बीमा न्युज,
भदौ २१, काठमाडौं÷ यस साता आइतबार र मंगलबार सार्वजनिक बिदाका कारण बन्द भएको नेप्से बुधबार सकारात्मक परिवर्तन भएर बन्द भएको छ । केहि दिन देखि गिरावट आएको नेप्से बजार आज बुधबार भने सुचिकृत आठ समुह मध्ये उत्पादन तथा प्रशोधन बाहेक सबै समुह सकारात्मक देखिएको हो ।
बुधबार नेप्सेमा बीमा समुहमा भने सबै भन्दा धेरै अंकले परिवर्तन भएको छ। बुधबार बीमा समुह ५५ दशमलब २५ अंकले बढ्दा आठ हजार सात सय ७३ दशमलब २६ विन्दुमा पुगेको छ । शुन्य दशमलब ६३ प्रतिशतले परिवर्तन आउदा बीमा समुहको कारोबार १४ करोड ५६ लाख दुई हजार भएको छ ।
बुधबार नेप्सेमा ११ दशमलब ९४ अंकले बढ्दा ८३ करोड बराबरको कारोबार भएको छ । शुन्य दशमलब ७७ प्रतिशत अंकले परिवर्तन आउदाँ १५ सय ६६ दशमलब ५० विन्दुमा रोकिएको छ ।
बुधबार बीमा समुहको शिर्ष कारोबार गर्नेमा गुराँस लाइफ प्रमोटर शेयर र नेपाल लाइफ धेरै कारोबार गर्ने सुचिमा रहेको छ । गुराँस लाइफ प्रमोटर शेयरको पाँच करोड २५ लाखको कारोबार गर्न सफल भएको छ भने नेपाल लाइफको तीन करोड ३६ लाख कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै तीन सय पाँच पटक कारोबार भएको छ । बुधबार धेरै कमाउने र धेरै गुमाउनेमा कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।
बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६४ कम्पनीका १६ लाख ४३ हजार दुई सय ५९ कित्ता सेयरहरु आठ हजार पाँच सय ४५ वटा कारोबारबाट ८३ करोड ४३ लाख चार सय ६६ रुपैँयामा किनबेच भएका छन् ।