Nepal Life Insurance

बाढीका कारण झन्डै दुई अर्बको क्षति, अझै बढ्न सक्ने अनुमान

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार १३:३३

Beema News

बीमा न्युज,
भदौ २२, काठमाडौ÷बाढी पहिरोका कारण झन्डै २ अर्बको क्षति भएको छ । निर्जिवन बिमा कम्पनीले बिमा समितिलाई बुझाएको तथ्यांकबाट उत्त रकम बराबरको क्षति भएको देखिएको हो ।


प्रभु इन्सुरेन्स र राष्ट्रिय बिमा कम्पनी बाहेकका निर्जीवन बिमा कम्पनीमा पाँच सय ६० दाबीवाट एक अर्ब ८१ करोड ९ लाख ६९ हजार ८१५ रुपैयाँ बराबरको दाबी परेको छ । यसमध्ये एक अर्ब ७५ करोड ३९ लाख ३ हजार २१५ रुपैयाँ बराबरको ४६० वटा दाबी अग्नि, मोटर, इन्जिनियरिङ र सामुद्रिक बिमा अन्तर्गत परेको छ । बाली तथा पशुपंक्षी बिमा अन्तर्गत भने ७० वटा दाबीवाट पाँच करोड ७० लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको दाबी परेको छ ।

बिमा समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै अग्नि बिमामा दाबी परेको छ । यसमा एक अर्ब २८ करोड १८ लाख ४२ हजार ४८० रुपैयाँ बराबरको २५४ वटा दाबी परेको छ । यस्तै निर्माणाधीन आयोजनामा ३६ करोड ४७ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी परेको छ । निर्माण सम्पन्न भइसकेका आयोजनामा पनि ३५ वटा दाबीवाट आठ करोड ६२ लाख ६८ हजार २५० रुपैयाँ बराबरको दाबी परेको छ । बास्तविक विवरण आउन समय लाग्ने भएकोले अझै धेरै क्षति भएको हुनसक्ने बीमा समितिको अनुमान छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....