Nepal Life Insurance

चुनौतीमाझ मौलाउन सक्छन् नयाँ जीवन बीमा कम्पनी

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार १४:३२

सागर चन्द

बीमा न्युज,

भाद्र २४, काठमाडौ ।
बीमा समिति
बीमा समितिले थप १० वटा नयाँ जीवन बीमा कम्पनीलाई कारोबार संञ्चालनको अनुमति प्रदान गरेसंगै बीमा क्षेत्र तरंगित भएको थियो । संञ्चालनमा रहेका ९ वटा जीवन बीमा कम्पनीहरुले पनि उल्लेखनिय रुपमा व्यवसाय बिस्तार गर्न नसकिरहेको समयमा समितिको यो निर्णयलाई धेरैले शंसयको रुपमा लिएका थिए । थप १० वटा जीवन बीमा कम्पनी मध्ये ९ वटाले कारोबार अनुमति प्रत्र समेत प्राप्त गरिसकेका छन् । गत आर्थिक बर्षमा ३८ खर्बको कारोबार भएको जीवन बीमा क्षेत्रमा नयाँ कम्पनीहरु थपिदा चुनौति र संभावना दुवै बराबर रहेको बताउनुहुन्छ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाँई । शुक्रबार राजधानीमा आयोजित जीवन बीमा बजार र अबका चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाँईले नयाँ कम्पनी संञ्चालन भएपछि जीवन बीमाको पहुँच धेरै जनसंख्यामा पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

अन्र्तक्रिया कार्यक्रममा बीमा समितिका बीमा विज्ञ भोजराज शर्माले नेपाली बीमा बजार र यसका चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै सन् १९९०को दशकमा आर्थिक उदारिकरणको सुरुवात भएसंगै नेपालमा जीवन बीमा व्यवसाय मौलाएको स्मरण गर्दै नयाँ कम्पनीको आगमनले समितिलाई पनि नियमन गर्न थप चुनौति आईलागेको धारणा व्यक्त गर्नुभयो । डिएफआईडि र वल्र्ड बैंक संग सहकार्य गरेर समितिले क्षमता अभिवृद्धिको कार्य गरिरहेको बताउँदै शर्माले नयाँ जीवन बीमा कम्पनीको लागि पर्याप्त मात्रामा दक्ष जनशक्तिको अभाव भएको हुँदा त्यसको परिपुर्ति गर्न बीमा कम्पनी र समितिले बीमा तालिम केन्द्र संञ्चालनको लागि पनि सहकार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
यस संगै बीमा क्षेत्रमा देखिएको प्रविधिको अभावले बीमा कम्पनीका सफ्टवेरहरु सुरक्षित नभएको बताउँदै प्रस्तावित जीवन बीमा बीमक संघका अध्यक्ष तथा सूर्य लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारि अधिकृत शिवनाथ पाण्डेले सुरक्षित तथा आधुनिक प्रविधीको प्रयोगमा बीमा कम्पनीहरु तदारुकताका साथ लाग्नु पर्ने विषयमा जोड दिनु भयो । यसका साथै बीमा कम्पनीहरुले लगानी गर्नको लागि बैंकमा मात्रै निर्भर रहँदा त्यो खतरापूर्ण हुनेतर्फ उहाँले संकेत गर्नु भयो । सरकारी कर्मचारीहरुको बीमा अनिवार्य गर्दै राज्यले बीमा बजार विस्तारमा सहयोग गर्न सक्ने विकल्प प्रस्तुत गर्दै पाण्डेले सम्पूर्ण बीमा कम्पनीलाई व्यवसायीक मयार्दा भित्र रहेर कार्य गर्न सुझाव प्रदान गर्नुभयो ।
कार्यक्रममा जोखिम तथा बीमा विज्ञ उदयराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै नयाँ बीमा कम्पनीको उदयले बजार विस्तार हुने हुँदा कम्पनीका लागि लगानीका नयाँ अवसरहरु खोजिनु पर्ने धारणा व्यत्त गर्नुभयो । एलआईसि नेपालका प्रमुख कार्यकारि अधिकृत अविजित घोषले नयाँ जीवन बीमा कम्पनीलाई स्वागत गर्दै बीमा कम्पनीले  दिर्घकालिन लगानीका अवसरहरु सिर्जना गर्नतर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रमको अन्तमा समितिका अध्यक्षले बीमा कम्पनीलाई बैंकासुरेन्समा जोड दिन आग्रह समेत गर्नुभयो । छलफलमा उठेको प्रश्नको जवाफ दिदैँ अध्यक्षले भविष्यमा बीमा कम्पनी अक्युजेसन वा मर्जरको बाटोमा जानु नपरोस भन्नेका लागि समिति र बीमा कम्पनी दुवै सचेत रहनुपर्ने बताउनुभयो ।
बीमा समिति र आईबिएन मिडीया एण्ड रिसर्च सेण्टरको संयुत्त प्रयासमा आयोजित कार्यक्रममा विभिन्न जीवन बीमा कम्पनीका प्रमुख कार्यकारि अधिकृत, संञ्चालक समिति प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....