Nepal Life Insurance

नेको इन्स्योरेन्सको भदौ २९ गते देखि बुक क्लोज हुने

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार १३:३४

Beema News

 

बीमा न्युज,

भाद्र २१, काठमाडौँ । नेको इन्स्योरेन्सले असोज १० गते आयोजना हुने २२ औं साधारण सभाका लागि शेयरधनी पुस्तिका (बुक क्लोज) गर्ने भएको छ । २०७४ भदौ २९ गते देखि २०७४ असोज १० सम्मको लागि बुक क्लोज हुने नेप्सेले जनाएको हो । साधारण सभामा १० प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद शेयर दिने विशेष प्रस्ताव प्रस्तुत गर्ने भएको हो । कम्पनीले सात करोड १२ लाख ८९ हजार ५९९ रुपैयाँ बराबरको बोनसपछि कायम हुने चुक्ता पुँजीबाट दुईको एक अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गर्न लागेको हो । कम्पनीको बोनस र हकप्रद प्रयोग गरेर चुक्ता पुँजी बढाउने लक्ष्य छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा नेकोको चुक्ता पुँजी ७१ करोड २८ लाख ९५ हजार रुपैयाँ छ । यसको बिमा कोषमा २८ करोड ५१ लाख ३७ हजार रुपैयाँ छ । नेकोको खुद नाफा चौथो त्रैमासमा २१ करोड ८७ हजार रुपैयाँ पुगेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ११ पैसा छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....