Nepal Life Insurance

आईएमई रेमिट्यान्सको दशैँ उपहार ६ लाख रुपैयाँको जीवन बीमा

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार १२:०१

सागर चन्द

बीमा न्युज,
भाद्र २९, काठमाडौँ ।
यस बर्षको दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरि आईएमई  रेमिट्यान्सले ६ लाख रुपैयाँ सम्मको जीवन बीमा अफर ल्याएको छ । कम्पनीले ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत आईएमई बाट पैसा पठाउने ग्राहकहरु मध्ये हरेक १५ दिनमा एक जनालाई ६ लाख बराबरको बीमा गर्ने बताएको छ । भाद्र १२ गतेबाट सुरु भएको योजना मंसिर ३ गते सम्म संञ्चालन हुने छ । अफर संञ्चालन भएको पहिलो १५ दिनमा जीवन बीमा सुविधा पर्व बहादुर राईले प्राप्त गरेको कम्पीले बताएको छ । सफ्टवेयर पद्वतिमा आधारित रहेर विजेता छनौट गरिने योजनामा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका राई जीवन बीमाका लागि छनौट भएका हुन् । राई वा राईले छनौट गरेका व्यक्तिको ६ लाख रुपैयाँ बराबरको जीवन बीमा आईएमई लाइफ इन्स्युरेन्समा गरिने कम्पनीले जानकारी दिएको छ ।
अफर योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक १५ दिनमा १ जनाको ६ लाख रुपैयाँ बराबरको जीवन बीमा हरेक ६ हप्तामा १ जनालाई १० लाख रुपैयाँ नगद दिने योजनामा उल्लेख गरिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....