Nepal Life Insurance

चैते धानको बीमा गर्ने योजना छ ? यसरी गर्नुहोस

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार १२:२०

सागर चन्द

 ७५ प्रतिशत बीमाकं रकम सरकारकाले व्योहोर्छ ।

बीमा न्युज,
भाद्र २१, काठमाडौँ ।

सरकारले कृषकहरुको लगानी सुरक्षित गर्नको लागि विभिन्न प्रकारका कृषि बीमा योजना सार्वजनीक गरेको छ । कृषि बीमा अन्र्तगत विभिन्न प्रकारका कृषि उत्पादनहरुको बीमा गर्न सकिन्छ । समान्यतया नेपालमा असार देखि साउनको महिनमा धान रोप्ने गरिन्छ तर नेपालका कतिपय जिल्लामा चैतमा एक पटक तथा असार, साउनमा दोस्रो पटक समेत धान रोप्ने गरिन्छ । यसरी चैतमा धान रोप्ने किसानको लागि सरकारले चैते धान बाली बीमा योजना ल्याएको हो । धान बालीको बीमा गर्दा कृषकको लागानी सुरक्षित हुनुका साथै कृषि पेसामा सर्वसाधारणलाई आर्कषित गर्न सरकारले चैते धान बालीको बीमा गर्न पाउने व्यवस्था गरेको हो ।

चैते धानबाली बीमा गरेका किसानहरुले बालीमा कुनै पनि प्रकारको हानी नोक्सानी भएमा बीमा कम्पनीबाट त्यसको क्षतिपुर्ति प्राप्त गर्छन् । यो बीमा योजाना अन्र्तगत बीमा अवधि भित्र धान बालीमा क्षति भएमा किसानलाई उत्पादन मूल्यको आधारमा क्षतिपूर्ति प्रदान गरिन्छ । किसानलाई चैते धान बाली तर्फ आर्कषित गर्दै मूलुकलाई धान उत्पादनमा आत्म निर्भर बनाउने उदेश्यले सरकारले चैते धान बाली (सामूहिक) बीमा कार्यक्रम संञ्चालन गर्नु परेको बताएको छ ।

कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२/७३ मा २५ अर्ब रुपैयाँको चामल आयात भएको थियो । अन्य समयमा रोपिने धान भन्दा चैते धान बालीको उत्पादन २० देखी २५ प्रतिशतले धेरै हुने भएकाले पनि सरकारले चैते धान बाली बीमालाई प्राथमिकतामा राखेको छ । मन्त्रालयको तथ्याकं अनुसार आर्थिक बर्ष २०७३/७४ मा ५५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । जुन अहिले सम्मकै अधिक धान उत्पादन हो । सरकारले चैते धान बाली संगै अन्य धान बालीको पनि बीमा गर्न सकिने व्यवस्था गरेकाले  किसानहरु धानबालीमा धेरै लगानी गर्न थालेका कृषि विकास मन्त्रालयको ठम्याई रहेको छ ।

२०६९ माघ १ गते देखि कृषि बिमा कार्यक्रमको सुरुवात गर्दा ५० प्रतिशत बीमांक रकम अनुदान दिदै आएको कृषि विकास मन्त्रालयले  पछिल्ला बर्षमा भने ७५ प्रतिशत अनुदान प्रदान गर्दै आएको छ । 

चैते धान बीमालेख एकल बीमालेख हो । अन्य बाली बीमा भन्दा यो फरक पनि छ ।  यो बीमा योजना अन्र्तगत प्रत्येक जिल्लाको लागि एउटा बीमालेख जारि गरिन्छ । जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको बिवरण (कृषकको नाम, ठेगाना, धान लगाइएको क्षेत्रफल, कित्ता नं.) को आधारमा सामूहिक चैते धान बाली बीमालेख जारी गरिन्छ । चैते धान बालीको बीमा गरिएको बीमालेख सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा हुन्छ र यसको संयोजनको काम पनि कृषि विकास कार्यालयले नै गर्दै आएको छ । सरकारले कृषि बिमा अन्र्तगत बालीहरुको बीमा गर्दा बीमाकं रकमको ७५ प्रतिशत सम्म अनुदान स्वरुप प्रदान गर्दै आएको छ भने बाँकि २५ प्रतिशत प्रिमियम कृषकले तिरेपछि बाली बीमा गर्न सकिन्छ । २०६९ माघ १ गते देखि कृषि बिमा कार्यक्रमको सुरुवात गर्दा ५० प्रतिशत बीमांक रकम अनुदान दिदै आएको कृषि विकास मन्त्रालयले  पछिल्ला बर्षमा भने ७५ प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरू :

बीमा गरीएको बालीमा आगलागी, चट्याङ, भूकम्प, बाढी/डुबान/खडेरी,पहिरो/भू–स्खलन, आँधीबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु र किरा तथा रोगबाट धान हानि–नोक्सानी भएमा कृषकले क्षति भएको बाली बराबरको क्षतिपूर्ति प्राप्त गर्छन ।

यसका साथै बाली कटान गरेको ७ दिन भित्र आँधीबेहरी, असिना, बाढी, डुवान, पहिरो, पानीको कारणबाट खेत/खरियानमा रहेको अवस्थामा बालीमा क्षति भएमा समेत किसानले क्षतिपूर्ति प्राप्त गर्न सक्ने व्यवस्था सरकारले गरेको छ । तर यस्तो क्षतिपूर्ति प्राप्त गर्नको लागि संम्बन्धि जिल्ला कृषि विकास कार्यालयले तोकेको अवधिमा बाली कटान गरेको हुनु पर्छ ।

दाबी भुक्तानी नहुने अवस्था

बीमा कम्पनीले कृषकलाई सबै अवस्थमा क्षतिपूर्ति भुक्तान गर्दैन । बाली धनी वा उसको परिवारको सदस्यको लापरवाहीका कारणले बालीमा क्षति भएमा, कानुनी निकायको आदेशमा बीमा गरिएको बाली नष्ट गर्नु पर्ने अवस्था आएमा, बाली चोरी भएमा, बीमालेखमा झुट्टा विवरण उल्लेख गरेमा, जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा विवरण उल्लेख गरेमा, बीउको कारणबाट क्षति भएमा र नेपाल सरकारबाट सिफारिस वा उन्मोचन नगरिएका चैते धानका जातको बीउ प्रयोग गरेमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्दैनन् । हाल सरकारले ५६ प्रजातीका धान रोप्नको लागि सिफारिस गरेको छ ।

कृषकले पालना गर्नुपर्ने शर्तहरु

बीमा विश्वासको आधारमा गरिने सम्झौता हो । त्यसैले बीमा गर्दा बीमालेखमा उल्लेख गरिएका सर्तहरु पालना गर्नु पर्छ । सर्तहरु पालना नगरेको खण्डमा कम्पनीले क्षतिपूर्ति प्रदान नगर्न पनि सक्छ ।

  • कृषकले बाली लगाउँदा राष्ट्रिय बीउ बीजन समितिबाट दर्ता भई नेपाल सरकारबाट क्षेत्रगत सिफारिस गरिएको प्रजातीको बीउ मात्रै लगाउनु पर्छ ।
  • बाली लगाउँदा जमिन र खेतीको उचित तयारी गरिएको हुनुपर्नेछ । बाली लगाईएको स्थानमा सिंचाईको सुविधा उपलब्ध भएको हुनुपर्नेछ ।
  • बाली उत्पादन न्यूनतम आधा हेक्टर (१÷२) हेक्टर (१० रोपनी वा १५ कठ्ठा) हुनुपर्नेछ ।
  • बालीमा कुनै पनि प्रकारका रोग÷किरा÷झारपात वा सबै लागेमा कृषकले तत्काल आफ्नै खर्चमा उचित रेखदेख तथा व्यवस्थापन गर्नु पर्छ ।
  • बालीमा कुनै पनि प्रकारको हानी नोक्सानी भएमा, नोक्सानी भएको २ दिन भित्र लिखित वा संचार माध्यमबाट बीमक (बीमा कम्पनी)तथा जिल्ला कृषि कार्यालय÷कृषि सेवा केन्द्र÷कृषि सम्पर्क केन्द्रलाई अनिवार्य रुपमा जानकारी दिनुपर्छ ।
  •  सम्बन्धित जिल्लाले तोकिएदिए अनुसारको समयअवधी भित्र कृषकले धान रोप्ने तथा काट्ने गर्नु पर्छ । कृषकले तोकिएको सयममा बाली नकाट्दा भएको हानी,नोक्सानीको क्षतिपूर्ति बीमा कम्पनीले प्रदान गर्दैनन् ।

क्षतिको दाबी कसरी गर्ने  ?

चैते धान बाली बीमा योजनाले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बालीमा हानी, नोक्सानी भएको १५ दिनभित्र सक्कल बीमालेख (आंशिक क्षतिको अवस्थामा बीमालेखको फोटोकपी), पूर्ण रूपले भरिएको दाबी फाराम (प्रत्येक ब्यक्तिको छुट्टाछुट्टै दाबी फारम), कृषि प्राविधिकको प्रतिवेदन, जिल्ला कृषि विकास कार्यालयको सिफारीस पत्र, क्षति भएको बालीको फोटो सहितको कागजपत्रहरु बीमक समक्ष पेश गर्नुपर्दछ ।

कृषकहरुलाई कृषि पेसामा लागनी बृद्धि गर्न तथा कृषि उत्पादनमा बृद्धि गर्ने उदेश्य साथ भारतमा प्रधानमन्त्री फसल योजना बीमा कार्यक्रम लागु गरिएको छ । आर्थिक बर्ष २०७२÷७३ देखी तराईका विभिन्न १४ जिल्लोमा वृहत्तर धान उत्पादन कार्यक्रम संञ्चालन गरिएको छ । यसका साथै गत आर्थिक बर्ष देखी नेपालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि संञ्चालनमा ल्याईएको छ । नेपालको कुल खेति योग्य जमिन मध्ये ५०.२ प्रतिशत अर्थात १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिने सरकारी तथ्यांकले देखाएको छ ।

पढ्न छुटाउनु भयो की ?

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....