भाद्र २९, काठमाडौँ ।
दशैँ नजिकिदैँ गर्दा राजधानिबाट बाहिरीने मानिसहरुको संख्या पनि बढछ । यस बर्षको चाडपर्वमा दैनिक ६ हजार सवारी साधनले यातायात सेवा प्रदान गर्ने छन् । यातायात व्यवसायीले अघिल्ला बर्षमा नयाँ सवारी साधन थप गरेपनि यो बर्ष भने नयाँ सवारी साधन नथप्ने भएका छन् ।
चाडपर्वको समयमा यात्रुहरुको चाप धेरे हुने भएकाले धेरैजसो मानिस असुरक्षित यात्रा गर्न बाध्य हुन्छन् । चाडपर्वको समयमा उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अत्याधिक चाप हुने गर्छ । सवारी साधनमा सिट अभाव हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न तयार हुन्छन् । तथ्यांक अनुसार नेपालमा दैनिक ४० वटा सवारी दुर्घटना हुने गर्छन् । यसरी दुर्घटनामा परि धेरैले ज्यान गुमाउनु परेको छ भने कयौँ अंगभंग हुन पुगेका छन् । परिवारका सदस्य दुर्घटनामा पर्दा कतिपय परिवार आर्थिक रुपमा पनि कमजोर बन्न पुगेका तथ्य हाम्रो सामु प्रसस्तै छन् । गत बर्षको दशैँको अवधिमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १ सय ३८ जनाले ज्यान गुमाउनु परेको ट्राफीक प्रहरीको तथ्याकंले देखाएको छ ।
“सार्वजनिक सवारी साधनले सवारी साधनको चालक दलको र यात्रुको बीमा नगरेको भेटेमा कानुन अनुसार कारर्वाही गर्ने ।”- यातायात व्यवस्था विभाग
दुर्घटनाका विभिन्न कारणहरु हुन सक्छन् । मानविय, यान्त्रिक अन्य कारणले पनि दुर्घटना हुन सक्छ । कथम कदाचित दुर्घटना भईहालेमा तपाईलाई बीमाले आर्थिक जोखिममा पर्न दिदैन् । सम्पूर्ण सार्वजनिक सवारी साधनमा तेस्रो पक्ष अर्थात यात्रुको ५ लाख रुपैयाँ बराबरको बीमा गरिएको हुन्छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा समितिले तोकेको स्थानमा टिकेट लिनु गरेमा कुनै दुर्घटना भईहालेमा यातायात समितिलाई बीमा रकम दाबी गर्न पनि सहज हुने बताउनुहुन्छ । राष्टिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला । महासंघ अन्र्तगतका सम्पूर्ण सवारी साधनको कानुन अनुसार बीमा गरिएको दाबी समेत सिटौलाले गर्नुभयो । सवारी साधनको बीमाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ ।
मोटर बीमा निर्देशिका २०७३ अनुसार यात्रुहरुको प्रति सिट ५ लाख रुपैयाँ बराबरको बीमा गर्नुपर्ने हुन्छ । बीमाङ्कको सिमा भित्र रही किरिया खर्च बापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रति ब्यक्ति तत्काल किरिया खर्च रकम पचास हजार रुपैयाँ तोकिएको छ । तेश्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पाँच लाख र औषधी उपचार गर्नु परेमा तीन लाखको सिमा भित्रको वास्तविक औषधोपचार खर्च तिर्नुपर्ने उल्लेख छ ।
कतिपय यातायात समितिको टिकेटमा यात्रु बीमा गरिएको उल्लेख गरिएको हुन्छ । टिकेट लिदाँ नै यात्रु बीमा गरिएको नगरिएको निश्चित गर्नुहोस । सार्वजनिक सवारी साधनले सवारी साधनको चालक दलको र यात्रुको बीमा नगरेको भेटेमा कानुन अनुसार कारर्वाही गर्ने यातायात व्यवस्था विभागले बताएको छ । यसको लागि ट्राफिक प्रहरी संग पनि सहकार्य गरिसकेको विभागले बताएको छ ।
विभागले यो बर्ष २० देखी २१ लख मानिस राजधानी बाहिर जाने अनुमान गरेको छ । नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानो बसपार्क, कलंकी लगायतका विभिन्न स्थानहरुबाट राजधानी बाहिरीने सवारी साधनहरु संञ्चालन हुँदै आएका छन् । सरकारले चाड पर्वलाई लक्षित गदै भाद्र २७ गतेदेखि अग्रिम टिकट लिन पाउने व्यवस्था गरेको छ । ट्राफीक प्रहरीले यात्रुहरुको सहजताका लागि उपत्यकाका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ ।
यो पनि पढ्नुहोस