Nepal Life Insurance

आक्रामक बन्दै भारतीय बीमा उद्योग

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार १०:४७

सागर चन्द

विश्व बीमा बजारको २ प्रतिशत हिस्सा ओगट्ने-

 

बीमा न्युज
भाद्र २५, काठमाडौँ ।

भारतीय बीमा बजार सन् २०२० सम्ममा ३ सय ५० विलियन अमेरिकी डलर सम्म पुग्ने अनुमान गरिएको छ । एशोसियसन अफ च्याम्बर अफ कर्मश इन्डियाले गरेको एक अध्ययन अनुसार सन् २०२० सम्ममा भारतीय बीमा कम्पनीको बजार ३ सय ५० देखि ४ सय विलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो । भारतमा हाल संञ्चालनमा रहेका ५३ वटा कम्पनीहरु मध्ये २४ वटा कम्पनीले जीवन बीमा व्यवसाय गर्छन भने बाँकी २९ वटा कम्पनीले नीर्जीवन बीमा व्यवसाय गर्छन् । सन् २०१५को अप्रिल देखि मार्च २०१६ को अवधिमा भारतिय जीवन बीमा कम्पनीले मात्रै २०.५४ अर्ब अमेरिकी डलरको नयाँ प्रिमियम संकलन गरेका थिए् । जुन अघिल्लो बर्षको तुलनामा २२.५ प्रतिशतको बृद्धिदर हो । त्यसैगरि निर्जीवन बीमा कम्पनीले सोही अवधिमा आफ्नो प्रिमियम संकलनमा १२ प्रतिशतको बृद्धिदर हासिल गरेका थिए् ।
त्यसो त भारतीय जीवन बीमा क्षेत्रलाई संसारकै ठूलो बीमा क्षेत्र मध्ये एक मानिन्छ । जहाँ ३ सय ६० मिलियन पोलिसी हाल सम्म बिक्री गरिएका छन् ।

आउँदा ५ बर्षमा भारतिय बीमा क्षेत्रले आफ्नो आकार ४ गुणाले बृद्धि गर्ने लक्ष्य लिएको छ । प्रतिबर्ष ११.४४ अर्ब अमेरिकी डलर नयाँ प्रिमिय संकलन हुने भारतीय बीमा बजारको औसत बृद्धिदर १७ प्रतिशत रहेको छ । विश्व बीमा बजारको १.५ प्रतिशत प्रिमियम हिस्सा ओगट्दै आएको भारतिय बीमा बजारले आगामी केही बर्षमा विश्व बीमा बजारको २ प्रतिशत सम्म हिस्सा ओगट्ने छ ।

भारत सरकारले पनि बीमा बजारलाई आक्रामक रुपमा विस्तार गर्नको लागि प्रधानमन्त्री बीमा योजना सार्वजनीक गरेको छ । जसअन्र्तगत आगामी २ बर्षमा बीमालेख बिक्रिको संख्यामा ५० प्रतिशतले बृद्धि गर्ने लक्ष्य राखिएको छ भने यो योजनाको लागि भारत सरकारले १.३५ विलियन अमेरिकी डलर समेत विनीयोजन गरिसकेको छ । यससंगै भारत सरकारले सार्वजनीक गरेको अटल अमृत स्वास्थ्य बीमा कार्यक्रम पनि संञ्चालनमा ल्याईएको छ । भारतीय बीमा विनिमायक और विकास प्राधिकरण(आईआरडिए)ले पनि बीमा कानुहरु संसोधन गर्ने देखि बीमा कम्पनीलाई आईपिओ सार्वजनीक गर्ने जस्ता कानुनि सहजता अपनाउने भएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....