Nepal Life Insurance

राजधानीमा संञ्चालीत बीमा गरिएका आधुनिक सुविधा सहितका सवारी साधन

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार १२:४४

सागर चन्द

 अस्त व्यस्त राजधानीको यात्रा व्यवस्थित बन्दै

बीमा न्युज,
भाद्र २०, काठमाडौँ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय ठुला र आरमदायी सवारी साधनहरुको संख्या बढ्दो छ । सरकारले साना सवारी साधन विस्थापित गर्ने निर्णय गरेसंगै यातायात व्यवसायीहरुले ठूला सवारी साधन संञ्चालनमा जोड दिन थालेका हुन् । व्यवसायीहरुले उपत्यकामा लाखौँ रकम खर्च गरेर ठूला सवारी साधनहरु संञ्चालन गरिरहेका छन् । यसरी लाखौ लगानि गरेर भित्रिएका सवारी साधनमा यात्रा गर्नु कति सुरक्षित छ ? यातायत व्यवसायीले सवारी साधनको जोखिम वहन गर्नको लागि सवारी साधनको मात्रै नभई यात्रु, चालक दलको समेत बीमा गरेका हुन्छन् । बीमा गरिएका सवारी साधनहरुमा यात्रा गर्नु यात्रुको लागि सुरक्षित हुन्छ नै व्यवसायीको लागि पनि दुर्घटनाबाट आईपर्ने आर्थिक जोखीमबाट बच्ने उपयुक्त उपाय हुन सक्छ ।
पछिल्लो समय राजधानीमा आधुनिक तथा ठूला भनेर संञ्चालन भईरहेका सवारी साधनहरुको बीमा अवस्था ।

महानगर यातायात

महानगर यातायात प्रालिले २०७३ फाल्गुन ३० गतेदेखि उपत्यकामा आधुनिक सुविधा सम्पन्न बसहरु सञ्चालन गर्दै आईरहेको छ । हाल उपत्यकामा ३९ वटा महानगर यातायातका बसहरुहरु संञ्चालन भईरहेका छन् ।
एलसिडी टिभी, सिसी क्यामरा तथा जीपीएस प्रविधि सहित जडान गरिएको महानगर यातायात चक्रपथ परिक्रमा रुटमा संञ्चालन भईरहेका छन् ।
उपत्यकमा सञ्चानलनमा आएका यातायात मध्ये महानगर यातायात नै पहिलो प्रविधियुक्त बस भएको महानगर यातायात प्रा.लिका सचिव केशव नेपाल दाबी गर्नुहुन्छ । महानगर यातायातको बस कति बेला कहाँ आई पुग्छ भनेर यात्रुले मोबाइलबाट नै थाहा पाउन भन्नको लागि मोबाईल एप्लिकेसन समेत निर्माण गरीएको बताउनुभयो ।
गन्तब्यको सूचना दिन बसभित्र डिजिटल स्क्रिन र स्पिकर राखिएको छ । जसले विभिन्न स्थानको जानकारी दिने गर्छ । ३१ सिट क्षमताको महानगर यातायातमा यात्रुलाई उभिन सहज हुने गरि ह्याङ्गिङ स्ट्रयाप रखिएको छ ।

महानगर यातायाताको अर्को आर्कषक पक्ष हो यात्रु बीमा । यातायात व्यसायिले आफ्नो सवारीसाधानको बीमा गर्नु पर्ने अनिवार्य प्रावधन रहेको हुन्छ । यस संगै तेस्रो पक्ष अर्थात यात्रुको बीमा पनि गर्नु पर्ने हुन्छ । महानगर यातायातले सवारी साधनको बीमा संगै चालक, सहचालक तथा यात्रुहरुको बीमा गरेको छ । मोटरबीमा दर सम्बन्धी निर्देशिका २०७३ अनुसार नै तेस्रो पक्षको मृत्यु भएमा ५ लाख र घाइते भएमा ३ लाख सम्मको क्षतिपुर्तिको व्यवस्था महानगरले गरेको केशव नेपाल बताउनुहुन्छ । यात्रु दुर्घटना बीमा बराबर प्रति व्यक्ति ३ लाख रुपैया रहेको केशब नेपालले बताउनु भयो  । तर नीजि अस्पतालहरुले दुर्घटनाको उपचार खर्च महंगो असुल्ने गरेकोले यातायात व्यवसायीहरु मारमा पर्ने गरेको नेपालको गुनासो रहेको छ । अस्पतालहरुमा घाईते उपचारमा एकरुपता नहुदाँ घाइते भएका यात्रुको उपचार खर्च बढि हुने र बीमा कम्पनीले प्रदान गर्ने दाबी रकमले समेत नपुग्ने उहाँको अनुभव रहेको छ । शिखर इनस्योरेन्स बीमक रहेका महानगर यातायातले प्रति बस बर्षिक ९० हजार प्रिमियम तिर्दै आइरहेका छन् ।

लामो तथा छोटो दुरीकोे यात्रा गर्दा यात्रुले सावरी साधन तथा यात्रु बीमाको व्यवस्था गरिएको नगरिएको यकिन गर्नु पर्छ । यात्रा गर्दा कुनै पनि दुर्घटना भईहालेमा बीमाले तपाईलाई आर्थिक जोखिममा पर्न दिदैन् ।

सिटी मेट्रो बस

सिटी मेट्रो कम्पनीले वि.स २०७३ माघ १४ गतेदेखि उपत्यकमा यातायात सेवा सञ्चालन गरेको हो । ४० सिट क्षमताको सिटी मेट्रोले पहिलो चरणमा १३ वटा बसहरु संञ्चालन गरिरहेको छ । भारतीय अटोमोवाइल उत्पादक कम्पनी टाटाका मेट्रो सिटि गाडी सबै बस अपांगमैत्री छन् । मेट्रो बसमा यात्रुहरुलाई उभिनको लागि पर्याप्त स्थानका साथै ह्याङ्गिङ स्ट्रयाप समेत राखिएको छ ।

सिटी मेट्रो यातायात वनस्थलीबाट नारायण गोपाल चोक, बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्छ र सोही रुट हुँदै फिर्ता हुन्छ । स्टेशन बाहेक अन्यत्र सिटी मेट्रोका बसहरु नरोकिने र जिपिएस प्रणालीका माध्यमबाट बस पुगेको स्थानको जानकारी दिनको लागि बसम डिजिटल स्क्रिनको व्यवस्था रहेको छ । यसका साथै बसमा जडान गरिएको सिसिटिभी क्यामेराले यात्रु सुरक्षामा थप टेवा पुग्ने कम्पनीको विश्वास रहेको छ ।
प्रति बस ५२ लाख ५५ हजार रुपैयाँ लागत रहेको सिटी बसले पनि मोटरबीमा दर निर्देशिका २०७३ ले निर्धारण गरिए अनुरुप बीमा गरिएको सिटी मेट्रो प्रालिका अध्यक्ष हेमेन्द्र शेरचनले जनाकारी दिनुभयो ।

साझा यातायात

साझा यातायात सहकारी ऐन, २०१६ अन्तर्गत २०१८ सालमा स्थापित संस्था साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित यातायात सेवा हो । विभिन्न कारण देखाउँदै बन्द हुँदै फेरि सञ्चालनमा आउँदै गरेको साझा यातायातले अहिले आफ्नो सेवालाई निरन्तरता दिई रहेको छ । २०७० वैशाख १ गते देखि उपत्यकाका २ रुटमा नेपाल सरकारबाट रुट इजाजत प्राप्त गरी बस सेवा सञ्चालनमा ल्याएको हो । साझाले राजधानी बाहिर बुटवल–भैरहवा–सुनौली, हेटौंडा–वीरगञ्ज र पोखरा–कुस्मा–बाग्लुङ गरी तीन रुटमा १४ वटा बसहरु सञ्चालन गर्दै आएको छ । साझा यातायातको लामो दूरीको बस प्रयोग गर्ने यात्रुलाई छुटको समेत व्यवस्था गरिएको छ ।

४० सिट क्षमताको साझा यातायातका बसहरु अपांग मैत्री छन् । बसको पछिल्लो ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्छन् । त्यसका लागि म्यानुअल लिफ्टको सुविधा उपलब्ध छ । साझा यातायातले पनि मोटर बीमा निर्देशिका २०७३मा व्यवस्था गरिए अनुरुप यात्रु, चालक दल तथा मोटरको बीमा गरेको जानकारी दिएको छ ।

सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयां (रु. ५,००,०००)  रहेको छ

ओरेन्ज बस

ओरेन्ज बस २०७३ मंसिर २९ गतेदेखि काठमाडौं उपत्यकामा भित्रिएको हो । दुप्चेश्वर यातायात प्रालि अन्तर्गत संचालित ५५ सिट क्षमताका १० वटा ओरेन्ज बसले चक्रपथ परिक्रमा गर्ने गरेका छन् । १० वटा बस मध्ये एकातिर ५ र अर्को तिर ५ वटा बसहरु सञ्चालनमा छन् ।

अन्य बसमा जस्तै यसमा पनि जिपिएस प्रणलीबाट यात्रुलाई आफ्नो गन्तव्य जानकारी दिने गरिन्छ । हाल चक्रपथमा सञ्चालन भईरहेको ओरेन्ज बसलाई भविश्यमा थानकोटबाट सूर्यविनायकसम्म र नारयणस्थानबाट गोदावरीसम्म सञ्चालनमा ल्याउने योजना रहेको दुप्चेश्वर यातायात प्रालिका अध्यक्ष चित्र थापा बताउनुहुन्छ ।

उपत्यकमा गुड्ने यी सबै ठूला बसलाई यात्रुले पनि मन पराएकोले अझ थप सुविधा सहित यातायात सेवा सञ्चालन गर्ने व्यवसायीले बताएका छन् । भर्खरै सञ्चालनमा आएको सिटी मेट्रो यातायातका अध्यक्ष हेमेन्द्र शेरचनले पुराना गडी सञ्चालनमा रहेका रुटमा यात्रा गर्ने यात्रुले आफ्नो यातायात सेवालाई मनपराएको बताउनुभयो । ‘यात्रुहरुले यस्तो यातायात सेवा अझै थप्नु पर्छ भनि रहेका छन्, हामी हाम्रो सेवालाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाएर मात्र थप्नेछौं’ उहाँले भन्नुभयो ।

लामो तथा छोटो दुरीकोे यात्रा गर्दा यात्रुले सावरी साधन तथा यात्रु बीमाको व्यवस्था गरिएको नगरिएको यकिन गर्नु पर्छ । यात्रा गर्दा कुनै पनि दुर्घटना भईहालेमा बीमाले तपाईलाई आर्थिक जोखिममा पर्न दिदैन् ।

मोटर बीमा निर्देशिका

२०७३ साउन १ गतेदेखि मोटरबीमा दर सम्बन्धी निर्देशिका २०७३ लागू भएको हो । बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०६६ लाई परिमार्जन गरी मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३ लागू गरेको हो । परिमार्जित निर्देशिका अनुसार सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयां (रु. ५,००,०००) कायम रहेको छ । त्यहि बीमाङ्कको सिमा भित्र रही किरिया खर्च बापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रति ब्यक्ति तत्काल किरिया खर्च रकम पचास हजार रुपैयां ( ५०,०००।–) कायम गरेको छ । औषधी उपचार बीमाङ्कको सीमा भित्र कुरुवा खर्च प्रति दिन पाँच सय रुपैयां (५००) ले पैंतालिस दिन सम्मको लागि निर्धारण गरेको छ । अंगभंग तथा औषधी उपचार दुवै तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा अन्य कर्मचारीहरुको सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्क सीमा तीन लाख रुपैयां (३००,०००।–) को व्यवस्था रहेको छ । तेश्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पांच लाख र औषधी उपचार गर्नु परेमा तीन लाख ( ३००,०००) को सीमा भित्रको वास्तविक औषधोपचार खर्च कायम गर्ने व्यवास्था गरेको छ ।

यो पनि पढ्नुहोस

मोटर बीमा के हो ? सम्पुर्ण जानकारी…

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....