Nepal Life Insurance

चाडपर्वमा रेमिट्यान्सको मात्रा बढ्दा पनि बीमा गर्नेको संख्या भने बढ्न सकेन

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार १५:३९

सागर चन्द

बीमा न्युज,
भाद्र २९, काठमाडौँ ।
मुलुकको अर्थतन्त्रको प्रमुख हिस्सा बनेको रेमिट्यान्स दशैँ तिहार जस्ता ठूला चाडपर्वमा धेरै भित्रिने गर्छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा रेमिट्यान्स दोब्बर मात्रामा भित्रिने गर्छ । चाडपर्वको लागि खर्च भन्दै विदेशबाट ठूलो मात्रामा रेमिट्यान्स भित्रिने रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रको २६.८ प्रतिशत हिस्सा ओगटेको छ । युवाहरु विदेशीने क्रम बढेकोले नेपालका धेरै परिवारहरु रेमिट्यान्सको रकममा आश्रीत छन् । चाडपर्वको समयालाई लक्षित गर्दै रेमिट्यान्स कम्पनीहरुले उपहार योजनाहरु पनि सार्वजनिक गरेका छन् । यसरी सिगैं राष्ट्रको अर्थतन्त्र धानेको रेमिट्यान्स भने उत्पादनमूलक क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । राष्ट्र बैंकले केही समय अगाडी गरेको ‘विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति’ अध्ययनले विप्रेषण प्राप्त गर्ने कुल घरपरिवारमध्ये २९.४ प्रतिशत परिवारले मात्रै बीमा गरेको देखाएको छ । रेमिट्यान्सबाट भित्रिने अर्बौ रकम दैनिक खर्च चलाउन सबैभन्दा धेरै खर्च हुने गरेको पाईएको छ । अध्ययनले नयाँ तथ्य पनि प्रस्तुत गरेको छ । महिला घरमूली भएको परिवारमा ३२.७ प्रतिशतले  बीमा गरेको देखाएको छ भने पुरुष घरमूली भएको परिवारमा २६.१ प्रतिशतले मात्रै बीमा गरेको देखाएको छ ।
यसका साथै अध्ययनले कुल बिमित घरपरिवारमध्ये ९४ प्रतिशतले जीवन बिमा गरेको देखाएको छ । जसमा ६ प्रतिशतले मात्रै निर्जीवन बीमा गरेका छन् । बीमित घरपरिवारले बार्षिक रुपमा औसत १४ हजार १ सय २० रुपैयाँ बीमाशुल्क भुक्तानी गर्ने गरेको अध्ययनले देखाएको छ । सहर तथा सहरोन्मूख क्षेत्रका ३०.९ प्रतिशत र ग्रामीण क्षेत्रका २८.३ प्रतिशतले बीमा गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वित्तीय पहुँच मापकको रुपमा लिईने बीमामा सर्वसाधारणको पहुँच अझै पुग्न सकेको देखिदैन । मुलुकमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा दैनिकी संञ्चालनमा खर्च हुने गरेको छ । वित्तीय पहुँच अभिवृद्धि गर्न विगतमा लागू गरिएका नीति तथा कार्यक्रमहरू मूलरूपमा लघुवित्त बैंकिङ सेवामा केन्द्रित रहेको र बीमा सेवालाई सँगसँगै नलगिएकोले बीमा गर्ने घरपरिवारको संख्या अन्य वित्तिय क्षेत्रको तुलनामा कम रहेको बताईन्छ ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....