Nepal Life Insurance

बीमा समितिमा नयाँ १६ दरबन्दी थपिए

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार ११:३७

सागर चन्द

बीमा न्युज,
भाद्र २९, काठमाडौँ ।
बीमा समितिले नयाँ कर्मचारी थप्न अनुमति पाएको छ । समितिले अर्थमन्त्रालयसंग अधिकृत तहका थप १६ कर्मचारि थप्न अनुमति मागेको थियो । समितिले नयाँ बीमा कम्पनी थपिएको भन्दै मन्त्रालय संग थप दरबन्दी माग गरेको हो । समितिले माग गरेअनुरुप मन्त्रालयले स्वीकृति प्रदान गरेको हो ।
अर्थ मन्त्रालयको स्वीकृति प्राप्त गरेसंगै समितिले मंगलबारै निर्वाचन आयोगमा स्विीकृतिका लागि आवेदन समेत दिएको छ । आयोगको स्विकृति प्राप्त गरेपश्चात समितिले लोकसेवा आयोगबाट कर्मचारी भर्ना प्रक्रिया थाल्ने छ ।
समितिमा नयाँ दरबन्दी थप भएपछि कर्मचारीको संख्या ८० पुग्ने छन । हाल समितिमा ५७ जनाको दरबन्दी रहेको छ भने ८ जना कर्मचारी करारमा कार्यरत छन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....