बिक्री गरिसकेपछि भने चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । एनबिको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....