बीमा न्युज,
भदौ २७, काठमाडौं÷ मंगलबार नेप्सेमा फेरी गिरावट आएको छ । सोमबार सामान्य सुधार आएको नेप्से मंगलबार फेरी २१ दशमलब ०६ अंकले घटेको छ । प्रशोधन तथा उत्पादन र अन्य समुह बाहेक सबैमा आज गिरावट देखिएको हो ।
मंगलबार नेप्सेमा बीमा समुहमा सबै भन्दा धेरै १८५ दुशमलब ०१ अंकले घटेर आठ हजार दुई सय ५७ दशमलब ८४ विन्दुमा रोकिएको छ । दुई दशमलब १९ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहको कारोबार भने १५ करोड ५३ लाख ४५ हजार मात्रै भएको छ ।
मंगलबार नेप्से एक दशमलब ३८ प्रतिशत अंकले परिवर्तन भएर १५ सय दुई दशमलब २० विन्दुमा झरेको छ । २१ दशमलब ०६ अंकले घटेको नेप्सेमा ५७ करोड बराबरको मात्रै कारोबार भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा तीन कम्पनी पर्न सफल भएका छन् । तीन करोड ५२ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको पहिलो स्थान रहेको छ । भने नेको र प्रिमियरको पनि एक करोड बराबरको कारोबार भएर सुचिमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै तीन सय २६ पटक कारोबार भएको छ । त्यस्तै मंगलबार धेरै कमाउनेमा एभरेष्ट इनस्योरेन्स र धेरै गुमाउनेमा प्राइम लाइफ र प्रिमियर इन्स्योरेन्स रहेका छन् ।
मंगलबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५३ कम्पनीका १० लाख ७० हजार सात सय ४७ कित्ता शेयरहरु छ हजार चार सय ५८ वटा कारोबारबाट ५६ करोड ९८ लाख ४३ हजार एक सय ३० रुपैँयामा किनबेच भएका छन् ।