Nepal Life Insurance

ऋण चाहियो ? बीमालेख धितो राख्नुहोस !

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार १४:०३

सागर चन्द

बीमालेख धितो राखेर ऋण लिन सकिन्छ

बीमा न्युज,
भाद्र ३०, काठमाडौँ ।
बद्लिदो आर्थिक जीवनले मानिसलाई सधैँ पैसाको आवश्यकता परिरहन्छ । आवश्यकता परिपुर्तिका लागि ऋण लिनु सामान्य आर्थिक व्यवहार भईसकेको छ । ऋणको लागि धेरैजसो मानिस अझै पनि आफन्त, नातेदार वा बैंकको भर पर्ने गर्छन् । कतिपय अवस्थामा बैंक बाट ठूलो मात्रामा ब्याज तिरेर पनि ऋण लिनु पर्ने बाध्यता आईलाग्छ । बैंकबाट ऋण लिनको लागि धरौटी स्वरुप चल अथवा अचल सम्पती जम्मा गर्नु पर्ने हुन्छ । आफन्त वा नातेदारसंग आफुलाई आवश्यक परेको बखत रकम नहुन सक्छ । तर तपाईले जीवन बीमा गर्नु भएको छ भने, आवश्यक परेको बखत बीमालेख(पोलिसी) धितो राखेर बीमा कम्पनीबाट ऋण लिन सक्नुहुन्छ ।

बीमा कम्पनीले तपाईलाई बीमा गरेको प्रमाणपत्रको आधारमा आवश्यक मात्रामा ऋण प्रदान गर्छ । बीमितहरूले बीमा कम्पनीबाट खरिद गरेको जीवन बिमालेख (बीमा गरेको करारनामा पत्र) धितो राखी लिइने यस्तो कर्जालाई बीमालेख धितो कर्जा भनिन्छ ।
यदि तपाईसंग घर, सुन वा जग्गा जस्ता अचल सम्पती छैनन् तर बीमा पोलिसी छ भने यो तपाईका लागि निश्चय नै फाइदाको कुरा हो । किनभने जीवन बीमा पोलिसीको आधारमा तपाईले सहजै बीमा कम्पनीबाट ऋण पाउन सक्नुहुन्छ ।

ऋण लिनको लागि के गर्नु पर्छ ?

बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा पनि २ बर्ष सम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ । २ बर्ष सम्म बिमा शुल्क तिरेका बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो स्वरुप नराखीकनै ऋण प्राप्त गर्न सक्छन् ।
बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म तपाई बीमा पोलिसी भने त्याग(सरेन्डर) गर्न पाउुनुहुन्न । बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितलाई उसले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशत सम्म ऋण प्रदान गर्न सकिन्छ । त्यसै अनुसार बीमा कम्पनीले पनि तपाईले तिरेको बीमा शुल्कका आधारमा ऋण प्रदान गर्छ ।

बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्ता गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमितलाई उपलब्ध गराईन्छ । बीमालेख धितो राखेर लिईने ऋणमा बीमा कम्पनी अनुसार ब्याजदर भने फरक फरक हुन्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....