Nepal Life Insurance

आईफोन-८ सार्वजनिक : महंगो मोबाईल खरिद गर्दा बीमा गर्नुहोस

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार १७:०८

सागर चन्द

बीमा न्युज
भदौ २८, काठमाडौँ ।
एप्पलको प्रतिक्षित उत्पादन आईफोन-८ र आईफोन एक्स(१०)सार्वजनिक भएको छ । कम्पनीले स्टिभ जब्स थिएटर बाट आफ्ना नयाँ उत्पादन आईफोन-८ र आईफोन एक्स सावर्जनिक गरेको घोषणा गरेको छ । सेप्टेम्बर २२ तारिखबाट बजारमा उपलब्ध हुने यी उत्पादनहरुको प्रि अर्डर लिन सुरु गरिएको छ । एप्पलको आगनमले प्रविधिको दुनियाँलाई नयाँ उचाईमा ल्याई पु¥याएको विश्लेषण भइरहेको समयमा एप्पलले आफ्नो १० औँ बार्षिक उत्सवको अवसरमा र्आईफोन-८ र आईफोन १० सार्वजनिक गरेको हो । विश्वभर धेरै मानिसहरुको रोजाईमा पर्ने आईफोन नेपालमा पनि लोकप्रिय छ ।

अन्य मोबाईल फोनहरुको तुलनामा महंगो मानिने आईफोन आफ्ना केही खास विशेषताले गर्दा मानिसहरुको पहिलो रुचिमा पर्ने गर्छ । प्रविधि क्यालेण्डरमा आइफोनको रिलिज डेट निकै ठूलो इभेण्टको रुपमा लिइन्छ । १० औँ बार्षिक उत्सव मनाईरहेको एप्पलले आईफाने-८ र आईफान एक्समा यस अघिका र्आईफोनहरु भन्दा पनि उत्कृष्ट फिचर र उच्चतम प्रविधिको प्रयोग गरि निर्माण गरिएको बताईएको छ । ६ सय ९९ अमेरिकी डलर मूल्य राखेर प्रि अर्डर खुल्ला गरिएको आईफोन-८ सेप्टेम्बर २२ देखी विश्व बजारमा खरिद गर्न पाईने छ । ६४ जीबी र २ सय ५६ जीबीमा उपलब्ध आईफोन आलमुनिय फ्रेम सहितको पानी र धुलो नपस्ने प्रविधिको प्रयोग गरिएको छ । ४.७ इन्च देखी ५.५ इन्चको रेटिना डिस्पेले रहेको आईफोनमा अटोमेटिक रुपमा ब्राइटनेस एडजस्ट हुने बताईएको छ ।

आईफोन ८ का फिचर

आईफोन-८ संगै सार्वजनिक गरिएको आईफोन एक्सको मूल्य भने ९ सय ९९ अमेरिकी डलरबाट सुरु हुने छ । सार्वजनिक गरिएको दुवै फोनहरुमा वायरलेस चार्जरको व्यवस्था गरिएको छ । निकै नै महंगो मूल्य राखिएर सार्वजनिक गरिएका आईफोनहरुको प्रि अर्डर संख्या पनि बढिरहेको छ । एप्पलको आधिकारिक वेवसाइटमा उल्लेख भए अनुसार ९.१५ लाख मानिसले आईफोन-८ प्रि अर्डर गरिसकेका छन् ।

महंगो मूल्य तिरेर किनिने आईफोनलाई सुरक्षा पनि उत्तिकै आवश्यक छ । लामो समयको आम्दानी संकलन गरेर किनिने मोबाईल फोनको सुरक्षाका लागि उपयुक्त माध्यम हो बीमा । मोबाईल फोनको बढ्दो प्रयोग र यसको मूल्यलाई ध्यानमा राखि विश्वभरका धेरै कम्पनीले मोबाईल फोन बीमा पोलिसी(बीमालेख)सार्वजनिक गरिसकेका छन् ।

अमेरिकामा गरिएको नेशनल रिप्रेजेन्टिभ सर्भेका अनुसार अमेरिकामा बार्षिक रुपमा ३.१ लाख  स्मार्ट फोनहरु हराउने गर्छन् जसमा २.१ लाख आईफोनको संख्या रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।  महंगो तथा राम्रा स्मार्ट फोनहरु हराउने र चोरि हुने संख्या बर्षेनि बढीरहँदा विश्वभरका विभिन्न बीमा कम्पनीले मोबाईल फोनको बीमा गर्न थालेका छन् ।

मार्केट वाच नामक वेवसाईटका अनुसार प्रत्येक ३.५ सेकेण्डमा एक अमेरिकन नागरिकको मोबाईल फोन हराउने गर्छ । अमेरिकामा बर्षेनि ३० अर्ब अमेरिकी डलर बराबरको मूल्यका मोबाईल फोनहरु हराउने गरेका वेवसाईटमा उल्लेख गरिएको छ । बेलायती अनलाईन प्रत्रिका मेल अनलाईनले उल्लेख गरे अनुसार सबैभन्दा धेरै चोरि हुने १० ब्राण्डका फोनमा ४ वटा विभिन्न सिरिजका आईफोन रहेका छन् । नेपालमै पनि बर्षेनि लाखौँको संख्यामा मोबाईल फोन चोरि हुने गरेका घटनाहरु सार्वजनिक हुने गर्छन् । मोबाईल फोन चोरिदाँ, हराउँदा वा अन्य कुनै प्राविधिक गडबडि आउँदा प्रयोग कर्ताले निकै नै सास्ती भोग्नु पर्छ । फेरी अर्को मोबाईल फोन किन्नु पर्दा आर्थिक रुपमा थप भार पर्न जान्छ । त्यसकारण महंगो मूल्यको मोबाईल फोन किन्दा बीमा अनिवार्य रुपमा गराउनुपर्ने हुन्छ । अझ विदेशबाट फोन मगाउनेहरुले त विदेशमै मोबाईलको बीमा गराएर मगाउँदा उपयुक्त हुन्छ ।

आईफोन ८ सार्वजनिक भए संगै विभिन्न कम्पनीहरुले आईफोन ८ को बीमा पोलिसी पनि सार्वजनिक गरेका छन् । त्यस्तै एक कम्पनी हो इन्सुरेन्स टु गो । कम्पनीले मासिक ३.९९ पाउण्ड रकम तिरेर आईफोन ८ को बीमा गर्न सकिने उल्लेख गरेको छ । कम्पनीले स्ट्याण्डर्ड कभर र फुल कभर गरि आईफोन ८का लागि २ प्रकारका बीमा पोलिसी सार्वजनिक गरेको छ ।   मोबाईलमा कुनै प्राविधिक समस्या देखा पर्दा होस या हराउँदा भुत्तानीका लागि दाबी गर्न सकिने छ । यति मात्रै होइन कम्पनीले मोबाईलका अन्य एससेरिजको पनि बीमा गर्ने उल्लेख गरेको छ । भर्खरै मात्रै एप्पलले ९९ अमेरिकी डलर तिरेर दुई बर्षको लागि आईफोनको बीमा गर्न सकिने सुविधा पनि ल्याएको छ । तर यसमा ४९ डलर सम्मको क्षति मात्रै व्योहोर्ने आईफोनले बताएको छ ।

नेपालमै पनि धेरै बीमा कम्पनीहरुले मोबाईल फोनको बीमा गर्न थालिसकेका छन् । अझ आईफोन जस्तो महंगो फोन प्रयोग गर्नेले त मोबाईलको बीमा गर्नु अनिवार्य जस्तै हुन्छ । आईफोन ८ ले नेपाली उपभोक्ताहरुलाई पनि लोभ्याउने गरेको छ । नेपाल सम्म आईपुग्दा चर्को मूल्य पर्ने आईफोन प्रतिष्ठाको विषय पनि बन्ने गरेको छ । यसैलाई व्यगं गर्दै सामाजिक संञ्जालमा विविभन्न टिकाटिप्पणी पनि भइरहेका छन् ।

 

 मोबाईलको बीमा  गर्नको लागि उत्कृष्ट ५ माध्यमहरु ।

१.एप्पल केयरप्लस

एप्पलले आधिकारीक रुपमा संञ्चालन गरेको यो बीमा पोलिसीमा एक्सिडेन्टल ड्यामेज र रिपेयर तथा  रिप्लेसमेन्ट मात्रै गर्न सकिन्छ ।

यो योजनामा प्रति महिना ४ अमेरिकी डलर तिर्नु पर्ने हुन्छ ।

२.सामसुगं प्रोटेक्सन प्लस

सामसुगं मोबाईल प्रयोगकर्ताका लागि कम्पनीले आफैले संञ्चालन गरिरहेको यो योजनामा सामान्य प्रयोगमा रहेको कुनै पनि सामसुगं मोबाईलमा मेकानिकल तथा कुनै प्रकारको एक्सीडेन्टल ड्यामेजको बीमा गर्न सकिन्छ । मासिक ४.१३ अमेरिकी डलर प्रिमियम तिरेर यो योजनामा सहभागि हुन सकिन्छ ।

३.वर्थ एभ ग्रुप    

यो कम्पनीले संञ्चालन गरिरहेको बीमा योजनामा जुनसुकै कम्पनीका मोबाईल फोन प्रयोगकर्ता सामेल हुन सक्छन् । यसमा फुल कभरेज, एक्सिडेन्टल ड्यामेज, स्क्रिन क्रयाक्ड, चोरि, आगलागी, बाढी जस्ता विभिन्न जोखिमहरु छनौट गर्न पाईन्छ । मासिक ४.५० अमेरिकी डलर देखी मासिक ६.५० अमेरिकी डलर प्रिमियम तिर्नु पर्ने मोबाईल बीमा पोलिसी यहाँ खरिद गर्न सकिन्छ ।

४.स्क्वायर ट्रेड     

यहाँ तपाई आफ्ना जुनसुकै प्रकारका विद्युतिय सामाग्रीको बीमा गराउन सक्नु हुन्छ । बार्षिक ६९ अमेरिकी डलर देखी १ सय २९ अमेरिकी डलर प्रिमियम तिर्ने योजनाहरु खरिद गर्न सकिन्छ ।

.प्रोटेक्ट योर बबल    

जुनसुकै प्रकारका स्मार्ट फोनहरुको बीमा गर्न सकिने यो अनलाईनमा । मोबाईल फोन खरिद गरेको १४ दिन भित्र बीमा गर्नु पर्ने हुन्छ । कम्तीमा ५.९९ अमेरिकी डलर प्रिमियम माथिका मोबाईल बीमा पोलिसीहरु खरिद गर्न सकिन्छ ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....