बीमा न्युज,
भदौ २७, काठमाडौं÷ प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभाले १५ बुँदे प्रस्ताव पारित गरेको छ । मंगलबार अग्रवाल भवनमा आयोजना गरिएको साधारण सभाले सामान्य र विषेश प्रस्ताव गरि १५ बुँदे प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०६९÷७० देखि साधारण सभा गर्न नसकेको प्राईमले त्यस यताका चार बर्षको सातौँ, आठौँ, नवौँ र दशौँ बार्षिक साधारण सभा गरेको हो । साधारण सभाले चार वर्षको संचित मुनाफावाट चुक्ता पुजिँको २५ प्रतिशत अर्थात १२ करोड २० लाख ४० हजार बोनस शेयर जारी गर्ने निर्णय गरेको छ । यस्तै बोनस शेयरको कर प्रयोजनार्थ ५७ लाख २८ हजार नौं सय ८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निणर्य गरेको छ ।
प्राइम लाइफको पुजिँ बृद्धिको लागि बोनसपछि कायम हुने पुँजीको १६० प्रतिशत अर्थात एकको एक शेयर बराबर एक दशमलब ६० का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभावाट पारित भएको छ । कम्पनीले हाल कायम रहेको पुजिँलाई बृद्धि गरि दुई अर्व ५० करोड रुपैयाँ पु¥याउने निर्णय गरेको छ ।
प्राईम लाईफले आर्थिक बर्ष २०७१÷७२ मा छ करोड ६३ लाख ४२ हजार पाँच सय ९२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ५० प्रतिशतले कम हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीले १२ करोड एक लाख ४३ हजार आठ सय ३३ रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले २५ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार कम्पनीको शेयर मूल्य समायोजन भएको हो । नेप्सेले बुधबार प्राइमको २५ प्रतिशत बोनसपछिको समायोजित मूल्य दुई हजार एक सय ४७ रुपैयाँ कायम गरेको छ । बोनश शेयरको औसत आधारमा भने कम्पनीको शेयरको मूल्य एक हजार १७३ रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक बर्षमा कम्पनीले ११ करोड नाफा आर्जन गरेको थियो । ३२ रुपैयाँ प्रति शेयर आम्दानी रहको कम्पनीले दुई अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस संगै कम्पनीको बीमा शुल्क संकलन पनि ११ अर्ब पुगेको छ । ४८ करोड चुक्ता पुँजी रहेको प्राइम लाइफले २५ प्रतिशत बोनस शेयरको घोषणा समेत गरिसकेको छ । त्यसै गरि कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब रुपैयाँ रहेको छ ।