बीमा न्युज,
भदौ ३०, काठमाडौ÷ नेपालमा विदेशी बीमा कम्पनीको शाखा सञ्चालन गरेका कम्पनी बाहेकका कम्पनीहरुले बीमा समितिमा पूँजी बृद्धि योजना पेश गरेका छन् । गत चैत्र १८ गते बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्दै बीमा समितिले तीन महिना भित्रमा पूँजी बृद्धि योजना समितिमा पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । विदेशी बीमा कम्पनीको शाखाका रुपमा नेपालमा संञ्चालित कम्पनी बाहेकका अन्य कम्पनीले भने समितिलाई पुँजी बृद्धि योजना बुझाईसकेका छन् ।
समितिले निर्देशिका जारी गर्दै कम्पनीहरुलाई २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ पूँजी पु¥याउनु पर्नेछ । सञ्चालनमा रहेका बीमकले निर्देशिका लागू भएको तीन महिना भित्रमा चुक्ता पूँजी कायम गर्ने कार्य योजना समितिमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ । तर, विदेशी बीमा कम्पनीहरुले आफनो केन्द्रिय कार्यलय र आफनो सरकारसँग पनि स्वीकृति लिनु पर्ने भएकाले लामो समय लाग्ने देखिएपछि समितिले त्यस्ता कम्पनीको हकमा समय थप गरिदिएको छ ।
समितिमा जीवन बीमा कम्पनी अन्र्तगत गुराँस, एशियन, सूर्या र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूँजी बृद्धिको योजना बुझाई सकेका छन् । तर, राष्ट्रिय बीमा संस्थानले भने हालसम्म योजना बुझाएको छैन । त्यस्तै, नेपाल लाईफको पूँजी पुगी सकेको छ भने मेट लाईफ विदेशी कम्पनीको शाखाको रुपमा सञ्चालन भएकोले योजना बुझाउन समितिले समय थप गरिदिएको छ । र प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले भने आफनो वित्तिय विवरण समितिबाट पारित भएपछि मात्रै योजना बुझाउने बताएको छ । यद्यपी गत मंगलबार मात्रै कम्पनीले चारवटा साधारण सभा एकै पटक सम्पन्न गरेको छ । सभाले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । बोनश शेयर वितरण पछि हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित समेत गरेको छ ।
त्यस्तै, निर्जीवन तर्फ ओरियण्टल, नेशनल र राष्ट्रिय बीमा कम्पनी बाहेकका कम्पनीहरुले समितिमा पूँजी बृद्धि योजना बुझाई सकेका छन् । ओरियण्टल र नेशनल इन्स्योरेन्स विदेशी कम्पनीले भएकाले योजना बुझाउने समय पाएका छन् ।
जीवन बीमा कम्पनीमध्ये अधिकांश कम्पनीले बोनश शेयर जारी गरेर नै चुक्ता पूँजी पु¥याउने योजना बनाएका छन् । सूर्या लाईफ इन्स्योरेन्सले भने एफपिओ र हकप्रद शेयर जारी गर्ने र विदेशी कम्पनीसँग साझेदारी गरी पूँजी पु¥याउने योजना बनाएको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि लाभांश र हकप्रद शेयर जारी गरेर नै पूँजी बढाउने तयारी गरेका छन् ।
समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्ममा कम्पनीहरुको कायम रहेको चुक्ता पूँजीको अवस्थालाई हेर्ने हो भने एभरेष्ट र राष्ट्रिय बीमा कम्पनीलाई पूँजी बढाउन हम्मे हम्मे पर्ने देखिएको छ । किनभने एभरेष्ट इन्स्योरेन्सको पूँजी १० करोड रुपैयाँ कायम रहेको छ भने राष्ट्रिय बिमा कम्पनीको जम्मा १२ करोड रुपैयाँ रहेको छ । तर, सगरमाथा, एनएलजी, नेको, प्रभु, शिखर र सिद्धार्थ इन्स्यारेन्स कम्पनीले ५० करोड भन्दा बढी पूँजी पु¥याई सकेका छन् ।
जीवन बीमा कम्पनी तर्फ भने राष्ट्रिय बीमा संस्थाको पूँजी सबैभन्दा कम रहेको छ । कम्पनीको पूँजी जम्मा १२ करोड रहेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्सले तोकिएको समयमा नै पूँजी पु¥याउने निश्चित देखिएको छ । यद्यपी समयमा नै पूँजी पु¥याउनेमा सबै कम्पनी प्रतिवद्ध देखिएका छन् ।
बीमा कम्पनीको पूँजी बृद्धि योजना