Nepal Life Insurance

बीमा समितिको निर्देशन पालना गर्दे युनाईटेड इन्स्यारेन्स

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार १७:१४

Beema News

“पुर्नबीमा रकम भुक्तानी हुन ढिला भएको मात्रै हो । भुक्तानी नै हुँदैन भन्ने हैन” : युनाईटेड इन्स्योरेन्स

 

बीमा न्युज,
भदौ २७, काठमाडौं÷ युनाईटेड इन्स्यारेन्सले बीमा समितिको निर्देशन अनुसार वित्तिय विवरण परिमार्जन गर्ने जनाएको छ । कम्पनीले पुर्नबीमा बापत पाउने रकम नपाए पछि समितिले आर्थिक वर्ष २०७२÷७३ को विवरण परिमार्जन गरि ल्याउन निर्देशन दिएको थियो । समितिले दिएको अवधि भित्र कम्पनीले विवरण परिमार्जन गरी नबुझाउँदा गत २२ गते समितिले कम्पनीलाई तीन दिन भित्र स्पष्टीकरण बुझाउन पत्र काटेको थियो ।

समितिले मागेको स्पष्टीकरणको जबाफ दिदै कम्पनीले निर्देशन अनुसार विवरण परिमार्जन गरिएको बताएको छ । परिमार्जन गरेको विवरणलाई कम्पनीको सञ्चालक समितिले समेत अनुमोदन गरिसकेको समितिले जनाएको छ ।

२०७२ सालको भुकम्पले क्षतिग्रस्त बनाएको हात्तिबन स्थित सिटीस्केप हाउजिङ्गको कम्पनीमा एक अर्ब २३ करोड रुपैयाँको दाबी परेको थियो । तर, सर्भेयरले क्षतिको ५३ करोड ५८ लाखको मूल्यांकन सहितको प्रतिवेदन बुझाएका थिए । मूल्यांकन लागि कम्पनीका तर्फबाट सर्भेयर राजन थापा खटिएका थिए भने पुर्नबीमा कम्पनीले पनि भारतीय सर्भेयर पठाएको थियो ।

सर्भेयरले करिब तीन महिना अगाडी सर्भे रिपोर्ट बुझाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भेयरको प्रतिवेदन पछि कम्पनीले २४ करोड रुपैयाँ भुक्तानी गरिसकेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताउनुभएको छ ।

 

युनाईटेड इन्स्यारेन्स, प्रमुख कार्यकारी अधिकृत, शेखर बराल “दाबीमध्ये पुर्नबिमा कम्पनीबाट २३ करोड रुपैयाँ प्राप्त हुनु पर्ने थियो । जसमध्ये १५ करोड २७ लाख प्राप्त भै सकेको छ । बाँकी रहेको रकम भुक्तानी हुने प्रक्रियामा छ ।”

 

कम्पनीका अनुसार पुर्नबिमाको लागी लिड कम्पनीको रुपमा रहेको जिआईसी (भारत) ले करिब छ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका अनुसार पुर्नबीमामा जिआईसीको हिस्सा ३० प्रतिशत मात्र थियो । त्यस्तै, केन्याको पिटिए री कम्पनीले पनि ३० प्रतिशत हिस्सा लिएको थियो । जसबापत कम्पनीले छ करोड ९० लाख भुक्तानी गरि सकेको छ । बहराईनको एरीगी कम्पनीले २५ प्रतिशत हिस्सा लिएको थियो । जसबापत कम्पनीले पाँच करोड ७५ लाख भुक्तानी गर्नुपर्ने थियो । जुन हालसम्म भुक्तानी भएको छैन ।

त्यस्तै, मोरशिसको अफ्रिकन रिले १५ प्रतिशत जोखिम हिस्सा लिएको थियो । जसबापत कम्पनीले एक करोड ४७ लाख भुक्तानी गरिसकेको छ भने एक करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अर्थात कम्पनीले पुर्नबीमा बापत पाउनु पर्ने रकममध्ये सात करोड ७२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

 

पुर्नबीमा कम्पनीबाट रकम प्राप्त नभएको देखिएपछि समितिले कम्पनीको वित्तिय विवरण अस्विकृति गरेको थियो ।

साथै पुर्नबीमा कम्पनीबाट समर्थन पत्र कायम गरी ल्याउन समेत निर्देशन दिएको थियो । तर, पुर्नबीमा कम्पनीबाट समर्थन जुटाउन समय लागेपछि विवरण परिमार्जनको कार्य रोकिएको हो । त्यसैले तत्कालका लागी समितिले दिएको निर्देशन अनुसार भुक्तानी हुनुपर्नै रकम प्रोभिजन गर्न कम्पनी तयार रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालले पुर्नबीमा कम्पनीबाट समयमा नै भुक्तानी नभए पनि कम्पनीहरुले छिट्टै भुक्तानी गर्नेमा विश्वस्त रहेका छन् ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....