बीमा न्युज,
भाद्र, २०, काठमाडौं÷ नेको इन्स्योरेन्सले अशोज १० गते २२ औं साधारण सभा आयोजना गर्ने भएको छ । साधारण सभाले १० प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । २०७४ भदौ १९ गते बसेको ३३५ औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद शेयर दिने विशेष प्रस्ताव प्रस्तुत गर्ने भएको हो । कम्पनीले सात करोड १२ लाख ८९ हजार ५९९ रुपैयाँ बराबरको बोनसपछि कायम हुने चुक्ता पुँजीबाट दुईको एक अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गर्न लागेको हो । कम्पनीको बोनस र हकप्रद प्रयोग गरेर चुक्ता पुँजी बढाउने लक्ष्य छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा नेकोको चुक्ता पुँजी ७१ करोड २८ लाख ९५ हजार रुपैयाँ छ । यसको बिमा कोषमा २८ करोड ५१ लाख ३७ हजार रुपैयाँ छ । नेकोको खुद नाफा चौथो त्रैमासमा २१ करोड ८७ हजार रुपैयाँ पुगेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ११ पैसा छ ।