Nepal Life Insurance

सगरमाथा इन्स्योरेन्समा बाढी पीडितका ३२ वटा दाबी भूक्तानी निवेदन

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार १३:५१

सागर चन्द

बीमा न्युज,
भाद्र १९, काठमाडौ ।
तराई क्षेत्रका बाढी प्रभावितहरु पून: स्थापनाको चटारोमा लागिरहँदा बीमा कम्पनीमा दाबी भूक्तानीका लागि निवेदनहरु पनि पर्न थालेका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीमा हाल सम्म साढे १४ करोड रुपैयाँ(अनुमानित) रकमको दाबी भूक्तानीका लागि निवेदन परेका छन् । विराटनगर, इटहरी, विरगंञ्ज, नेपालगंञ्ज तथा नरायणगढ लागयतका शाखा कार्यालयहरुबाट ३२ वटा दाबी भक्तानीका लागि निवेदन परेका छन् । बाढी प्रभावितहरु राहात तथा पून स्थापनामा लागेकाले यो संख्या अझै बढ्न सक्ने कम्पनीले बताएको छ ।


धेरै जसो बीमितहरुले बाढीको जोखिमको बीमा नगरेकाले पनि दाबी भूक्तानी गर्नुपर्ने रकम घट्न सक्ने बताउनुहुन्छ सगरमाथा इन्स्योरेन्सका सुवास दिक्षित । दाबी भूक्तानीका लागि परेका धेरैजसो निवेदनहरु, बैंक, बैंकबाट ऋण लिएर घर बनाएकाहरु र व्यापारि तथा उद्योगिहरुका रहेका छन् । बैंकबाट ऋण लिदाँ आगलागि र भूकम्प जस्ता जोखिमको अनिवार्य बीमा गर्नु पर्ने हुन्छ । तर बाढीको जोखिमलाई भने बीमितले बिकल्पको रुपमा छनौट गर्नु पर्ने हुन्छ ।

कम्पनीको विराटनगर शाखा म्यानेजर पुष्पराज बस्नेतका अनुसार विराटनगरमा धेरैजसो मोटर बीमा गराएका बीमितहरुले दाबी भूक्तानीका लागि निवेदन दिएका छन् । विरगंञ्जमा दाबी भूक्तानीका लागि १२ वटा निवेदन परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरि ६ वटा दाबी निवेदन परेको विरगंञ्ज शाखामा भने निर्माण व्यवसायीहरुका निवेदन धेरै रहेका छन् ।

यो पनि पढ्नुहोस :

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....