Nepal Life Insurance

गुराँस लाइफ हकप्रद शेयर जारी गर्न माग गर्दै धितोपत्र बोर्डमा

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार १३:३५

Beema News

बीमा न्युज,
काठमाडौं÷गुराँस लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्ड संग अनुमतिको मागेको छ ।  बीमा समितिको निर्देशन अनुसार  जीवन बीमा कम्पनीहरुले २ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने भएपछि कम्पनीले समितिले तोकेको चुक्ता पूँजी पुर्याउन हकप्रद शेयरको बाटो रोजेको छ । बीमा समितिको निर्देशन अनुसार  जीवन बीमा कम्पनीहरुले २०७५ असार सम्ममा २ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने  छ।

गुराँस लाइफले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको २९ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । हाल इन्स्योरेन्स कम्पनीको ५९ करोड ४० लाख रुपैयाँ  चुक्ता पूँजी रहेको छ । ५० प्रतिशत हकप्रद  शेयर जारि गरेपछि कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ ।  गत आर्थिक बर्षमा ३ १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ २६ पैसा रहेको छ ।
कम्पनीले हकप्रद शेयर जारी गर्न लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथौं त्रैमासिकको अन्त्य सम्ममा ५९ करोड ४० लाख रुपैयाँ  चुक्ता पूँजी रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्य सम्ममा ५५ करोड रुपैयाँ  चुक्ता पूँजी रहेको थियो । कम्पनीसंग जीवन बीमा कोषमा ३० करोड ५० लाख रहेको छ भने महा विपत्ती जगेडा कोषमा दुई करोड १९ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १७ करोड १२ लाख बराबरको पुजिँ रहेको छ ।

अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासिकको अन्त्यसम्ममा २ करोड ६६ लाख ३७ हजार ५ सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासिकको अन्त्य सम्ममा ३ करोड १० लाख ५० हजार ७ सय ६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीको आर्थिक विवरणले देखाएको छ । यसका साथै कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासिको अन्त्य सम्ममा १२ लाख ८ हजार ८ सय ७१ रुपैयाँ बीमा शुल्क(प्रिमियम) संकलन गरेको छ । सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख २५ हजार ८ सय ६९ रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....